राप्तीमा बेपत्ता दुईजनाको शव फेला
उनको शव आज बिहान खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए।
उनको शव आज बिहान खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए।
भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ ।
शुक्रबार देखि परेको वर्षा आइतबार सम्म पर्ने भएकाले भू क्षय, पहिरो,डुबानको जोखिमबाट सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
तामाकोसी नदीमा बाढी आउनुका साथै सतह पार भएका कारण गए राति देखि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन सहित सबै प्लान्ट बन्द गरिएको छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिका-९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन्।
अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ।
सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढी पहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् भने २० गोठ भत्किएका छन्।
अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ।
केही दिनयताको अविरल वर्षापछि आएको बाढीका कारण जिल्लाका विभिन्न ठाउँमा निर्माणाधीन योजनामा क्षति पुर्याएको छ।
सर्लाहीको उत्तरी क्षेत्रमा शुक्रबार बिहान भएको भारी वर्षाले दक्षिणी सर्लाहीमा तनाव भएको छ।उत्तरी क्षेत्रबाट बगेर दक्षिणतिर जाने खोलाहरूमा आएको बाढीले दक्षिणी क्षेत्रका केही गाउँमा पसेपछि समस्या देखिएको हो।
नेपाल रेडक्रस सोसाइटीले देशभर भइरहेको बाढी पहिरोलगायतका विपदमा सरकारका निकायसँग सहकार्य गर्दै विपद् प्रतिकार्यमा खटिन सम्पूर्ण रेडक्रसकर्मीलाई अनुरोध गरेको छ।
मंगलबार मध्यरातदेखि परेको वर्षाले विराटनगर महानगरपालिकाको अधिकांश वडा डुबानमा परेका छन्।
बस्तीको बाढी विमानस्थलमा पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ।
सप्तरीको रुपनी गाउँपालिकास्थित खाँडो नदीको तटबन्धमाथिबाट बाढी बस्तीमा पस्दा रुपनी –१ का करिब ३० घर डुबानमा परेका छन्।
छुट्टाछुट्टै ठाउँमा गएको बाढी र पहिरोमा परी ४ जनाको मृत्यु भएको छ। अन्य २ जना बेपत्ता भएका छन् भने ४ जना घाइते भएका छन्।