८ मंसिर २०८१ शनिबार
image/svg+xml

खबरदारी अभियान चलाउँदै माओवादी केन्द्र

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रले सबै स्थानीय तहबाट खबरदारी अभियान चलाउने तयारी गरिरहेको बताएका छन।

नेकपा (एस) इलामको जिल्ला संयोजकमा रणबहादुर

इलामस्थित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्षमा रणबहादुर राई चयन भएका छन्। सदरमुकाममा सम्पन्न जिल्ला कमिटीको १५औँ पूर्ण बैठकले राईलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो।

घनश्याम भुसाल भन्छन्: अराजकता अझै बढ्छ

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा आगामी दिनमा सडकमा अराजकता बढ्दै जाने बताएका छन्।

उपनिर्वाचनमा एमाले: एक्लै लड्ने, सत्ता साझेदारसँग स्वच्छ प्रतिस्पर्धा

'हाम्रो आजसम्मको स्थापित मान्यताअनुसार एक्लै प्रतिस्पर्धा गर्छौँ । र, सत्ता साझेदार सहयात्री दलसँग पनि स्वस्थ प्रतिस्पर्धा हुन्छ भन्ने हाम्रो निष्कर्ष हो,’ उनले भने ।

एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस

नेकपा (एमाले)ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।

देउसी भैलो खेल्न आएकासँग छमछमी नाचे पूर्व प्रधानमन्त्री दाहाल

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कला र संस्कृतिको जगेर्ना नगरी राष्ट्रको अस्मिताको जगेर्ना हुन नसक्ने बताएका छन्।

एकताको कुरा भनेर पनि धेरै हुने मैले देखेको छैन: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एकताको कुरा गरेर मात्रै नहुने बताएका छन्।

कम्युनिस्ट पार्टीलाई परिवर्तनको संवाहकको रुपमा जनताले विश्वास गरेका छन्: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लोकतन्त्र र गणतन्त्रको रक्षा कम्युनिस्ट पार्टीले मात्रै गर्न सक्ने बताएका छन्।

सरकार परिवर्तन पक्षको खेलमा छैनौं : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन्।

नारायणकाजीको दाबी: माओवादी सरकार हुँदा भ्रष्टाचारीको नीद हराम थियो

‘त्यतिखेर प्रधानमन्त्री र यो गृहमन्त्री यो रहँदासम्म सुत्न नपाइने भो बा। नीद हराम गर्दियो। भ्रष्टाचारी ठगले त्यसो भन्थे। हामीले भनेका थियौं जनताले सुखका साथ सुत्ने दिन आए।’

‘हनिमुन डेज’मा सरकारले राम्रो काम गर्‍यो, कांग्रेस सन्तुष्ट छ: देउवा

कांग्रेसको सहयोगमा दुई वर्ष पूरै अवधि ओली सरकार चल्ने पनि सभापति देउवाले दाबी गरे । उनले भने, ‘दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । सहमतिअनुसार पूरै अवधि जान्छ ।’

रास्वपा प्रदर्शनबारे एमालेको प्रतिक्रियाः अवाञ्छित गतिविधि

नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा गरिरहेका विरोधका कार्यक्रमलाई ‘अवाञ्छित गतिबिधि’ भनेर टिप्पणी गरेको छ।

ग्रामथानको अध्यक्षमा माओवादीबाट माझी उम्मेदवार

नेकपा (माओवादी केन्द्र) ले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको लागि नवोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ। मंसिर १६ गते हुने उपनिर्वाचनमा नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो।

७५ प्रतिशत एमाले मैले निर्माण गरेको हुँ, बुद्धि कमजोर भएर बाहिर बसेँ: वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (एमाले) को ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्