सुकुम्बासी समस्याको दिगो समाधान खोजी
मैया आले ३६ वर्षदेखि थापाथलीस्थित बाग्मती किनारको सुकुम्बासी बस्तीमा बस्दै आएकी छन्। उनका श्रीमान्को ११ वर्ष पहिला प्यारालाइसिसबाट मृत्यु भयो। त्यसपछि छोराछोरीको पालनपोषण, शिक्षा सबै जिम्मेवारी मैयाकै काँधमा आयो।