१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गण्डकी सरकारले पायो पूर्णता, जसपाद्वारा शपथ बहिष्कार

सरकारमा शुक्रबार कांग्रेस र माओवादी केन्द्रका तीनतीन मन्त्री थपिएका हुन् । थपिएका मन्त्रीमा माओवादी केन्द्रका रामजीप्रसाद बराल, दीपक थापा र चन्द्रबहादुर बुढा तथा नेपाली कांग्रेसका मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा र बिन्दुकुमार थापा छन् । यसअघि मन्त्रिपरिषद् पाँच सदस्यीय थियो ।

गण्डकी प्रदेशको ओलम्पिक सहभागिता कमजोर

गण्डकी प्रदेशबाट ओलम्पिकमा खेलाडी सहभागितालाई नियाल्दा निकै कहालीलाग्दो छ। १९६४ देखि २०२१ सम्म आइपुग्दा गण्डकी प्रदेशबाट तीन जनाले मात्रै ओलम्पिकमा सहभागिता जनाएको इतिहास छ।

कालीगण्डकी डाइभर्सन मुद्दा पूर्ण इजलासमा

कालीगण्डकीलाई डाइभर्सन गरी पानी तिनाऊ नदीमा मिसाउँदा हजारौं मानिसको आस्था र भावनामा चोट पुग्ने न्यायाधीश राउतको राय छ।

१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर

बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ। गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो।

कृष्णागण्डकी र शालिग्राम

करोडौँ वर्षको जीवाशेष भएको तथ्यसहित हामीले कालीगण्डकीबाहेक अन्य स्थानमा शालिग्राम शिला पाइँदैन, वा जहाँ पाइन्छ, त्यो स्थान कुनै बेला कालीगण्डकीको प्रवाह क्षेत्रमा थियो भनेर प्रमाणित गर्न सक्नुपर्छ। समुद्रमा पाइने एमोनाइट जीवाशेष र कालीगण्डकी प्रस्रवणमा पाइने शालिग्रामको तुलना गर्न डिपोजिट म्यागाजिन अंक ४६, सन् २०१६ ले प्रकाशन गरेको सूचनाजस्तै विश्वमा प्रकाशन भएका सूचनाको जानकारी पनि राख्न सक्नुपर्छ।

गण्डकी प्रदेशको बजेट खर्च झन्डै ७२ प्रतिशत

गण्डकी प्रदेशले कुल बजेटको झण्डै ७२ प्रतिशत मात्र खर्च गरेको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा ७१.९ प्रतिशत बजेट खर्च गरेको हो । यो अघिल्लो वर्षको भन्दा ८.१९ प्रतिशत बढी हो ।

उत्तरी गोरखा पुगे गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरु

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मन्त्रीहरुसहित तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखा पुगेर फर्किएका छन्।

गण्डकीमा मार्सल लगाएर बजेट पारित

बुधबार बसेको तेस्रो बैठकमा पनि प्रतिपक्षी दल एमालेले अवरोध गर्ने प्रयास गरेपछि मार्सल लगाएर बजेट पारित गरिएको हो।

मार्सल लगाएर बजेट पारित, बिपक्षीद्वारा कुर्सी तोडफोड

गण्डकी प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गरेपछि मार्सल लगाएर बजेट पारित गरिएको छ । गण्डकी प्रदेश सभाको बुधबार बसेको तेश्रो बैठकमा पनि प्रतिपक्षी दल एमालेले अवरोध गर्ने प्रयास गरेपछि मार्सल लगाएर बजेट पारित गरिएको हो ।

गण्डकी प्रदेशसभाः विनियोजन विधेयक पेश, एमाले सांसदले फाले टेबुल

गण्डकी प्रदेशसभामा प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले संसदभित्रै टेबुल फालेका छन्।

गण्डकी प्रदेश सरकारको आर्थिक स्थिति सम्बन्धमा श्वेतपत्र जारी

गण्डकी प्रदेश सरकारको आर्थिक स्थिति सम्बन्धमा श्वेतपत्र जारी गरिएको छ । आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले श्वेतपत्र सार्वजनिक गरेका हुन् ।

गण्डकी प्रदेशसभा बैठकः एमालेले विरोध जनाएपछि अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध जनाएपछि आज गण्डकी प्रदेशसभा बैठक अवरुद्ध भएको छ।

युवा तथा खेलकुद मन्त्रालयमा मनांगेको ह्याट्रिक

तीन महिना अवधिमा तीनपटकसम्म गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री बन्दै राजीव गुरुङ(दिपक मनांगे)ले ह्याट्रिक गरेका छन् ।

गण्डकी प्रदेशः रकमान्तरको फेहरिस्त माग्दै एमालेद्वारा प्रदेशसभा बैठक अबरुद्ध

प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशसभा बैठक अबरुद्ध गरेको छ। असारको अन्तिममा आएर सरकारले गरेको रकमान्तरको फेहरिस्त माग्दै एमालेले सदन अबरुद्ध गरेको हो।

कालीगण्डकी डाइभर्सनबारे सर्वोच्चले दुवै पक्षलाई बोलायो

रिट निवेदकहरूले भारतीय चाहना र योजनाअनुसार नेपालका नदीको प्राकृतिक धार परिवर्तन गर्न खोजिएको दाबी गरेका छन्। ‘भारतको नदी जडान आयोजनाले नेपाललगायत सबै हिमाली क्षेत्रका १४ नदी, डेक्वैन पठारका १८ नदी र भारतअन्तर्गतका ३७ वटा अन्तरप्रदेशीय नदी जडान गर्न खोजिएको छ,’ रिट निवेदनमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्