हरित ऊर्जाको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध छः ऊर्जामन्त्री
नेपाल हाइड्रोपावर एसोसिएसन र इन्टरनेसनल हाइड्रोपावर एसोसिएनले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले जलविद्युत् आयोजनाको दिगो विकासका लागि भरपर्दो र बलियो संरचना निर्माण गर्न, वातावरणलाई न्यून असर गर्दै प्रभावित समुदायको जीवनस्तरलाई गुणस्तरीय बनाउन सरकार लागि परेको बताइन्।