५० मेगावाट बिजुली बंगलादेश निर्यातको आश्वासन
अहिले भारतीय पक्ष प्रसारण लाइनको क्षमता ८ सय मेगावाट क्षमतामा विस्तार गर्न तयार भए पनि नेपालबाट ६०० मेगावाट बिजुली खरिद गर्न भने तयार भइसकेको छैन्।
अहिले भारतीय पक्ष प्रसारण लाइनको क्षमता ८ सय मेगावाट क्षमतामा विस्तार गर्न तयार भए पनि नेपालबाट ६०० मेगावाट बिजुली खरिद गर्न भने तयार भइसकेको छैन्।
चार वर्षदेखि बन्द भएर बसेको पिपिए खुला गर्नुले निजी क्षेत्रको समस्याहरूप्रति यो नेतृत्व संवेदनशील छ भन्ने देखाउँछ
यस वर्षको हिउँद याममा हिमपात र वर्षा नभएपछि बेनीमा हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्।
पश्चिम चितवनमा सुक्खा ठाउँमा बोरिङमार्फत सिँचाइ सेवा भएपछि किसानहरू उत्साहित भएका छन्।
चन्दननाथ नगरपालिका ९ की नन्दलक्ष्मी रावलले सिंचाइ कुलो निर्माण भएपछि सोचे अनुसार खेतीबाट उब्जनी हुने बताइन्।
३५ किलोमिटर नहर लामो हुने हुँदा निर्माण सम्पन्न गर्न धेरै खर्च लाग्ने, किसानले प्रतिफल तत्काल पाउन नसक्ने र काम गर्न समस्या हुने भन्दै कार्यालयले उक्त योजना पनि परिवर्तन गरेको छ।
राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाइ आयोजनाको लम्की बिस्तार नहरमा पानी परीक्षण गरिएको छ।
नेपाल सरकारले सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जनमा झार्ने लक्ष्य प्रथामिकतासहित कार्यान्वयन गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।
भेरीबबई डाइभर्सन बहुउद्देश्यीय सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले हेडवक्र्स, पावरहाउस तथा सर्ज साफ्टको निर्माणको काम ४० प्रतिशत मात्रै भएको बताए।
'भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भइ जनताको जीवनस्तरमा केही सुधार आएको छ, यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको दायित्व हो', उनले भनिन्, 'समृद्ध मुलुक, सम्पन्न नेपालीको सपना साकार गर्ने हाम्रो लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन जरुरी छ।'
'अब अर्को संसद आउने बेलासम्म म ६५ वर्ष पुग्छु। अरु कुनै कारणले होइन्, म चाँही अब उमेर अवस्थाले प्रत्यक्ष निर्वाचन लड्न घरघर जान अनि टोलटोल पुग। गल्लीगल्ली पुग। सबै ठाउँ पुग। अब मसँग त्यो इच्छा छैन। अब म भन्दा युवा साथीहरु आउनुहोस्। मलाई रहर लाग्यो भने समानुपातिकमा जान्छु भनेपनि हुन्छ।'
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उपलब्ध स्रोत र साधनलाई सदुपयोग गर्दै ललितपुरलाई समृद्ध बनाइने बताएकी छिन्।
उनले नेपाल सरकारले अहिलेसम्म मन्त्रीपिच्छे आ–आफ्नो क्षेत्रमा बजेट योजना लैजाने गरेको दाबी गरिन्। मन्त्री भुसालले भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्न विज्ञहरु राखेर वृहत गुरु योजना बनाउनु आवश्यक रहेको पनि उल्लेख गरिन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगर्दा राष्ट्रपतिले संविधानको पालना हुन नसकेको बताइन्।
सो विधेयकलाई देखाएर आगामी मंसीर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्वाध ढंगले अघि बढाउने काममा सहयोग गर्न पनि बुद्धिजीवि, नागरिक समाज र सचेत नेपाली जनतालाई आह्वान गरिन्।