९ मंसिर २०८१ आइतबार
image/svg+xml

जीप दुर्घटना हुँदा चालकको मृत्यु

सदरमुकाम दुनैबाट सुँपानी आउदै गरेको भे १ च २४६४ नंवरको बोलेरो जीप दुर्घटना हुदा चालकको मृत्यु भएको छ। ठूलीभेरी नगरपालिका ५ घरभएका ३५ वर्षीय पन्चबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

जीप पल्टिदा १४ जना घाइते

तौलिहवा– जितपुर सडक खन्ड अन्रगत कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महितामा लु १ ज ९०५ नम्बरको जीप पल्टिदा १४ जना घाइते भएका छन्। कुस्मादेखि तौहिवा तर्फ गईरहेको जीप बिहान १० बजेतिर अनियन्त्रित भई पल्टिएको थियो।

अध्यक्ष दाहालको दाबीः ‘पूँजीपतिहरु जनतालाई कम्युनिष्टबाट अलग गराउन तम्से’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वका पूँजीपतिहरु जनतालाई कम्युनिष्टबाट अलग गर्ने प्रयासमा लागिपरेको बताएका छन्।

जीपलाइनमा रोमान्स

अचेल साहसिक खेलमा नेपाली तन्नेरीहरूको आकर्षण बढ्न थालेको छ। त्यसैले जीपलाइनमा उड्न धुलिखेल, चितवन र पोखरामा बाक्लो भीड लाग्न थालेको छ।

गैह्र व्यवसायीक आचरणलाई पूर्णरुपमा निर्मुल गर्छु : आईजीपी ज्ञवाली

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिन्ह ग्रहण गरेका छन्। बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिन्ह लगाईदिए। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा बढुवा गरेको थियो।

चार जनाको मृत्यु ५ घाइते, १ बेपत्ता

कर्णाली नदीमा भएको जीप दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्। जीपमा सवार एक १३ वर्षकी बालिका बेपत्ता भएकी छन्। कर्णाली करिडोर अन्र्तगत पर्ने हिमाली गाउँपालिका ७ बाँधुस्थित कालापडा भीरबाट जीप खसेको हो।

जीपको ठक्करबाट मृत्यु

भारतीय नम्बर प्लेटको स्कारपियो जीपको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिकामा आज बेलुकी एक जनाको मृत्यु भएको छ। भीमदत्तनगर बजारबाट गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नंको जीपले विपरीत दिशाबाट आइरहेको म२प ९४९५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्तनगरपालिका–४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

बोलेरो जीप दुर्घटना हुँदा खोटाङमा एक जनाको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा शनिबार दिउँसो ना १ ज ३७४७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपका मालिक सोहीस्थानका ४० वर्षीय रमेश अधिकारीको मृत्यु भएको हो।

बागलुङमा जीप दुर्घटना, १४ को मृत्यु

जिल्लाको बडिगाड खोलामा मंगलबार बिहान जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ। एक जनालाई खोलाले बगाएर बेपत्ता भएका छन् भने तीन जना गमभीर घाइते भएको प्रहरीले जनाएको छ।

जन्ती बोकेको जीप दुर्घटना हुँदा एक गम्भीर घाइते

जन्ती बोकेको जीप दुर्घटना हुँदा खोटाङमा एक गम्भीर घाइते भएका छन्। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको झापाबाट बेहुली लिएर मानेभञ्ज्याङ गाउँपालिका–५ मानेभञ्ज्याङ ओखलढुंगा फर्कदैं गरेको बा १७ च ६३३१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा मानेभञ्ज्याङका ६४ वर्षीय रामबहादुर राई गम्भीर घाइते भएका हुन्।

जीपको ठक्करले एकको मृत्यु, उपप्रमुखसहित दुई घाइते

मंगलबार विहान जीप दुर्घटनामा पर्दा उदयपुर जिल्ला समन्वय समितिकी उपप्रमुख गंगा राई घाइते भएकी छिन्।

जीप दुर्घटनामा एकको मृत्यु

नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्