१५ मंसिर २०८१ शनिबार
image/svg+xml

सांसदको प्रश्न : हाम्रो मर्यादा क्रम किन तल ?

हामी जनताबाट निर्वाचित भएका हौँ, तर जिल्लाको कार्यक्रममा जाँदा हाम्रो मर्यादाक्रम पूर्वमन्त्रीभन्दा तल राखियो। यसले हामीलाई असजिलो बनाएको छ। यो समस्याको समाधान गर्ने विषयमा सरकारले केही पहल गरेको छैन? यो भनाइ हो प्रतिनिधिसभाका सदस्य झपट रावलको। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलवारको बैठकमा सरकारले निर्धारण गरेको मर्यादाक्रमले जननिर्वाचित सांसदलाई अपमान गरेको भन्दै रावलले त्यसलाई सच्याउन गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराए।

आणविक भट्टीबारे सत्तापक्षकै संशोधन प्रस्ताव

सत्तारुढ दल नेकपाका सांसदहरूले आणविक भट्टी खोल्ने व्यवस्था राष्ट्रिय हितविपरीत भएकाले यसलाई खारेज गर्न भन्दै संशोधन प्रस्ताव दर्ता गरेका छन्। प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भई संशोधनका क्रममा रहेको ‘परमाणिक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको संशोधनको समयमा सत्तापक्षका सांसदबाटै विधेयकलाई पुनः परिमार्जनको प्रस्ताव गरिएको हो।

सांसदको घरमा छापा प्रकरण, प्रहरीलाई कारवाही गर्न माग

ईलाका प्रहरी कार्यालय मैनापोखरले खानतलासी गर्ने बहानामा नेपाली कांगेसका प्रदेश सभा सदस्य भूवनेश्वर थारुको घरमा मध्यरात छापा मारेको विषयलाई लिएर सम्वन्धित प्रहरीलाई कारबाही गर्न कांग्रेसले माग गरेको छ। प्रदेश सभा सदस्य भुवनेश्वर  घरमा नियतवस दुर्व्यवबाहर गर्ने उदेश्यले मध्यरात छापा मार्ने प्रहरीलाई कारबाहीको माग गरेका हुन्।

अपहृत प्रदेश सांसद मल्ल मुक्त

प्रदेश सांसद देवकी मल्ल (थापा) शुक्रवार अपहरणपछि मुक्त भएकी छिन्। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बझाङका सेक्रेटरी भरत मल्लको समूहले आफूलाई अपहरण गरेको सांसद मल्लले बताइन्। भरत सांसद देवकीका भाइ हुन्। बुगल नगरपालिकाबाट बिथ्डचिर गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा आफूलाई केदारस्यु गाउँपालिका ५ बगडी (पाउटा) बाट नेकपाका कार्यकर्ताले शुक्रबार बिहान ९ बजे अपहरण गरी बेलुका ४ बजे छोडिदिएका सांसद देवकीले बताइन्।

रेशम चौधरीको सांसद पद नरहने

कैलाली जिल्ला अदालतले बुधबार जन्मकैदको सजाय सुनाएपछि राष्ट्रिय जनता पार्टीका रेशमलाल चौधरीको सांसद पद नरहने भएको छ। संविधानको धारा ८७ बमोजिम नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति सांसद सदस्य हुन नपाउने व्यवस्था छ। त्यस्तै, संविधानको धारा ८९ को खण्ड (ख) मा धारा ८७ बमोजिम योग्यता नभएमा पनि सांसद सदस्यको स्थान रिक्त रहने उल्लेख छ।

रेशम चौधरीको पद के हुन्छ ?

नौ जनाको ज्यान जाने गरी तीन वर्ष अघि भएको टीकापुर घटनामा दोषी भएसँगै सांसद रेशम चौधरीको पद रिक्त हुने भएको छ।

जर्मन सांसदको शान्ति प्रक्रियाबारे चासो

पाँच दिने औपचारिक नेपाल भ्रमणमा रहेको जर्मन सांसदको टोलीले नेपालको शान्ति प्रक्रियाबारे चासो राखेको छ। फागुन १७ देखि नेपाल भ्रमणमा रहेको संसदको टोलीले भ्रमणका क्रममा नेपालको शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय, मानव अधिकारलगायतका विषयमा छलफल गरको छ।

अन्सारीलाई सांसदको सुझाव : तपाई आफै पछि हट्नुस्

मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीलाई आफैं पछि हट्न सांसदहरुले सुझाव दिएका छन्। संसदीय सुनुवाइ विशेष समितिमा मंगलवार भएको सुनवाइमा सांसदहरुले अन्सारीले प्रस्तुत गरेका कागजपत्र विवादास्पद देखिएको भन्दै ‘ब्याक’ हुन सुझाव दिएका हुन्। तर अन्सारीले भने आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन्।

ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरु

अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन्। राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानबिन गर्न लागेका हुन्।

‘मनपरी’ले संघीयता धरापमा

कर्णाली र गण्डकी प्रदेशका सांसदहरूले मनपरी कानुन निर्माण गर्दै जाने हो भने संघीयतानै खारेज हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।

‘त्यसो भए त राल्फा गलत थिए त ?’

नेपाली कांग्रेसबाट राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारी मुलुकमा एकजना चर्चित वरिष्ठ अधिवक्तासमेत हुन्। उनले नागरिक स्वतन्त्रताका पक्षमा आफूलाई जहिल्यै उभ्याउँदै आएका छन्। प्रमुख विपक्षी दलका सांसद भए पनि सरकारको आलोचना पनि मर्यादित भएर गर्नुपर्ने ठान्छन्।

प्रदेश सांसद ओलीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तर कुमार ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गरेका हुन्।

चुरे दोहन नियन्त्रणमा सरकार उदासीन

प्रदेश २ को प्रदेशसभाको पहिलो बैठकमै सांसदहरूले ‘चुरे संरक्षण’ साझा मुद्दा बन्नुपर्ने धारणा जोडदारका साथ राखेका थिए। तर प्रदेशसभा गठनको एक वर्ष पूरा भइसक्दा पनि चुरे दोहन थामिएको छैन। मधेसी दलका नेताहरूले भाषणमार्फत प्रदेश समृद्धिबारे विविध सवाल उठाउँदै आए पनि त्यसको मेरुदण्ड चुरे क्षेत्र मजबुत बनाउनेतर्फ भने कुनै अर्थपूर्ण कार्य अघि बढाएको पाइँदैन।

नाम र राजधानीबारे सुझाव लिन सांसदहरू जिल्लामा

प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्न गठित विशेष समिति बिहीबारदेखि जिल्ला दौडाहमा जाने भएको छ। समितिले ६ महिनापछि बल्ल रायसुझाव संकलनका लागि प्रश्नावली तयार गरी सांसदको टोली जिल्ला पठाएको हो। १२ वटा जिल्लामा सुझाव संकलनका लागि ६ वटा टोली बनाइएको छ।

संसद् बैठकमै रेग्मीले च्यातिन् नियमावली

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले स्थानीय पूवाधार विकास साझेदारी कायक्रम (सञ्चालन कायविधि) नियमावली २०७५ प्रकाशित भएको राजपत्रलाई संसद्मा च्यातेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले नियमावलीको नियम ७ मा रहेको समितिको बैठकसम्बन्धी कायविधिको उपनियम (४) मा ‘कायक्रम परामश समिति’को निणय सवसम्मतिबाट हुन नसकेमा संयोजकको निणय अन्तिम हुनेछ भन्ने व्यवस्था गरेको भन्दै राजपत्र च्यातेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्