१५ मंसिर २०८१ शनिबार
image/svg+xml

नागरिकता विषयमा गृहमन्त्रीलाई पूर्वसांसद मञ्चको सुझाव

पूर्वसांसद मञ्च नेपालले नेपाली नागरिकले सनाखत गरेका आधारमा नागरिकता दिने व्यवस्था गर्न नहुनेलगायत सुझावपत्र आज गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छ।

दोषीलाई सांसदले संरक्षण गरेको भन्दै चर्कियो आन्दोलन

मृतक स्वस्तिकाका श्रीमान मुकेशलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नन्दलाल रोकायले संरक्षण गरेको संघर्ष समितिका संयोजक सारुले आरोप लगाए। सांसद रोकाय मुकेशका मावली हजुरबुवा हुन्।

समृद्ध नेपालका लागि राजनीतिमा आएको हुँ : सांसद चौधरी

उद्योगपति तथा सांसद विनोदकुमार चौधरीले समृद्ध नेपाल निर्माणका लागि आफू राजनीतिमा होमिएको बताएका छन्। नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका चौधरीले राजनीतिमा सक्रिय हुन चाहेको संकेत गरेका हुन्।

संसदमा बेथिति

नयाँ संविधान जारी भएपछि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न हुँदासम्म तीनवटा सरकार फेरिए। निर्वाचनपछि प्रधानमन्त्री बनेका नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकार अहिलेसम्म कायमै छ। जारी संविधानबमोजिमको संरचना स्थापना गर्न संघमा प्रतिनिधिसभा र राष्ट्रियसभा, प्रदेशमा प्रदेशसभा र जिल्लामा स्थानीय तहको निर्वाचन गर्नुपर्ने थियो।

सांसदको आडमा दोषीलाई उन्मुक्ति दिने प्रयास

माइती पक्षका अनुसार लागु औषध दुव्र्यसनमा फसेका र केही समय सुधार केन्द्रमा समेत बसेका मुकेशले विवाह भएदेखि नै विभिन्न निहुँमा स्वस्तिकामाथि हिंसा गर्दै आएका थिए। मुकेश नेपाली सेनाका मेजर अमर बुढाक्षेत्रीका छोरा हुन्।

सोलुका सांसदले बुझाए प्रधानमन्त्रीलाई विकासका योजना

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यसमेत रहेका सोलुखुम्बुका सांसद हेमकुमार राई ‘सुरवीर’ले जिल्लाको समग्र विकासको खाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन्।

स्थायी राजधानी तत्काल तोक्न माग

प्रदेश ३ का सांसदहरूले स्थायी राजधानी छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्। बिहीबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरू लक्ष्मण लम्साल, सुरेन्द्रराज गोसाई, रत्न ढकाल, प्रदीपकुमार कटुवाल, केसी क्षत्रीलगायतले स्थायी राजधानी चाँडै टुंगो लगाउनुपर्ने माग गरे। २९ जना प्रदेश सांसदले समसमायिक विषयमा बोल्दै प्रदेशको स्थायी राजधानीसँगै प्रभावकारी बजेट कार्यान्वयन, लैंगिक बजेट मागदेखि मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचिवको हिनामिनासम्मको विषय उठाएका थिए।

पक्की पुलका लागि मन्त्रीसमक्ष बजेट माग

हलेसी तुवाचुङ नगरपालिकाबासीले त्रि–धार्मिकस्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दुरीको सडकखण्डमा पुल निर्माणको माग गरेका छन्। प्रतिनिधिसभाका सांसद् विशाल भट्टराईको नेतृत्वमा बुधबार गएको नगरका अगुवासहितको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठसमक्ष पुल निर्माणका लागि बजेट मागेको हो।

यंतापौ चपाछेँ शिलान्यास

काठमाडौं महानगरपालिका–३१ वडा शंखमुलस्थित यंतापौमा निर्माण गरिन लागेको यंतापौ चपाछेँ (भवन)को शिलान्यास भएको छ । पूर्व उपप्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नं. १ का सांसद प्रकाशमान सिहंले आइतवार एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन् ।

सात सय परिवारलाई निःशुल्क सिलिन्डर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ अध्यक्ष तथा सांसद प्रभु साहले गरुडा नगरपालिका–५ का लक्ष्मीपुर, अमरपटी, शिवनगर र ठेठरहियाका सात सय परिवारलाई निःशुल्क ग्यास सिलिन्डर वितरण गरेका छन्।

सांसद लिंङदेनलाई ज्यान मार्ने धम्की

झापाबाट निर्वाचित संघीय सांसद राजेन्द्र लिंङदेनलाई मार्न भन्दै ५० लाखको सुपारी दिएको म्यासेज पठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्यानपावर एजेन्ट बनेर काम गर्दै आएका झापाका तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकायलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

हुरी प्रभावितलाई प्रदेश ५ का सांसदले एक दिनको पारिश्रमिक दिने

प्रदेश नम्बर ५ का सांसदले बारा पर्साका हुरी पीडितका लागि एक दिनको तलब बराबरको आर्थिक सहयोग गर्ने भएका छन्। आइतबारको प्रदेशसभाको बैठकले प्रदेशसभा सदस्यको एक दिन बराबरको पारिश्रमिक हावाहुरी प्रभावितलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

हावाहुरी पीडितलाई कांग्रेस सांसदले दुई दिनको तलब दिने

कांग्रेस संसदीय दलको सोमबारको बैठकले बारा र पर्सा लगायत तराईका विभिन्न स्थानमा अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि राहतस्वरुप पार्टीबाट संघीय संसदबाट प्रतिनिधित्व गर्ने सांसदहरुको २ दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।

सांसद भन्छन्, ‘बजेट विनियोजनमा असन्तुलन’

सरकारले आर्थिक वर्ष २०७६–७७ को बजेट बनाउने तयारी गरिरहेको बेला सांसदहरूले बजेट विनियोजनमा सन्तुलन मिलाउन माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा अन्तर्गत विकास तथा प्रविधि समितिमा बोल्दै सांसदहरूले यतिखेर सत्ताधारी नेताका जिल्लामा धेरै बजेट थुप्रिएको चर्चा गर्दै अब त्यसो हुन नहुने धारणा राखे।

संसदीय समितिमा सांसद्को घट्दो उपस्थिति

प्रतिनिधिसभाका अधिकांश समितिका बैठकमा सांसद नै उपस्थित हुन छाडेका छन्। समितिका सदस्यहरू नै सहभागी हुन छाडेपछि महत्वपूर्ण अजेन्डासहित बोलाइएका बैठक प्रभावहीन बन्दै गएका छन्। मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सांसदहरूको न्यून उपस्थितिले नागरिकता विधेयकमाथिको छलफल हुनै सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्