९ मंसिर २०८१ आइतबार
image/svg+xml

विधायन समितिमा सांसदले भने : मिडिया काउन्सिल विधेयक सच्याउनु पर्छ

सांसदहरुले स्वायत्त, स्वतन्त्र र स्वनियम सहितको मिडिया काउन्सिल विधेयक हुनुपर्ने बताएका छन्। संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा सांसदहरुले विधेयकको प्रस्तावनामा सच्याई स्वायत्व, स्वतन्त्र र स्वनियम सहितको व्यवस्था राख्नुपर्ने बताएका हुन्।

मिडियाले हाम्रो कुरा लेख्दैनन् : दलित सांसद

दलित सांसदले नेपाली मिडियाले आफूहरूलाई स्थान नदिएको गुनासो गरेका छन्। आइतबार राजधानीमा क्रियाशिल दलित पत्रकार संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै दलित सांसदले आफूहरूको कुरालाई सञ्चारमाध्यमले स्थान नदिएको बताएका थिए।

जोखिममा नेपाली मिडिया

मिडिया अनुगमन प्रतिवेदनले नेपाली मिडिया जोखिममा रहेको निष्कर्ष निकालेको छ। फ्रिडम फोरमले गरेको अनुगमन प्रतिवेदनले सन् २०१९ मा १ सय ११ प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएको उल्लेख गरेको छ।

जरिवानाको व्यवस्था हटाऊ

सञ्चारसँग आवद्ध विभिन्न संघ संगठनले आचार संहिताविपरीत समाचार लेख्ने पत्रकारलाई दस लाख रूपैयाँसम्मको जरिवाना हटाउन सुझाव दिएका छन्।

विवाद समाधानका लागि १२ प्रश्न

राष्ट्रिय सभाको विधायन समितिले मिडिया काउन्सील विधेयकको विवाद समाधान गर्न १२ प्रश्न तयार गरेको छ। सञ्चारसँग सम्बन्धी विभिन्न पक्षले विधिेयकमा समावेस गरीएका विभिन्न प्रावधानमाथि प्रश्न उठाएपछि ठगेन्द्रप्रकाश पुरीको संयोजकत्वमा गठन भएको उपसमितिले विवाद समाधानका लागि प्रश्न तयार गरेको हो।

सागको प्रसारण अधिकार एनके मिडियालाई

नेपालमा आयोजना हुने १३औं सागबाट टेलिभिजन प्रसारण अधिकारसम्बन्धी सम्झौता गरिएको छ। पहिलोदेखि १२औं सागसम्म टेलिभिजन प्रसारण अधिकार कसैलाई दिइएको थिएन।

नेपाल रिपब्लिक मिडियामा लक्ष्मी पूजा(फोटो फिचर)

नेपाल रिपब्लिक मिडियाले लक्ष्मी पूजा सम्पन्न गरेको छ। सुन्धारा स्थित रिपब्लिक मिडियाको प्रधान कार्यालयमा लक्ष्मी पूजा गरिएको हो।

‘मिडिया ट्रायल’ कि मिडियाको ट्रायल ?

पछिल्लो समय राजनीतिक नेताहरू धमाधम विभिन्न आरोपमा परेका छन्। सभामुख रहेका कृष्णबहादुर महरा बलात्कार प्रयास अभियोगमा पक्राउ परे। नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री आफताव आलम नरसंहार काण्डमा अहिले थुनामा छन्। अर्का एक सांसद तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पार्वत गुरुङलाई पनि हत्या अभियोगमा पक्राउ पुर्जी जारी भएको छ।

सबैभन्दा उचाइमा गल्फ

बाह्रखरी मिडियाको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ’ प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा खेलिएको छ। ४ हजार २ दुई सय ५० मिटरमा भएको यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो। नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा उल्लेखनीय सहयोग पु¥याउने अपेक्षाका साथ प्रतियोगिता आयोजना गरिएको हो।

पत्रकार र मिडियाप्रति किन खनिए प्रधानमन्त्री ?

विशेष गरेर सामाजिक सञ्जाल र सञ्चारक्षेत्रमा प्रयोग भएका भाषा प्रति उनले गम्भीर असन्तुष्टी जाहेर गरे। उनले भने ‘सभ्यताका पर्खालहरु बागमतिमा फालिए। शिष्टता, मर्यादा केही पनि छैन्। पत्रकारले बाउलाई पनि तपाई भन्दैन। तिमी भन्दा माथि उठेर।

मिडियामा महिला विभेद

नेपाली मिडियामा महिलाको उपस्थिति पुरुषको तुलनामा अत्यन्तै कम छ। टेलिभिजन, रेडियो र अनलाइनमा हुने बौद्धिक बहसमा आक्कल झुक्कल मात्र, महिलालाई सहभागी गराइन्छ। साप्ताहिक, मासिक वा पाक्षिक पत्रिकाहरूमा मात्र हैन, देशका प्रतिष्ठित राष्ट्रिय दैनिक पत्रिकामासमेत लैंगिक विभेद डरलाग्दो छ।

'चङ्गा चेट' कार्यक्रममा प्रदेश प्रमुख कोइरालाले भनिन् – चेलेबेटी बेचबिखन रोक्नुपर्छ

नेपाल रिपब्लिक मिडिया तथा क्लब हिमायलको संयुक्त आयोजनामा शनिबार नगरकोटमा भएको चंगाचेट कार्यक्रममा प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले सबै बालबालिकाले शिक्षा पाउनुपर्ने र चेलेबेटी बेचबिखन रोक्नुपर्ने बताइन्। उनले बालबालिकालाई मायाको भावले हेर्नुपर्ने पनि बताइन्।

नगरकाेटमा 'चङ्गा चेट' कार्यक्रम, क्यान्सर केयर नेपाल रिसर्च प्रथम

नेपाल रिपब्लिक मिडिया तथा क्लब हिमायलको संयुक्त आयोजनामा शनिबार नगरकोटमा भएकोचंगाचेट प्रतियोगितामा क्यान्सर केयर नेपाल रिसर्चले पहिलो स्थान हासिल गरेको छ।

नगरकोटमा 'चङ्गा चैट', क्यान्सर केयर रिसर्च सेन्टर प्रथम

प्रतियोगितामा नेपाल रिपबलिक मीडिया र क्लब हिमालय बीचमा मैत्रीपूर्ण खेल समेत भएको थियो। मैत्रीपूर्ण खेलमा क्लब हिमालय विजयी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्