इलाम २ का सबै मतदानस्थल ‘अति संवेदनशील’
वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्धारण गरिएका इलाम २ का सबै मतदानस्थल ‘अति संवेदनशील’ मानिएका छन्।
वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्धारण गरिएका इलाम २ का सबै मतदानस्थल ‘अति संवेदनशील’ मानिएका छन्।
सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए।
निर्वाचन आयोगले चैत २८ देखि वैशाख १२ सम्मलाई प्रचारप्रसारको अवधि तोकिदिएपछि दल र उम्मेदवारहरू मतदाताका घर–घरमा पुग्न थालेका छन्।
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) मा निर्वाचन आचारसंहिता लागू गरेको छ।
इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा कसले बाजी मार्ला! यो जिज्ञासा अहिले इलाम मात्र होइन, देशभर छ।
आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ। निर्वाचन कार्यतालिकाअनुसार आजै उम्मेदवारलाई चुनाव चिह्न पनि वितरण गरिनेछ।
इलाम क्षेत्र २ मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन्, तर त्यसभित्र महिला उम्मेदवार एकजना पनि परेनन्।
आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा मनोनयन गराएका २० उम्मेदवारमध्ये अर्जुन उमेरले सबैभन्दा कान्छा हुन्। ‘राजनीतिमा अहिले युवाकै खाँचो छ,’ उनी भन्छन्, ‘मतदाताले अहिले युवा उम्मेदवार नै खोज्छन्।’
गत वैशाखमा तनहुँ र चितवनमा भएको उपनिर्वाचनमा पुराना दललाई पछाडि पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निर्वाचित भएका थिए। यसकारण आगामी वैशाखमा हुने उपनिर्वाचनलाई पुराना र नयाँ दल रास्वपाले थप प्रतिष्ठाको विषय बनाएका हुन्। बझाङभन्दा बढी प्रतिष्ठाको लडाइँ इलाममा छ। इ
आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
इलाम– २ र बझाङ– १(१) मा वैशाख १५ गते हुने उपनिर्वाचनअन्तर्गत आज मनोनयन दर्ता भइरहेको छ।
इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन्।
निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो।
नेपाली कांग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम– २ मा डम्बर खड्कालाई नै उम्मेदवार बनाउने भएको छ।
आगामी वैशाख १५ गते इलाम क्षेत्र नं. २ र बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।