बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट
कुटपिटबाट गम्भीर घाइते भएकी महिलाको चन्द्रपुरमा उपचार भइरहेको छ । महिलाको शरीरमा विभिन्न ठाएँमा घाउचोट लागेको र करिब तीन सय टाँका लागेको छ । महिलाको स्थिति अहिले पनि गम्भीर रहेको अस्पतालले जनाएको छ।
कुटपिटबाट गम्भीर घाइते भएकी महिलाको चन्द्रपुरमा उपचार भइरहेको छ । महिलाको शरीरमा विभिन्न ठाएँमा घाउचोट लागेको र करिब तीन सय टाँका लागेको छ । महिलाको स्थिति अहिले पनि गम्भीर रहेको अस्पतालले जनाएको छ।
सप्तरीको शम्भुनाथ नगरपालिका–१ साह टोलकी ३५ वर्षीया सुमिन्द्रादेवी राममाथि ‘बोक्सी’ आरोपमा स्थानीय महिलाबाट कुटपिट भएको छ।
कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन्। कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार छोराबुहारी २८ वर्षीया लीलामाथि बञ्चरो प्रहार गरी घाइते बनाएका हुन्।
वस्तीमा मानिसहरु विरामी परेको, वस्तुभाउ मरेको साथै बोक्सीले ‘भेदेको’ कारण गाउँमा रहेका झाँक्रीहरुसमेत काम्न छाडेको आरोप लगाउँदै उत्तरी गाउँ चिलंखाका एक दम्पतीलाई गाउँले भेलामार्फत लिखित निर्णय गरी गाउँ निकाला गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले बोक्सी आरोपमा जिल्ला अदालत सुर्खेतबाट कैद सजाय तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ।
बोक्सीको आरोप लगाउने दुई महिलालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।
सिंहदरबारको ‘आँखा’अगाडि, नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमाता पक्राउ परेकी छिन्।
सिंहदरबारभन्दा केही सय मिटर नजिक र नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण हुँदा पनि प्रशासन मौन छ । आफूलाई धर्तीमाताका रुपमा चिनाउने विष्णु कुँवरले सार्वजनिक स्थलमै एक युवतीमाथि बर्बरतापूर्ण यातना दिएकी छिन् । बुटवलबाट काठमाडौं आएकी कँुवरले भद्रकाली मन्दिरमा दर्शन गर्न गएकी एक युवतीमाथि बोक्सी भगाउने नाममा कुटपिट गरेकी हुन् । उनले ‘तँ को होस्, छिटो निस्की’ भनेर युवतीको टाउकोमा हातले पिटेको भिडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ ।
बोक्सीको आरोपमा धादिङमा वृद्धा महिलामाथि निर्घात कुटपिट गरिएको छ। जिल्लाको सिद्धलेक गाउँपालिका बस्ने ७२ वर्षीय वृद्धा महिलामाथि कुटपिट भएको हो। मलमुत्र तथा गाईबस्तुको गोबर खुवाई निर्घात कुटपिट गरिएको हो।
बोक्सीको आरोपमा धादिङमा एक वृद्धा महिलामाथि निर्घात कुटपिट गरिएको छ। जिल्लाको सिद्धलेक गाउँपालिका बस्ने ७२ वर्षीय वृद्धा महिलामाथि कुटपिट गरिएको हो। उनलार्इ मलमुत्र खुवाई निर्घात कुटपिट गरिएको हो।
बोक्सीको आरोप लगाएर श्रीमती कुटपिट गर्ने सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले छ महीना जेल र पाँच हजार जरिवानाको सुनाएको छ।
धनुषामा एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ। सबैला नगरपालिका–१२ रघुनाथपुर निवासी ३७ वर्षीया जुलेखा खातुनले बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरी क्रूर अमानवीय व्यवहार गरिएको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना बाहिरिएको हो ।
दाङको दंगिशरण गाउँपालिका ३ की टंकी रावत बिरामी परिरहन्थिन्। औषधिमूलो गर्दा समेत बिसेक नभएपछि उनी रोग निको पार्न धामीकहाँ पुगिन्। धामीले टंकीलाई बोक्सी लागेको र उनकै सासू बोक्सी भएको बताइदिए।
बोक्सीको आरोप लगाउँदै दाङमा बुहारीले सासुको हत्या गरेकी छन्। आँफूलाई पटक पटक बोक्सी लागेको भन्दै जिल्लाको दंगिशरण गाउँपालिका वडा नम्बर ३ की टंकी रावतले ६९ बर्षिया खोपी रावतको हत्या गरेकी हुन्। बुहारी टंकीले सासुलाई सल्यान स्थित जंगलमा लगेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पाल्पामा गाउँलेलाई बोक्सीको आरोप लगाएर गाउँमा मानसिक यातना दिने २ महिला पक्राउ परेका छन्।