चियाले मस्तिष्क शक्ति
हिजोआज ‘ग्रिन टि’ अर्थात् हरियो पत्ती चिया निकै चल्तीमा छ । स्वास्थ्यप्रति सचेत मध्यमवर्गीय परिवारमा हरियो पत्तीको चिया खानु एउटा नयाँ फेसन हुन थालेको छ । चियाको प्रयोग प्राचीनकालमा विविध रोगबाट निवृत्त हुन उपयोग गरिन्थ्यो । यतिबेला संसारका वैज्ञानिक हरियो पत्ती चिया (ग्रिन टि)का विविध फाइदा तथा बेफाइदा पत्ता लगाउन व्यस्त छन् ।