९ मंसिर २०८१ आइतबार
image/svg+xml

आतंककारीसँग सम्वन्ध रहेको भन्दै टर्कीमा १८ हजार कर्मचारी बर्खास्त

टर्कीको सरकारले यहाँका करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको छ। सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरेको हो।

दुर्व्यवहार आरोपमा प्रधानाध्यापक बर्खास्त

विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा जिल्लाको लिखु तामाकोसी गाउँपालिका–५, नागदहमा रहेको झट्टेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक केवलबहादुर तिमिल्सिनालाई पदबाट हटाउने निर्णय भएको छ।

बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने

कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालय आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रावधान राख्दै सरकारले संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा गरेको छ। शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले तयार गरेको सो ऐनको मस्यौदामा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले छलफल अघि बढाएको छ।

जिम्मेवारी पूरा नगर्ने आठजना प्राविधिक सेवाबाट बर्खास्त

तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ।

बर्खास्तीको जोखिमबाट चिन्तित छैन : कोन्टे

चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले इङ्लिस प्रिमियर लिगमा सोमबार वाटफोर्डसँग ४–१ ले पराजित भएपछि लिग उपाधि जितेको १ वर्ष बित्न नपाउँदै प्रशिक्षकबाट बर्खास्त हुन सक्ने जोखिमबाट आफू चिन्तित नभएको बताएका छन् ।

आइओएमका बर्खास्त डिन शर्मालाई पदमा फर्कन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम )का बर्खास्त डिन शशी शर्मालाई पदमा फर्कन आदेश दिएको छ।

शिक्षामन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसी फेरि अनशन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

लेस्टरका प्रशिक्षक बर्खास्त

इङ्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले मंगलबार प्रशिक्षक क्रायग सेक्सपियरलाई बर्खास्त गरेको छ । क्लबको लगातारको खराब प्रदर्शनलाई कारण देखाउँदै लेस्टरले सेक्सपियरलाई बर्खास्त गरेको हो ।

काग्लियारीका प्रशिक्षक बर्खास्त

काग्लियारीका प्रशिक्षक मासिमो रास्टेली यो सिजन इटालियन सिरी ‘ए’ मा बर्खास्तगीमा पर्ने पहिलो प्रशिक्षक भएका छन् । जारी सिजनमा क्लबको प्रदर्शन खराब भएपछि उनी बर्खास्तगीमा परेका हुन् ।

माओवादी मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीको कसरत

वामपन्थी गठबन्धनमा रहेका दलहरूबाहेकबाट आफ्नो पक्षमा बहुमत जुटाएपछि मात्र प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरू हटाउनेछन् । र, अहिले प्रधानमन्त्री देउवा आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा लागेका छन् ।

माओवादी मन्त्रीलाई बर्खास्त गर्ने देउवाको तयारी

आफ्नो सरकारले स्पष्ट बहुमत पाएलगत्तै प्रधानमन्त्री शेरवबदुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारीमा जुटेका छन्। प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनका पार्टीका शीर्ष नेताहरुसँग 'वान टु वान' वार्ता र कानुन व्यावसायीसँग पनि छलफल गरेर माओवादी मन्त्रीहरुलाई बर्खास्तको तयारीमा गरेका हुन्।

भ्रष्टाचार आरोप लागेका साझा अध्यक्ष शर्मा बर्खास्त

काठमाडौं— सरकारी स्वामीत्वको १०५ वर्ष पुरानो साझा प्रकाशनमा अनियमितता तथा बेथिति गरेको आरोप लागेको साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्मा पदमुक्त भएका छन्। शिक्षा मन्त्रालयले आइतबार मन्त्रिस्तरिय बैठकमार्फत शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो। ‘आज बसेको मन्त्रिस्तरिय बैठकले शर्माको सदस्यता खारेज गर्दै अध्यक्ष तथा महाप्रबन्धबाट पद मुक्त गर्ने निर्णय गरेको छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले नागरिकन्युजसँग भने।

खड्का बर्खास्त

चारवर्षे कार्यकालका लागि नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गोपाल खड्का ‘आर्थिक अनियमिततामा लिप्त हुँदा’ आफ्नो पदावधि नपुग्दै पदबाट बर्खास्त भएका छन् । सडक डिभिजनबाट अवकाश लिएपछि निगमको नेतृत्वमा आएका खड्काले इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेपछि सरकारले वर्खास्त गर्ने निर्णय गरेको हो।

अन्ततः गोपाल खड्का बर्खास्त

नेपाल सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदमुक्त गरेको छ । कार्यकारी निर्देशक खड्काले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै सोमबार बसेको मन्त्री परिषद बैठकले कार्यकारी निर्देशक खड्कालाई पदमुक्त गरेको सूचना तथा संञ्चार मन्त्री मोहन बस्नेतले बताए ।

सञ्चालक समिति बर्खास्त गर्न सिफारिस

शिक्षा मन्त्रालयको छानबिन समितिले साझा प्रकाशनमा अनियमितता भएको पुष्टि गर्दै वर्तमान सञ्चालक समितिलाई हटाएर तत्काल कारबाही प्रक्रिया अघि बढाउन  सिफारिस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्