९ मंसिर २०८१ आइतबार
image/svg+xml

कोइराला बर्खास्त

अर्थमन्त्री युवराज खतिवडाको दबाबमा पूर्वाधार विकास बैंकका अध्यक्ष डा. विमल कोइरालालाई बर्खास्त गरिएको छ। बैंक स्थापनाका लागि सबै प्रक्रिया पूरा भएर राष्ट्र बैंकबाट अनुमति लिने क्रममा रहेका बेला कोइरालालाई पदबाट हटाइएको हो। गत बुधबारको सञ्चालक समिति बैठकले उनलाई हटाउने निर्णय गरेको थियो। बैंकका अध्यक्षमा अनुज अग्रवाल नियुक्त भएका छन्।

भारतसँगको हारपछि थाई प्रशिक्षक बर्खास्त

एसिया कप फुटबलमा आइतबार भारतसँग ४–१ ले पराजित भएपछि थाइल्यान्डले मुख्य प्रशिक्षक मिलोभान राजिभाकलाई बर्खास्त गरेको छ। आफ्नो पहिलो खेलमा थाइल्यान्ड भारतसँग पराजित भएपछि ६५ वर्षे सर्बियन प्रशिक्षक मिलोभानलाई बर्खास्त गरेको हो।

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माउरिन्हो बर्खास्त

गत आइतबार लिभरपुलसँग लज्जाजनक हार बेहोरेपछि म्यानचेस्टर युनाइटेडले आफ्ना प्रशिक्षक जोसे माउरिन्होलाई मंगलबार बर्खास्त गरेको छ।

साउथएम्पटनका प्रशिक्षक ह्युज बर्खास्त

इङ्लिस प्रिमियर लिग (इपिएल) क्लब साउथह्याम्पटन प्रशिक्षक मार्क ह्युजलाई मंगलबार क्लबले बर्खास्त गरेको छ।

प्रदेश मन्त्री केशव स्थापित पदमुक्त

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई पदमुक्त गरेका छन्। मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख अनुसार शुक्रबार बर्खास्त गरेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए।

रियल मड्रिडका प्रशिक्षक लोपेटेगुई बर्खास्त

स्पेनिस क्लव रियल मड्रिडले प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको छ। क्लबले लगातार खराब प्रदर्शन गरेपछि सोमबार राति बसेको क्लबको कार्यकारी बैठकले उनलाई बर्खास्त गरेको हो।

एसपी बिष्ट र इन्सपेक्टर भट्ट बर्खास्त

गृहमन्त्रालयले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट र महेन्द्रनगर इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक जगदीश भट्टलाई प्रहरी सेवाबाट बर्खास्त गरेको छ।

विष्ट र भट्टलाई बर्खास्तको तयारी

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको अनुसन्धान प्रक्रियामा राज्यलाई ‘मिस गाइड’ गरेको ठहर गर्दै गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्ने प्रक्रिया थालेको छ।

निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्त गर्न सिफारिस

निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ।

सत्तारुढ दलकै भातृ संगठनद्वारा प्रहरी महानिरीक्षकलाई बर्खास्त गर्न माग

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई तत्काल वर्खास्त गर्न माग गरेका छन्। अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले गृहमन्त्री रामबहादुर थापालाई भेट्दै आइजिपी खनाललाई तत्काल बर्खास्त गर्न माग गरेका हुन्।

चेक प्रशिक्षक बर्खास्त

रूसलाई ५–१ को नतिजा सुम्पिएको एक दिन नबित्दै चेक फुटबल संघले मंगलबार राष्ट्रिय टोलीका प्रशिक्षक कारेल यारोलेमलाई बर्खास्त गरेको जनाएको छ।

त्रिवि सेवा आयोग सदस्य बर्खास्त, परीक्षा प्रभावित

सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. डा. चिन्तामणि पोखरेललाई सदस्य पदबाट बर्खास्त गर्दा आयोगले संचालन गरिरहेको कर्मचारी नियुक्तिको खुला प्रतिस्पर्धाको लिखित परीक्षा प्रभावित बनेको छ।

जनतालाई सेवा दिन नसकेको भन्दै मन्त्री बर्खास्त

इराकी प्रधानमन्त्री हैदर अल–अबादीले आफ्नो मन्त्रिपरिषदका एक सदस्यलाई बर्खास्त गरेका छन्।

कानुनमन्त्रीलाई बर्खास्त गर्न राप्रपाको माग

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेलीबारे कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्ति प्रति राप्रपाले आपत्ति जनाएको छ।

चेल्सीबाट कोन्टे बर्खास्त

इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले शुक्राबार प्रशिक्षक एन्टोनीयो कोन्टेसँगको सम्झौता अन्त्य भएको घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्