११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बजेटमा अन्योलः सहमति नभए विकल्प अध्यादेश

जनता समाजवादी पार्टी (जसपा) ले वर्तमान सरकारलाई समर्थन नदिने निर्णय गरेपछि आगामी वर्षको बजेट ल्याउन अध्यादेशबाहेक अर्को विकल्प देखिएको छैन। सबै दलबीच बजेटमा राजनीति नगर्ने सहमति बन्यो भनेमात्र संसद्बाट बजेट आउनेछ।

कूटनीतिक नियोगमा ‘खल्तीका मान्छे’

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय तहमा सुनिन र देखिन थालेको दाबी गर्दै आएका छन्।

उपप्रधानमन्त्री र स्वीजरल्याण्डकी राजदूतबीच संवादः स्वीजरल्याण्डबाट शनिबार स्वास्थ्य सामग्री आइपुग्ने

स्वीजरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्वको लडाईंमा साथ दिँदै नेपाललाई यसैसाता बिभिन्न स्वास्थ्य सामाग्री पठाउने भएको छ।

प्रधानमन्त्री सपथ ग्रहण प्रकरणः सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले प्रधानमन्त्री र मन्त्रीहरुको सपथ सम्बन्धमा विचार गर्दा विपक्षीहरूबाट लिखित जवाफ परेपछि रिट निवेदनमा अन्तिम निर्णय हुँदा निरुपण हुने भएकाले हाल माग भए बमोजिम अन्तरिम आदेश जारी गर्न नपरेको जनाएको छ।

प्रम ओलीको निर्देशन कार्यान्वयनका लागि मुख्य सचिवद्वारा निर्देशन

आज सम्पन्न भर्चुअल बैठकमा मुख्य सचिव बैरागीले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन कार्यान्वयन गर्न र गराउनका लागि निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीको पुनः सपथ मागसहित रिट

ओलीले तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भई सपथ लिने क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सपथको क्रममा ‘प्रतिज्ञा गर्छु’ दोहोर्‍याउँदा पनि प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भन्ने उत्तर दिएका थिए। यसबाट राष्ट्रपतिको पनि मानमर्दन भएको भन्दै रिटमा पुनः सपथ गराउन आदेश माग गरिएको छ।

नागरिकको जीवन रक्षा पहिलो प्राथमिकताः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि हालतमा नागरिकको जीवन रक्षा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

देउवाले पठाए गृहजिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री पठाएका छन्।

प्रधानमन्त्रीकाे सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट

सपथ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले उक्त शब्द उच्चारण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः उच्चारण गर्न आग्रह गरेकी थिइन्। तर प्रधानमन्त्री ओलीले असहज लाग्नेगरी ‘त्यो पर्दैन’ भनेर जवाफ फर्काएका थिए।

अब जनतालाई कोरोनाबाट मुक्त गर्न ध्यान केन्द्रित गर्छौंः उपप्रधानमन्त्री

‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरुको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रित हुन्छौं’, उपप्रधानमन्त्री पोखरेलले भने।

प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीस दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गनुपर्ने संवैधानिक स्थिति रहेको छ ।

अक्सिजन भनसूनको आधारमा हाेइन आवश्यकताका आधारमा दिनूः प्रम ओली

'हाम्रा कुनै पनि अक्सिजन उत्पादन गर्ने कारखाना पूर्ण रुपमा चल्नुपर्छ, यसकारण चलेन भन्न पाइँदैन,’ उनले भने।

महामारी नियन्त्रणमा एकजुट भएर लागौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गरका छन्।

केपी शर्मा ओलीद्वारा प्रधानमन्त्री पदको सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन्। शितल निवासमा आयोजित कार्यक्रममा केपी शर्मा ओलीले सपथ लिएका हुन्। बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई संविधानको धारा ७६ को ३ अनुसार अल्पमतको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

प्रधानमन्त्री ओलीले आज शपथ ग्रहण गर्दै

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गरी आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्