१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कांग्रेस सांसद सुरेन्द्र चौधरीको क्षेत्र पटेर्वा सुगौलीमा एमाले विजयी

पर्साको पटेर्वा सुगौली गाउँपालिकामा प्रमुखमा नेकपा एमाले र उपप्रमुख नेपाली कांग्रेसका उम्मेदवार विजयी भएकान छन्।

पूर्वपदाधिकारी सूचीमा पूर्वसांसद पनि

पूर्वपदाधिकारीको सूचीमा पूर्वसांसदलाई  पनि राख्न प्रस्ताव गरिएको छ । संसद्को राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिले ‘पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्नेसम्बन्धी’ विधेयकमाथिको छलफलपछि यस्तो प्रस्ताव गरेको हो । पूर्वसांसदको मर्यादाक्रम निर्धारण हुनुपर्ने र सुविधा पाउनुपर्ने दबाबका कारण राज्य व्यवस्था समितिले थप छलफल गर्न उपसमिति गठन गरेको  थियो।

सांसद अमरेश सिंहका बडीगार्डले सर्लाहीमा गोली चलाए

नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहका बडीगार्डले गोली चलाएका छन्। सर्लाहीको बलरा वडा नम्बर ३ मा गोली चलेको हो। सो वडाको एक कार्यक्रममा कांग्रेस नेता अमरेशकुमा सिंह पुगेपछि राष्ट्रिय जनता पार्टीका समर्थकले गाडि घेरा हालेका थिए। उनको सुरक्षामा खटिएको सुरक्षाकर्मीले गोली चलाएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोली चल्दा कोही घाइते भएका छैनन्।

सांसदले खर्चिने विकास बजेटमा जिसस भूमिकाविहीन

कार्यविधि संशोधन हुनुअघि निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतका आयोजना सञ्चालन र कार्यान्वयनको अधिकार जिविसको कार्यालयलाई दिइएको थियो । जिविस रुपान्तरण भई बनेको जिससलाई यो अधिकार दिइएको छैन ।

काँग्रेसका अधिकांश, एमाले र माअाेवादीका केही सांसद पेन्सनको पक्षमा

पूर्वसांसदलाई पेन्सन दिने प्रस्तावमा संसद्को राज्य व्यवस्था समितिमा विवाद उत्पन्न भएको छ । सांसदबीच विवाद चुलिएपछि समाधान गर्न समितिले उपसमिति गठन गरेको छ। कांग्रेसका अधिकांश सांसद तथा एमाले र माओवादी केन्द्रका केही सांसद पूर्वसांसदलाई पेन्सन दिनुपर्ने पक्षमा छन् । एमाले र माओवादी केन्द्रका केही सांसद भने पेन्सन दिन नहुने पक्षमा छन् ।

सांसदलाई पेन्सन दिन दबाब

पूर्वसांसद मञ्चले संसदीय अभ्यास अपनाउने मुलुकहरूमा जस्तै नेपालमा पनि पूर्वसांसदलाई पेन्सनसहित सुविधा उपलब्ध गराउन राज्य व्यवस्था समितिमा निवेदन बुझाएको छ ।

बढुवा र सुविधा थप गरेरै कर्मचारी समायोजन गर्न सांसदको माग

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा कर्मचारी समायोजनसम्बन्धी प्रस्तावित विधेयक, २०७४ को संशोधनमाथि छलफल सुरू भएको छ। नेपालको संविधानको धारा, ३०२ अनुरुप प्रदेश र स्थानीय तहमा आवश्यक सेवा प्रवाह गर्न सरकारी सेवामा कार्यरत कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न तत्कालीन सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथाकीले सो विधेयक प्रस्तुत गरेका थिए।

सांसद अमृत अर्यालले बाढीपीडितलाई बीस घर बनाइदिने

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले वडा न १९ का बाढीपीडतका लागि घर बनाइदिने भएका छन्। उनले क्षेत्र नं ६ को वडा नं १९ का विपन्न २० बाढीपीडितको घर बनाइदिने घोषणा गरेका हुन्।

एमाले सांसदद्वारा पार्टी कार्यालयमा तालाबन्दी

नेकपा एमाले पर्साको पार्टी कार्यालयमा पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित एमालेका सांसद बिचारी यादव नेतृत्वको असन्तुष्ट टोलीले सोमबार तालाबन्दी गर्दै धर्ना सुरु गरेको छ । टिकट वितरणमा नेतृत्वले पार्टीमा लगानी भएकालाई प्राथमिकता नदिएकोले तालाबन्दी गरेको सांसद यादवले बताए ।

माओवादी केन्द्रका सांसद घिसिङको राजीनामा

नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट विहीबार राजीनामा दिएका छन्।

शिक्षा ऐन फिर्ता लिन सत्तारूढ सांसदकै माग

सत्तारूढ दलकै सांसदले सरकारले संसद्मा पेस गरेको शिक्षा ऐन (नवौं संशोधन विधेयक) २०७४ फिर्ता लिन माग गरेका छन् । शिक्षा ऐन (आठौं संशोधन) कार्यान्वयन नगरीकन ‘राजनीतिक लाभ’ को उद्देश्यसहित नवौं संशोधन ल्याएको भन्दै सत्तारूढ दलका सांसद र पूर्वशिक्षामन्त्रीले संसद् बैठकमा सम्बोधन गर्दै फिर्ता लिन माग गरेका हुन् ।

राप्रपाका १८ सांसदमाथि कारबाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी छाडेका १८ सांसदलाई कारबाही गरेको छ ।  राप्रपा संसदीय दल र केन्द्रीय समितिमा सदस्यहरूको संयुक्त बैठकले संविधान संशोधनका पार्टी ह्विपविरुद्ध गएर पक्षमा मतदान गरेको भन्दै कारबाही गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

बाढीपीडितलाई शीघ्र राहत पुर्‍याउन सांसदहरुको माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता माधवकुमार नेपालले विपद् व्यवस्थापन र पीडितसामु राहत पुर्‍याउने काममा सरकार असफल भएको बताएका छन्।

काँग्रेस सांसदको एक महिनाको तलब बाढीपीडितलाई

सत्तारुढ नेपाली काँग्रेसका सांसदहरुले एक महिनाको तलब बाढीपीडितलाई दिने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

परनिर्भरता रोक्न आयआर्जमा जोड : सांसद जोशी

सांसद अर्जुनप्रसाद जोशीले बैदेशिक रोजगारीका नाममा युवाहरु पलायन रोक्नुपर्ने बताएका छन्। गाउँमै सीप दिएर वैदेशिक रोजगारीलाई रोक्न स्वरोजगार बनाउनुपर्नेमा उनले जोड दिएका छन्। अब सांसद विकास कोष र सांसद क्षेत्र पूर्वाधार विकास कोषको रकम आफुले त्यसक्षेत्रमै लगाउने उद्घोष गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्