१४ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाली–अमेरिकी सेनाबीच ‘ब्यालेन्स नेल’ अभ्यास सुरु

‘नेपाली सेना र अमेरिकी सेनाबीच नियमित यस्ता सैन्य अभ्यास हुँदै आएका छन्। यसपटक मात्र भएको होइन,’ नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले नागरिकसँग भने, ‘नेपाली सेनाको रेञ्जर फोर्स र अमेरिकी सेनाको स्पेसल फोर्सबीच नियमित हुन्छ।’ यसमा हालसम्म नेपालका ४ हजार सैनिकले सहभागिता जनाइसकेको उनले बताए।

यस वर्षको घोडेजात्रा समारोह सम्पन्न

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ। राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन्।

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, तीनको मृत्यु

दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ।

‘भूपू सैनिक सम्मेलन’ दिपायलबाट सुरु हुँदै

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदैछ।

युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारको मृत्युः रुस

युक्रेनी हमलामा बालबालिकासहित अन्य २८ सर्वसाधारण गम्भीर घाइते भएको जनरल कोनासेन्कोभले बताएका छन्। युक्रेनी फौजको नियन्त्रणमा रहेको उत्तरपश्चिम क्षेत्रबाट दोनेत्सकमा मिसाइल प्रहार भएको उनले दाबी गरेका छन्।

युक्रेन संकटः रूसी सेनाद्वारा कीभ, मारिउपोल, खार्किभ, सुमीमा युद्धविराम घोषणा

रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छोड्नका लागि बिहान १०ः०० बजे (०७०० GMT) देखि युद्धविराम घोषणा गरेको छ।

सेना दिवसका अवसरमा दौड

महिलातर्फ ४० वर्षमुनिको पाँच किलोमिटर दौडमा कर्णाली खेलकुद क्लबकी कल्पना बुढा प्रथम भइन्। राज्यलक्ष्मी रावल द्वितीय र इशारा बुढा तृतीय भए। रावल कर्णाली खेलकुद क्लब र बुढा नेपाली सेनाका खेलाडी हुन्।

सेना दिवसलाई सलाम!

नेपाली सेनाको इतिहास भन्नु नै त्याग, तपस्या, बलिदान, कर्तव्यपरायणता, राष्ट्रभक्ति, निस्वार्थ सेवा आदिप्रतिको कटिबद्धता हो ।

जर्मनी र स्वीडेनपछि युरोपेली युनियनले पनि दियो युक्रेनलाई हतियार

‘हामीहरुले लडाकु जेटसमेत प्रदान गर्न लागिरहेका छौं। हामी केबल हतियारको मात्र कुरा गरिरहेका छैनौं। युक्रेनलाई युद्धमा जान आवश्यक अझै बढी महत्वपूर्ण हतियार प्रदान गरिरहेका छौ,’ पत्रकार सम्मेलनमा उनले भने।

नेपाली सेनाको तीनदिने बृहद् प्रदर्शनी सुरु

नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर तीनदिने बृहद् प्रदर्शनी आयोजना गरेको छ।

पुष्पलाल स्मृति ब्याडमिन्टन उपाधि अनुमाया र प्रिन्सलाई

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राईले १२ बरियताबीच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्डहर्टका आधारमा जित हात पार्दै उपाधी उचालेकी हुन्।

स्वतन्त्र सेनानीको परिवारलाई कांग्रेस कपिलवस्तद्वारा एक लाख सहयोग

बैंकबाट लिएको ऋण तिर्न नसकेपछि घर लिलाम प्रक्रिया अघि बढाएपछि कांग्रेस कपिलवस्तुले नगरपालिका वडा नम्बर १ मस्जिद टोलका स्वतन्त्रता सेनानी स्वर्गीय अब्दुल रंगरेजको परिवारलाई एक लाख सहयोग गरेको छ।

रुसद्वारा क्रिमिया सैन्य अभ्यास अन्त्य गरेको घोषणा

युक्रेनको सिमानाबाट पहिलो पटक सेना फिर्ता गर्ने घोषणा गरेको एक दिनपछि रुसले बुधबार मस्कोमा गाभिएको क्रिमियामा सैन्य अभ्यास समाप्त भएको र सैनिकहरू फर्किएका बताएको छ।

सेनाले ‘लिस्तीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’ गर्दै

नेपाली सेनाले यही फागुन २१ गते ‘दोस्रो लिस्तिकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ।

सशस्त्र प्रहरी: नेतृत्वका लागि अनुशासन बिर्सिंदै

सुरक्षा निकायमा संगठन प्रमुख विदेश जाँदा वा फिर्ता हुँदा निमित्तको कार्यभार सम्हालेका कमान्डर बिदाइ र स्वागतका लागि विमास्थलसम्म पुग्ने प्रचलन हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्