हिउँमा भेंडीगोठ
कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला जुम्ला,मुगु ,कालिकोट,डोल्पा र हुम्लालगायतका थुप्रै बासिन्दाका लागि भेंडापालन आर्थिक उपार्जनको भरपर्दो स्रोत हो।
कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला जुम्ला,मुगु ,कालिकोट,डोल्पा र हुम्लालगायतका थुप्रै बासिन्दाका लागि भेंडापालन आर्थिक उपार्जनको भरपर्दो स्रोत हो।
अनुदान दिने निकाय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रतिवेदनमा सहकारीले सञ्चालन गरेको फर्मको अनुगमनका क्रममा ५० क्षमताको गोठमा २२ वटा गाई रहेको उल्लेख भए पनि गोठमा गाईनै नभएको, गाईगोठ जाने बाटो ठाडो उकालो भएकाले गाईपालनका लागि अनुपयुक्त रहेको प्रांगारिक मल र विषादी उत्पादन गर्ने उद्देश्य पनि सहकारीले पूरा नगरेको उल्लेख छ।
पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले कृषि तथा पशुपालनमा अनुदान रकम छुट्टाएको छ । अनुदान उपयोग गर्न सर्वसाधारण कृषि तथा पशुपालनमा प्रेरित भएका छन् । अनुदानकै आशमा धेरैजसो सर्वसाधारण कृषि कर्ममा होमिएका छन् ।
कोभिड–१९ का कारण कृषि तथा पशुपालनमा करिब १२ अर्ब रूपैयाँ क्षति पुगेको एक सरकारी अध्ययनले देखाएको छ। तुलनात्मक रूपमा कृषि क्षेत्रमा कम प्रभाव परेको आँकलन गरिए पनि राष्ट्रिय योजना आयोगले गरेको अध्ययनमा कोभिडका कारण कृषि तथा पशुपालन क्षेत्रमा गम्भीर असर पुगेको भेटिएको हो।
व्यावसायिक कृषकलाई उत्पादनमुखी बनाउने, निर्वाहमुखी पशुपालनलाई व्यावसायिक बनाउने र व्यावसायिक कृषकलाई व्यवसायको भार कम गर्ने उद्देश्यसहित विदुर नगरपालिकाले गोठ/खोर सुधारमा आधारित अनुदान कार्यविधि स्वीकृत गरेको छ।
धुलिखेल नगरपालिकाले आगामी चार वर्षभित्र नगरलाई कृषि उपज र पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन २९ करोड ४३ लाख रुपैयाँ खर्च गर्ने भएको छ।
तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटका काशीनाथ भट्टराई राजनीतिसँगै गाईपालनमा सक्रिय छन्।
वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएपछि खैरहनी नगरपालिका–७ मझुईका नारायणप्रसाद घिमिेर घर फर्किए। पाँच वर्ष कोरिया बस्दा गरेको आम्दानी उनले पशुपालनमा लगानी गरे। २०७१ देखि उनले व्यावसायिक पशुपालन गरिरहेका छन्। नौवटा गाईबाट पशुपालन सुरु गरेका उनको ज्वालामुखी गाईफार्ममा अहिले १७ गाई र आठ भैसी छन्।
पशुपालनका लागि आवश्यक आहार उत्पादन गर्न आहार उद्योग स्थापना गर्ने तयारी सुरु गरिएको छ। राप्ती नगरपालिका–४ को भवानीपुरमा पशु आहार उद्योग निर्माण गर्न लागिएको हो। दुग्ध उत्पादक सहकारी संस्थाले प्रदेश सरकार र स्थानीय सरकारसँगको साझेदारीमा उद्योग स्थापनाको काम अघि बढाएको छ।
दुई साताअघि आएको हावाहुरीबाट बारा र पर्साको कृषि तथा पशुपालनमा करिब आधा अर्ब रुपैयाँ क्षति पुगेको छ । हावाहुरीले कृषि र पशुमा ५० करोड ७९ लाख ३२ हजार रुपैयाँ बराबर क्षति पुगेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।
वीरगन्ज महानगरपालिका–१० बस्ने युवा उद्यमी तारा प्रसादले महानगरकै रामगढवामा सञ्चालनमा ल्याएको पशुपालन व्यवसाय अब १० करोड रुपैयाँ लागतको बहुउद्देशीय कृषि फर्म बनेको छ। फर्मले एउटै हातामा पशुपालनबाट दूध उत्पादन, जैविक मल उत्पादन र तरकारी उत्पादन गर्ने गरेको छ।
स्याङ्जा वालिङका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आएका छन्। वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा पशुपालन गर्दै आएका हुन।
सुत्केरी भैंसीको पोषण सुरक्षाका लागि बडिमालिका नगरपालिकाले सुत्केरी भत्ता कार्यक्रम ल्याएको छ। किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षण गर्न र उचित दाना पानीको व्यवस्थापन गरी दुध उत्पादनमा वृद्धी गर्न सुरक्षा भत्ता कार्यक्रम ल्याएको हो।
मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने घोषणा गरेको सरकारले कृषि क्षेत्रमा बजेट विनियोजन गर्न उपेक्षा गरेको छ। मुलुकको अर्थतन्त्रमा करिब एक तिहाइ योगदान पुर्याउने कृषि क्षेत्रमा आगामी वर्षको लागि कम बजेट विनियोजन भएको हो।