९ मंसिर २०८१ आइतबार
image/svg+xml

स्वयम्भूका दुई आँखाले...

सरकारले स्वयम्भूको गर्भ अध्ययन शुरु गरेको छ। भूगर्भविद् डा. रञ्जनकुमार दाहाल नेतृत्वको टोलीले अध्ययनको जिम्मा पाएको छ। दाहालका अनुसार स्वयम्भूको जमिन आफ्नो धरातलमा छैन। स्वयम्भूको थुम्को दायाँबायाँ पहिरो जान सक्ने वा भासिन सक्ने खतरा छ।

स्वयम्भू पुजारी आवासगृह पूनर्निर्माण सुरु

भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा स्वयम्भूको पुजारी आवास गृह तथा विहारहरुको पूनर्निर्माण सुरु भएको छ।

अझै बनेन स्वयम्भूको कर्मराज गुम्बा

२०७२ सालको भूकम्पले भत्किएका स्वयम्भूका कर्मराज गुम्बा र ज्ञानमाला भजन खलको पुनर्निर्माण अझै सुरु भएको छैन ।

कार भित्र युवकको शव भेटियो

स्वयम्भूमा एक कार भित्र युवक मृत अवस्थामा भेटिएका छन्। बिहान ६ बजे बा ८ च  ७०२१ नम्बरको सुजुकी कार भित्र चन्द्रागिरी नगरपालिका वडा नं १४ नैकाप घर भएका श्यामकुमार श्रेष्ठको शब भेटिएको हो। उनी यही १८ गतेदेखि घरबाट हराएको र १९ गतेबाट सम्पर्क विहिन रहेको उनका आफन्तले बताएका छन्।

स्वयम्भूमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

स्वयम्भूमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कंलकीबाट बालाजुतर्फ आइरहेको बा९६प ५९३७ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना६ख ५६४८ नंको डिब्बाले ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेका गोरखा सुलिकोटका ६६ वर्षीय मोहन पनेरु क्षेत्रीको मृत्यु भएको हो।

बुद्ध जयन्तीमा बौद्ध र स्वयम्भू (फोटो फिचर)

आज २५ सय ६२ औं बुद्ध जयन्ती। शान्तिका प्रवर्तक गौतम बुद्धको जन्म जयन्ती विश्वभर विशेष कार्यक्रमका साथ मनाइयो। लुम्बिनीमा जन्मिएका बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख पूर्णिमाका दिन भएको हो।

वसन्तपुरदेखि स्वयम्भूसम्म पदयात्रा हुने

वसन्तपुरदेखि स्वयम्भूसम्म सप्ताहव्यापी पदयात्रा हुने भएको छ । काठमाडौं महानगरपालिकाले सम्पदा दिवसको अवसरमा पदयात्रा गर्न लागेको हो।दिवसका अवसरमा महानगरले २२ सय मिटरको पदयात्रासहित सांस्कृतिक कार्यक्रम गर्ने घोषणा गरेको छ । बैशाख २ गते सुरु हुने पदयात्रा ८ गतेसम्म चल्ने छ ।

स्वयम्भूबाट माइक्रोबस नै चोरी

मोटरसाईकल चोरिएका खबर त सुनिएकै हो। तर शनिबार राति एक माइक्रोबस नै चोरी भएको छ। स्वयम्भूबाट शनिबार राति माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ।

स्वयम्भू आगलागीमा  ३० लाख क्षति

काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति भएको आगलागीमा करिब रु ३० लाख बराबरको क्षति भएको छ।

स्वयम्भूदेखि सूर्यविनायकसम्म साझाले सुरु गर्‍यो सेवा

यात्रुको सुविधालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो सेवा आजदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म विस्तार गरेको छ।

अपहरणकारी समाउन खोज्दा स्वयम्भूमा गोली चल्यो, एक घाइते

स्वयम्भू भगवान पाउमा गोली चलेको छ। प्रहरीले अपहरणमा परेका व्यक्तिलाई उद्धार गर्ने क्रममा गोली चलाएको जनाएको छ। प्रहरीले दुई दिन अघि बौद्धबाट अपहरणमा परेका तीन जनालाई उद्धार गर्ने क्रममा गोली चलेको जनाएको छ। प्रहरीलाई ताकेर पेस्तोल देखाए पछि प्रहरीले गोली चलाएको थियो।

स्वयम्भू निर्माणमा जुट्यो महासमिति

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति भूकम्पले ध्वस्त भएका मन्दिर तथा स्तुप निर्माणमा जुटेको छ । भूकम्पको २० महिनापछि महासमितिले मंगलद्वारको पुनर्निर्माण र शान्तिपुर मन्दिरको मर्मतसम्भार सोमबारदेखि थालेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्