‘मकै जोन’ले किसानमा परिवर्तन
दुई वर्षअघिसम्म धादिङको नीलकण्ठ नगरपालिका १३ मधुवनका किसान होमकुमारी गुरुङ बारीमा लगाएको मकै नफलेर हैरान थिइन्। मेहनत गरेर लगाएको मकै घोगा नलागेपछि प्रत्येक वर्ष गरेको मेहनत खेर जाने गरथ्यो। गाउँमा मकै जोन कार्यक्रम लागू भएपछि मेहनतको फल पाउन थालेको गुरुङले बताइन्।