१५ मंसिर २०८१ शनिबार
image/svg+xml

यस कारणले भयो मलको हाहाकार

धानपछिको नेपालको दोस्रो प्रमुख बाली गहुँको स्याहारमा किसान व्यस्त भएसँगै रासायनिक मल नपाएर चिन्तित पनि बनेका छन्। टुसा उम्रेको १५ दिनभित्र गर्नुपर्ने पहिलो चरणको सिँचाइ करिब सकिएको छ। लगत्तै बालीमा नाइट्रोजन लगायत पोषणका लागि आवश्यक पर्ने युरिया रासायनिक मल भने कृषि सामग्री कम्पनीमा छैन। ‘कम्तिमा कट्ठामा तीन किलो हाल्नु पर्ने हुन्छ, खेतअनुसार साढे चार किलोसम्म पनि हाल्छन्,’ पर्सा सिबर्वाका किसान बुनिनारायण कुर्मीले भने, ‘मल नपाएर हाहाकार छ।’

अर्गानिक खेतीमा गोल्यान समूहको प्रवेश

मुलुकको अग्रणी व्यावसायिक घराना गोल्यान समूह अर्गानिक खेतीमा प्रवेश गरेको छ। समूहले प्रदेश १ को झापाबाट अर्गानिक खेती सुरु गरेको हो।

बाँदरले खेत बाँझो

दशरथचन्द नगरपालिका–५ नौहाटका सुदर्शन लेखकको खेतबारी पाँच वर्षदेखि बाँझै छ। खेतमा गहुँ, बारीमा सुन्तला, जुनार, अमिलोलगायत फलफूल थिए, तर बाँदरले नष्ट गर्न थालेपछि खेत बाँझो राख्न बाध्य छन्। लेखक मात्र होइन सदरमुकाम वरपरका धेरै किसानले खेत बाँझो छोड्न बाध्य भएका छन्।

शासकहरूको ‘खेतीपाती’ र किसानको कृषि

कस्तो समृद्धि र कसको समृद्धि ? यो सबैभन्दा महत्वपूर्ण प्रश्न हो। संघीयतासँगै समृद्धिले यसको उत्तर दिन सक्नुपर्छ। भौगोलिक, आर्थिक, सांस्कृतिक जटिलता र विविधतालाई विशेषतः ख्याल गर्नुपर्छ। उदाहरणका लागि यहाँ प्रदेश नं ५ का सबै विविधता र त्यसको सम्बोधनलाई केन्द्रमा राखेर हेर्न सकिन्छ। यस प्रदेशको दिगो समृद्धिका आधार कृषि रूपान्तरण र भूमिसुधार हुन सक्छ।

कोही सुक्ने त्रासमा, कोही काट्ने चटारोमा

सर्लाहीमा देशकै सबैभन्दा बढी उखु खेती हुन्छ। यहाँ यस वर्ष २६ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती भएको जानकार बताउँछन्। जिल्लामा तीनवटा चिनी उद्योग छन्। एउटै जिल्लाभित्र पनि उखु किसानको व्यथा भने फरकफरक छ।

जुम्लामा बाक्लो हिमपात, किसान हर्षित

कर्णालीका जिल्लामा भारी हिमपात भएको छ। हिमपातका कारण बिहानै देखि जनजीवन कष्टकर बनेको छ। झण्डै एक हप्तासम्म बादल देखिदै आएको थियो। राति दुई बजेदेखि फाटफुट बर्षा हुँदै आएकोमा जुम्लामा बिहान १० बजेपछि हिमपात सुरु भएको छ।

चियाको नेपाली जात विकास गर्न माग

चिया किसान र उद्योगीले नेपाली चियाको बेग्लै (क्लोन) प्रजाति उत्पादन गर्नेगरी अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्। अहिले उत्पादन भइरहेको चिया नेपाली प्रजातिको नभएकाले विश्वबजारमा उत्पादनको ब्रान्ड चिनाउनै समस्या परेको उनीहरूको गुनासो छ।

उखुको मुल्य निर्धारण भएसँगै देशभरका चिनी उद्योग सञ्चालनमा

उखुको मुल्य निर्धारण भएपछि देशभरका चिनी उद्योगहरू सञ्चालनमा आएका छन्। उखु उत्पादक महासंघले पहिला उखुको मुल्य तय भएपछि मात्रै उद्योग चल्न दिने र उखु बिक्री गर्ने अडान राखेका थिए। पुषको अन्तिम साता महोत्तरीको बर्दिबासमा चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीच मुल्य निर्धारण सम्बन्धी सम्झौंता भएपछि चिनी उद्योगहरू सञ्चालनमा आएका हुन्।

गोरुको जित, किसानलाई प्रोत्साहन

पूर्णबहादुर डंगोल (५८) गोरु जुधाई कार्यक्रममा आफ्नो खेलाडी गोरु लिएर उपस्थित भएका थिए। नौ पटक सम्म गोरु जुधाई सकेका डंगोलले हरेक बर्षको माघेसंक्रान्तिमा खेलाडीलाई भिड्नको लागि आफ्नै तरिकाले तयार गर्ने बताए। ‘म किसान हुँ, किसानले गोरु त पाल्नै पर्छ, आफुले पालेको गोरुलाई खेलको रुपमा प्रतियोगितामा सामेल गर्न पाउँदा हामी किसानमा एक प्रकारको उर्जा प्राप्त हुन्छ,’ उनले भने।

'इन्दुशंकर सञ्चालन अन्नपूर्णको टुंगो छैन्'

सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले चालू सिजनका लागि उखु क्रसिङ सुरु गरेको छ। उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले मंगलबार रातीबाट पूर्ण रुपले उद्योग सञ्चालनमा आएको जानकारी दिए।‘मंगलबार दिउँसो दुई बजेदेखि ट्रायल सुरु गरेका थियौं,’ नेपालले भने, ‘केही छिन चल्ने अनि केही छिन बन्द हुने भयो र रातीबाट भने पूर्ण रुपमा उद्योग चलिरहेको छ।’ इन्दुशंकरले पाँच दिनअघि किसानलाई उखु ल्याउने चलान पुर्जी वितरण गरेको थियो। चलान पुर्जी पाएसँगै किसानले धमाधम उखु काटेर उद्योगमा ल्याउन सुरु गरेका छन्।

मिल सञ्चालनसँगै किसानलाई उखु काट्ने चटारो

जिल्लाको हरिवनस्थित ईन्दुशंकर चिनी उद्योगले किसानलाई उखु ल्याउने चलान पूर्जी वितरण गरेको छ। चलान पूर्जी पाएसँगै किसानले धमाधम उखु काट्न सुरु गरेका छन्। उखु काटेर उद्योगमा ल्याउन किसानलाई चलान पूर्जी वितरण सुरु गरिएको ईन्दुशंकरका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए।

बीउ प्रतिस्थापनमा जोड दिँदै आलु सुपर जोन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको सुपर जोन (आलु) एकाइले आलुखेतीमा प्रविधि विस्तार र यान्त्रिकीकरणको मद्दतबाट काभ्रेका किसानलाई धेरै आलु फलाउन सक्ने बनाएको छ। धेरै आलु फलाएबापत किसानलाई प्रोत्साहन अनुदानसमेत दिन थालेको छ। ‘

कृत्रिम गर्भाधानमा किसान आकर्षित

धनगढी मटियारीका किसान देवीलाल भण्डारीले घरमा दूधालु गाई पाल्दै आएका छन्। वर्षौंदेखि गाई पाल्दै आएका उनी पहिले गाईलाई गर्भधारण गराउन गाउँमा बहर खोज्दै जान्थे। गाउँमा कसैको गतिलो र हट्टाकट्टा बहर कहाँ लगेर गाईलाई गर्भाधान गराउँथे। साता नपुग्दै गाई कराउन थालेपछि पुनः बहरकहाँ लैजानु पर्थ्यो। तर, गत वर्षदेखि भने उनी गाई कराउन थालेपछि पशु सेवा कार्यालयमा लैजान थालेका छन्।

मर्नु न बाँच्नुकाे अवस्थामा उखु किसान

जिल्लाको दक्षिणी क्षेत्रस्थित धनकौल गाउँपालिका–६, छटौल निवासी उखु किसान रामचन्द्र राय निकै तनावमा छन्। गत वर्ष पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिललाई बेचेको ६ सय क्विन्टल उखुको एक पैसा पनि नपाएको पीडासँगै उनलाई यस वर्ष अहिलेसम्म चिनी  उद्योग नै नचलेपछि खेतमै उखु सुक्ने त्रासले छोपेको छ।

कुखुरापालक किसानको आन्दोलन स्थगित

उत्पादनको मूल्य निर्धारण गर्न संयन्त्र निर्माण गरिनुपर्ने माग राखेर पुस १ गतेबाट कुखुरापालक किसानले गरेको चिक्स होलिडे स्थगित गरेका छन्। लागत अनुसारको मूल्य निर्धारण गरिनुपर्ने, बिचौलियाको अन्त्य हुनुपर्ने लगायत माग राखेर किसान आन्दोलन गर्दै आएका छन्। किसानको आन्दोलनको सुनुवाइ नभएको भन्दै पुस एक गतेदेखि कुखुराका चल्ला नकिन्न चिक्स होलिडे गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्