१३ आश्विन २०८१ आइतबार
image/svg+xml

दोधारा चाँदनी सुक्खा बन्दरगाहको गुरुयोजना तयार

यो परियोजना बनेसँगै भारतको राजधानी सहर दिल्लीबाट करिब तीन सय किलोमिटर दुरीमा अवस्थित भएकाले पनि नेपालको व्यापार घाटा कम गर्न धेरै मद्दत पु¥याउनेछ। त्यति मात्रै होइन, सामान पनि सस्तो र सुलभ दरमा आयात तथा निर्यात गर्न सकिनेछ।

‘आइपिएल आयोजना गर्नु गल्ती होइन’

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का प्रमुख सौरभ गांगुलीले महामारीको समयमा इन्डियन प्रिमियर लिग (आइपिएल) आयोजना गर्ने निर्णयप्रति बचाउ गर्दै कुनै गल्ती नभएको बताएका छन्।

निषेधाज्ञाले काठमाडौंका डेढ सयभन्दा धेरै योजना ठप्प

सडक डिभिजन कार्यालय, काठमाडौं मातहत निर्माणाधीन डेढ सयभन्दा धेरै योजनाको काम रोकिएको हो। निषेधाज्ञाले काठमाडौंमा नियमित रूपमा हुँदै आएको सडक स्तरोन्नति, कालोपत्रे, मार्किङ, फुटपाथ निर्माण, नयाँ कालोपत्रे सडक विस्तार, ड्रेनेज तथा ट्र्याक खन्ने, लगायत मर्मतसम्भारका सम्पूर्ण कार्य ठप्प भएका छन्।

सभापति देउवाद्वारा श्रमिकका लागि राहतको कार्ययोजना ल्याउन आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ को संक्रमणका कारण मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन्।

किसानसँग घुस मागेको अभियोगमा जोन प्रमुख पक्राउ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, जोनका प्रमुख खाँ घुस माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा पक्राउमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

छटपटाउँदै बिरामी योजनाविहीन प्रदेश सरकार

प्रदेशमा भएका चारवटै सरकारी कोभिड अस्पतालमा बेड नपाएर बिरामीको ज्यानै जार्ने अवस्था आउन लागिसक्दा समेत प्रदेश सरकारले अस्पताल वा बेड संख्या बढाउने तर्फ कुनै चासो नै देखाएको छैन। न त यससम्बन्धी ठोस निर्णय गरेर एक्सनमा जान सकेको छ। हाल सञ्चालित सरकारी अस्पतालहरूले बिरामीको चाप थेग्न नसक्ने बताईसकेका छन्।

आवश्यकताका आधारमा आयोजना छान्न निर्देशन

संघ, प्रदेश र स्थानीय तहको सरकारको अभ्याससँगै जनतामा विकासका आंकाक्षा पनि बढेको र सिमित साधन स्रोत हुँदा अन्तरविरोध जस्तै देखिए पनि तीन तहका सरकार एकअर्काको विरोधी नभएर परिपूरक भएको बताए।

माथिल्लो चाकु–एद्वारा व्यवसायिक उत्पादन सुरु

निजी क्षेत्रको अगुवाइमा निर्मित २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु–ए जलविद्युत आयोजनाले बिहीबारदेखि व्यवसाययिक उत्पादन थालेको छ।

कालीगण्डकी करिडोरः काम छाडेर व्यवसायी सम्पर्कविहीन

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी–अर्मादी खण्ड अलपत्र बनेको छ। काम छाडेर निर्माण व्यवसायी नै सम्पर्कविहीन बने पनि सो खण्डमा ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न नसकेको छैन।

अन्य खेलमा पनि फ्रेन्चाइज योजना

सहभागी विभिन्न स्थानीय सहरको प्रतिनिधित्व गर्ने टोलीले अक्सनमार्फत खेलाडी भित्र्याउँथे। डिपिएलसँगै एभरेस्ट प्रिमियर लिग (इपिएल) र पोखरा प्रिमियर लिग (पिपिएल) जस्ता फ्रेन्चाइज लिगमा लगानीकर्तासँगै खेलाडी र समर्थकको विशेष चासो रहँदै आएको छ।

चीनको ल्हासामा रोकिएका सामग्रीको आयात सुरु

रसुवामा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको सामग्रीको आयात सुरु भएको छ।

बजेट तथा योजनाको बाँडफाँडमा विभेद गरिएको छैन : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति कार्यक्रममा उल्लेख भएनुसार प्रदेशको विभिन्न जिल्लामा सत्तापक्ष र प्रतिपक्ष दललाई कुनै प्रकारको विभेद नराखी सम्मान बजेट तथा योजनाको बाँडफाँड गरिएको बताएका छन्।

भारतको सहयोगमा दुई परियोजना बने

नेपालका ५२ जिल्लामा चार सयवटा डाइनोस्टिक स्क्रिनिङ तथा मोतिबिन्दु शल्यक्रिया शिविर र १४ जिल्लामा ग्रामीण भेगका आँखा शिविर सञ्चालनका लागि नेत्र ज्योति संघलाई करिब २१ करोड अनुदान उपलब्ध गराएको छ। भारत सरकारले नेपाल नेत्र ज्योति संघलाई पाँचवटा गाडी उपहारस्वरूप प्रदान गर्नुका साथै विद्यालयहरूमा बालबालिकाका लागि आँखा शिविर सञ्चालन गर्न एउटा आइकेयर भ्यान पनि उपलब्ध गराएको जनाएको छ।

तीन वर्षमा २ हजार २१० किलोमिटर सडक कालोपत्रे गर्ने सरकारको योजना

प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उनले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गरेका हुन्।

राष्ट्रपतिद्वारा मेलम्ची खानेपानी वितरणको औपचारिक शुभारम्भ

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरि काठमाडौंमा वितरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्