९ मंसिर २०८१ आइतबार
image/svg+xml

स्वाती सदनलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

राजधानीको बालाजुस्थित स्वाती सदन इ.बो.मा. विद्यालयले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा ब्रिटिस काउन्सिलद्धारा प्रदान गरिने अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार जितेको छ।

चीनले कलाकारलाई लगायो प्रतिबन्ध

चीनले चिनियाँ फिल्म र कलाकारहरूलाई एसियाको प्रतिष्ठित ताइवानको गोल्डेन हर्स अवार्ड मा भाग लिन प्रतिबन्ध लगाएको छ। ताइवानलाई आफ्नो भूभाग भनेर दाबी गरिरहेको चीनले यस क्षेत्रमा आर्थिक र राजनैति दवाब दिन बुधबार चिनियाँ फिल्म र कलाकारहरूलाई अवार्डमा भाग लिन प्रतिबन्ध लगाएको हो। चिनियाँ फिल्मको निगरानी गर्ने सरकारी फिल्म निकायआवद्ध चाइना फिल्म न्युजको माइक्रोब्लगले सूचना प्रकाशित गर्दै निलम्बनसम्बन्धी कारण स्पष्ट खुलाईकन ताइवान चीनको हिस्सा भएको दाबी गर्दै बेइजिङको नियमअनुसार अवार्डमा भाग लिन प्रतिबन्ध लगाएको जनाएको छ।

वाइवाइ नेशनल एजुकेसन अवार्डको घोषणा

शिक्षालय राष्ट्रिय मासिकको प्रस्तुतिमा पन्ध्रौं वाइवाइ नेसनल एजुकेसन अवार्डको घोषणा गरिएको छ।यस वर्ष तेह्र विधामा अवार्ड प्रदान गर्न लागिएको जनाइएको छ। यस वर्ष १३ विधामा १६ जनालाई सम्मान गरिन लागिएको हो। यस वर्ष प्रदान गरिने नेसनल एजुकेसन अवार्डका विधामा स्कुल अफ द इयर, स्कुल एक्सिलेन्स अवार्ड, बेस्ट टिचर अवार्ड, कन्ट्रिब्युसन अवार्ड, गुडविल अचिभमेन्ट अवार्ड, डेडिकेसन अवार्ड रहेका छन्।

जनजाति फिल्म अवार्ड थाइल्यान्डमा हुँदै

हुकुम मल्टिमिडियाले ‘ज्योमो गङ फिल्मस् एन्ड म्युजिक अवार्ड’ को आयोजना हुने भएको छ। आगामी भदौ ७ मा थाइल्यान्डको पटायामा आयोजना हुन लागेको कार्यक्रममा आदिवासी जनजातिमा आधारित फिल्म, डकुमेन्ट्री र म्युजिक भिडियोलाई अवार्ड दिइनेछ।

कलाकार राजोपाध्यायलाई इण्डियन बेष्टिज अवार्ड

तीन दशकदेखि संगीत साधनामा लागेका कलाकार सुदर्शन राजोपाध्यायलाई भारतमा सम्मान गरिने भएको छ। भारतको एनआरबी फाउन्डेसन र भव्या इन्टरनेशनलले इन्डियन बेस्टिज अवार्ड २०१९ बाट सम्मान गरिने शनिवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।

आईफा अवार्ड गरेरै छाड्छौंः प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘आईफा अवार्ड’ रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दावी गरेका छन्।

आइफा अवार्ड रोकिँदैनः कानुनमन्त्री ढकाल

कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आइफा अवार्ड नरोकिने बताएका छन्।

आइफा रोक्ने निर्देशनप्रति आक्रोश

सञ्चार तथा सूचाना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदको परराष्ट्र सम्बन्ध समितिले आइफा अवार्ड रोक्न दिएको निर्देशनप्रति पनि आक्रोश व्यक्त गरेका छन्।

‘आइफा रद्ध हुँदा अन्तर्राष्ट्रियस्तरमा नेपालबारे नराम्रो सन्देश गयो’

इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड रद्ध भएकोमा कलाकार दिपकराज गिरीले असन्तुष्टि जनाएका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले रद्ध गर्न निर्देशन दिएसँगै अवार्ड नहुने निश्चित भएको छ। अवार्ड नै नहुने अवस्था सिर्जना भएपछि हास्य कलाकार गिरीले असन्तुष्टि जनाएका हुन्। आइफा रद्ध हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे नकारात्मक सन्देश गएकोमा चिन्ता व्यक्त गर्दै गिरीले पैसा मात्रै बचाएर केही नहुने उल्लेख गरेका छन्।

स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको वर्चस्व

पहिलो पटक समावेश गरिएको एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट एआइपिएसका महासचिव मलिक अम्जाद अजिज सम्मानित भए।

पल्सर स्पोर्टसः युकेश र सावित्रा वर्ष उत्कृष्ट खेलाडी

पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको उकृष्ट पुरुष खेलाडीको पुरस्कार प्याराग्लाइडिङका युकेश गुरुङ र महिलातर्फ फुटबलकी सावित्रा भण्डारीले पाउन सफल भएका छन्।

आइफा अवार्डबारे सञ्चारमन्त्री भन्छन्: सरकारले घाटाको व्यापार गर्दैन

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको स्पष्ट पारेका छन्। मन्त्री बास्कोटाले आइफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गरे।

पैसा दिने निर्णय भएको छैन, नदिई पनि हुँदैन: बोर्ड

बोर्डका पदाधिकारीले यो कार्यक्रमलाई पैसा दिनै नखोजिएको भन्न भने सकेनन्। ‘आयोजनामा लाग्ने नगद तथा अन्य सौजन्यलगायतका खर्चको विषयमा आधिकारिक निर्णय अहिलेसम्म भएको छैन।

आइफा अवार्डलाई पैसा नदिन भन्दै प्रदर्शन

आइफा अवार्डको लागि सरकारले ४४ करोड भन्दा बढी रकम दिन लागेको भन्दै विरोध भएको छ। सरकारको निर्णय विरुद्ध स्वतन्त्र राष्ट्रिय अभियानले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।

‘आइफा अवार्डका लागि ४४ करोड दिने सरकारको निर्णय अनुचित’

रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले इन्टरनेशनल इण्डिया फिल्म अवार्ड (आइफा) का लागि ४४ करोड दिने सरकारको निर्णय अनुचित भएको टिप्पणी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्