१४ आश्विन २०८१ सोमबार
image/svg+xml

भैरहवामा भयानक दुर्घटनाः मोटरसाइकल र ट्रक जल्यो, एकको मृत्यु (फाेटाे फिचर)

भैरहवा भुमही सडकमा शनिबार भएको सवारी दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ। रुपन्देहीको ओमसतिया–४, बसन्तपुर दरखसवामा रोहिणीतर्फ गइरहेको मोटरसाइकल र ट्रेलर ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय बलिराम चाईको घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ।

राष्ट्रकविका खण्डकाव्यको विश्लेषण

सृष्टिको अशेष वरदान दिन सक्तैनौँ भने मानिसबाट हामी त्यो हेर्न पनि सक्तैनौँ,’ राष्ट्रकवि माधव घिमिरेले ‘राजेश्वरी’ खण्डकाव्यको भूमिकामा यस प्रकारको मानवतावादी महान् सन्देश दिएका छन्।

तेस्रो मुलुकको सामान भारत तस्करी, दुईवटा ट्रक नियन्त्रणमा

तस्करी भैरहेका सामानहरुमा छोहोरा, सुपारी, कालो मरिच, ओखर, ल्वाङ, सुकमेल, केराउ लगायत छन। खासगरी भारतले प्रतिबन्ध लगाएका सामानहरु तेस्रो मुलुकबाट नेपाल भित्रिने र नेपालको सीमा नाका हुँदै भारत तस्करी हुने गरेको स्रोतको दाबी छ।

राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान

राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ। मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ।

ट्रक दुर्घटनामा चालकको मृत्यु

धनगढीबाट दार्चुलातर्फ गइरहेको से १ ख १९२३ नम्बरको मिनी ट्रक महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीबार बिहान २ बजे दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

लण्डन नजिकै ट्रकभित्र ३९ मृत फेला

बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बुधबार जानकारी गराएको छ।

बाँदरेमोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ बाँदरेमोडमा स्वराज गाडी (ट्रक)ले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सिन्धुपाल्चोकका २९ वर्षीय राजीव गुरुङ रहेका छन्।

आफ्नै ट्रकले च्यापेर चालकको मृत्यु

सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालको ट्रकले च्याप्दा सोही ट्रकको चालकको ज्यान गएको छ। ट्रक चालक ३५ वर्षका विजय तामाङको उपचारका क्रममा प्रस्तावित चरिकोट अस्पतालमा शुक्रबार ज्यान गएको दोलखा प्रहरीले जनाएको छ।

१०१ वर्षमा टेकेका राष्ट्रकविलाई प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा उनको सुस्वास्थ्य र  दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रकवि घिमिरे ‘१०१’ बर्षमा

फोटो खिचौं भनेपछि उनी(राष्ट्रकवि) उत्साहित भए। दौरा सुरुवालबाहिर इस्टकोट लगाएर दाँया हातले लठ्ठी र बाँयाले भ-याङको बार समाउँदै बगैंचामा जान तम्सिए। भ-याङ ओर्लिदै गर्दा भने, ‘भ-याङ् चढ्न र झर्न अलि गाह्रो हुन्छ।’ उनको पछिपछि पत्नी(महाकाली घिमिरे) पनि ओर्लिइन्। घरअगाडि प्रांगणमा पुगेपछि घिमिरेले फोटो खिच्न पत्नीलाई पनि सँगै उभिन आग्रह गरे। दुवै प्रांगणमा हिँड्दा जोडी ढुकुर झैँ देखिन्थे।

ट्रक चट्टानमा ठोक्किदा कम्तीमा पन्ध्रको मृत्यु

फिलिपिन्सको दक्षिणी भू–भागमा पर्ने कोटाबाटो प्रान्तमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

राजनीतिक आडमा शैलुङलाई उन्मुक्ति

दलका नेताको संरक्षण पाउँदा कामचोर ठेकेदार कम्पनीलाई कारबाही गर्न नसकिएको कर्मचारी बताउँछन्। विभागका एक अधिकारी भन्छन्– ठेक्का सम्झौता अनुसार काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही प्रक्रियामा ल्याउन खोज्ने कर्मचारी सरुवामा पर्छन्।

दाहालका घरबेटीलाई मेलम्चीको ठेक्का

ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ। सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन्। उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन्। उनकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्