१४ आश्विन २०८१ सोमबार
image/svg+xml

बुटवल–नारायणघाट चार लेन सडक सुस्त

तत्कालीन राजा महेन्द्रले २०१८ सालमा शिलान्यास गरेर २०२९ सालमा निर्माण सकिएको पूर्व पश्चिम राजमार्गको नारायण–बुटवल सडक खण्ड ५८ वर्षपछि स्तरोन्नति गर्न लागिएको हो।

पूर्वाधार बैंकको आइपिओ आउँदै

बैंकले जलविद्युत्, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केबलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका लगानी गर्ने लक्ष्य राखेको छ।

सेनालाई स्काई ट्रक हस्तान्तरण

अमेरिकाले हालै नेपाल आइपुगेका एम २८ सिरिजका दुई स्काई ट्रक नेपाली सेनालाई हस्तान्तरण गरेको छ। नेपालका लागि अमेरिकी राजदूत -याण्डिबेरीले सेनाका बलाधिकृत रथी शरदकुमार गिरीलाई स्काई ट्रक हस्तान्तरण गरेका हुन्।

अमेरिकाद्वारा नेपाली सेनालाई दुई स्काई ट्रक हस्तान्तरण

नेपाली सेनालाई अमेरिकी सरकारले दुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई ती विमान हस्तान्तरण गरे।

ट्रक ठोक्किँदा एकको मृत्यु, तीन घाइते

पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा सोमबार बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

पप्पु कन्ट्रक्सनको रिट खारेज

मूलपानी–तेलपानी हुँदै बर्दियाको भुरीगाउँ जोड्ने सडकखण्डको रानीघाटस्थित भेरी नदीमा पुल निर्माण जिम्मा लिएको पप्पु/मल्ल जेभी निर्माण सेवाले सडक डिभिजन कार्यालय सुर्खेत र नेपाल बंगलादेश बैंकको नेपालगन्ज शाखालाई विपक्षी बनाई उच्च अदालत सुर्खेतमा दायर गरेको रिट खारेज भएको छ।

सेनासँग थपिए दुई स्काइ ट्रक

हवाई उड्डयन क्षेत्रमा दुई जहाज थपिएका छन्। अमेरिकाले नेपाली सेनालाई सहायता स्वरूप दिने भनेको चार वटा एम १८ स्काई ट्रक मध्ये दुईवटा स्काइ ट्रक काठमाडौं आइपुगेका हुन्।

ट्रकको ठक्करबाट घाइते बालिकालाई थप उपचारका लागि काठमाडौं पठाइयो

कोहलपुरमा ट्रकको ठक्करबाट गम्भिर घाइते भएकी बालिकालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ।

ट्रकले बालिकालाई ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त, विद्यार्थीले ट्रक जलाए

ट्रकले बिद्यार्थीलाई ठक्कर दिएर घाइते बनाएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ । कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आईतबार बिहान करिव साढे १० बजेतिर स्थानीय त्रिभुवन माध्यामिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृती चन्दलाई ठक्कर दिएको थियो ।

अमेरिकाले दुई 'स्काई ट्रक' सेनालाई पुसमा हस्तान्तरण गर्ने

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र अमेरिकाका सहायक रक्षामन्त्री रेन्डल स्क्रिभरबीच भेटवार्ता भएको छ। जंगी अड्‍डामामा भएको शिष्टाचार भेटमा अमेरिकाले नेपाली सेनालाई गर्दै आएको सहयोगको विषयमा छलफल भएको नेपाली सेनाका प्रवक्त विज्ञानदेव पाण्डेले बताए। अमेरिकाले नेपाली सेनालाई चार वटा 'स्काइ ट्रक' उपहार दिने यस अघिनै बताइसकेको छ।

तीनकुनेको आर्क ब्रिजको ठेक्का तोडियो, पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पप्पु कन्सट्रक्सनले तीनकुनेको आर्क पुल सम्झौताअनुसार निर्माण नगरेको भन्दै ठेक्का तोडेर उसलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।

अवैध रुपमा ल्याइएका ३ ट्रक खसी बोका बरामद

अवैध रुपमा ओसारपसार गर्दै गरेको खसी बोका सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म हे.क्वा.(रा.भ.सु.) रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक विजय थापाको कमाण्डमा खटेको विशेष टोलीले जिल्ला रुपन्देही देवदह नगरपालिका ९ घोडाहामा चेकजाँच गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ जादै गरेका ३ वटा ट्रकहरुबाट एक करोड तेह्र लाख त्रिहत्तर हजार मूल्य बराबरको खसी बोका बरामद गरेको हो।

तीनकुने पुलको ठेक्का तोड्न सिफारिस

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जेडआइसी पप्पु कन्सट्रक्सनले तीनकुनेको आर्क पुल सम्झौताअनुसार निर्माण नगरेको भन्दै ठेक्का तोड्नसडक विभागमा सिफारिस गरेको छ। आयोजनाले उक्त पुलसँगै ठेक्का लगाएको बिजुली बजारको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेपनि तीनकुनेको लथालिंग अवस्थामा छ।

दुई ट्रक गोरु प्रहरी नियन्त्रणमा

झापा प्रहरीले आज बिहान सुरुङ्गाबाट भारततर्फ तस्करी हुन लागेको दुई ट्रक पशुचौपाय नियन्त्रणमा लिएको छ। दुई ट्रक गोरु पक्राउ गरी भद्रपुर भन्सार पठाइएको झापा प्रहरीले जनाएको छ।

भ्याट प्रणाली फिर्ता नलिए आन्दोलन गर्ने ट्रक व्यवसायी चेतावनी

क व्यवसायीहरुले सरकारले लागु गर्न खोजेको ढुवानीमा  भ्याट प्रणाली कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्