१३ आश्विन २०८१ आइतबार
image/svg+xml

रहेनन् फिफाका पूर्वरेफ्री खत्री

मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेका थिए। त्यसको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका थिए। लगत्तै भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुर्‍याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

ट्रकले ठक्कर दिँदा युवकको मृत्यु

खाना खान रोकिराखेको प्र.१–०१–००१ ख ३४७१ नम्बरको ट्रकका सहचालक नेपाललाई इलामबाट पाँचथरतर्फ जाँदैगरेको ट्रकले राजमार्गमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

आज राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ।

तस्करीका सामान बोकेका दुई ट्रक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट चितवनतर्फ जान लागेका दुईवटा मालबाहक ट्रक नियन्त्रणका लिई राजस्व अनुसन्धान कार्यालय, पथलैयाको जिम्मा लगाएको जनाएको छ।

प्रहरीद्वारा मालसमानसहित दुई ट्रक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचना अनुसार आइतबार राति साढे ८ बजे वीरगन्ज महानगरपालिका –१४ मा पर्ने गण्डक सडकखण्डको बाटोबाट ना.३ ख ५१६५ र ना.३ ख ५५२५ नम्बरको मालवाहक ट्रकहरू नियन्त्रणमा लिइएका हुन्।

ट्रक दुर्घटनामा एकको मृत्यु, १० घाइते

दुर्घटनामा खाँदबारी नगरपालिका–८ पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन्। घाइतेमध्ये तीन जना सामान्य उपचारपछि घर फर्किएका छन्।

धादिङमा ट्रक दुर्घटनाः ३५ जना घाइते, आठ गम्भीर

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ बगैँचामा आईचर ट्रक दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।

मालबाहक ट्रक खोलामा खस्दा एकको मृत्यु

मकवानपुरको भीमफेदीमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ।

सार्कको बैठक तत्काल आयोजना गर्न प्रधानमन्त्रीलाई आग्रह

मानवअधिकार तथा शान्ति समाजले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल दक्षिण एशियाली सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना आग्रह गरेको छ।

राष्ट्रकवि घिमिरेका सान्निध्यमा

‘हाम्रो संस्कृतिमा एक एक अक्षरलाई बीजाक्षर मानिएको छ। वर्णविन्यासमा र उच्चारणमा आजभोलि आएको मत भिन्नता कुन ठीक यसको निर्णय चाहिँ विद्वान्हरूको गोष्ठीबाट नेपाल प्रज्ञा प्रतिष्ठानले गर्छ जस्तो लाग्छ। किनभने भाषा विभाग छुट्टै राखेर नेपाल सरकारले ऐन बनाएर दिएको त्यही संस्था हो।’

हृदयको प्रतिध्वनि

म अझ तल्लिन भएर गायनको गहिराइमा डुबेकी हुन्छु। अचम्म ! त्यै वीणासँगै मिसिएको एउटा ‘शान्ति’ भनेर बोलाएको मीठो आवाजले मेरो हृदय झंकृत हुन पुग्छ। त्यो परिचित आवाजले म झल्याँस्स हुन्छु, आँखा उघार्छु र यताउता हेर्छु। आकृति होइन, आभास म आफ्नै पिताको अनुभव गर्छु।

दर्पणमा प्रतिच्छाया

सांसारिक जीवनमा आउने कतिपय कठिन परिस्थितिमा पनि साहित्यिक यात्रा रोकिएन। जागा अवस्थामा मात्र होइन, निद्राको सुषुप्तिमा समेत उहाँको चेतनालाई निद्राले जित्न सकेन।

‘लाई कल्यै पनि नसकिने प्रीति नौ लाख मेरा’

महाकाली ८६ वर्ष लागिसकिन्। पिताको विरासत धानेर बसेकी छन्। अनुहारमा कान्ति र जीवनमा शान्ति छ। गौरीले सुम्पेकी नासो बालिका शान्ति–कान्तिलाई स्वयं अबोध बालिका महाकालीले हुर्काई संगीतमा एक सरगम र चित्रकलामा अर्को चहकिलो रङ थपिन्। पिता–काव्यले सुम्पेका नासो वयस्क ‘ऋतम्भरा’ महाकाव्य महाकालीको अर्को परीक्षा हो।

राष्ट्रकविको जीवनमा त्यो खेल

२०१८–१९ सालतिरको कुरो हो, हाम्रो डेरा नयाँ बजारमा थियो। बुवा प्रत्येक शनिबार आफ्ना अग्रज लेखनाथको ठमेलस्थित घरमा तास खेल्न जानुहुन्थ्यो। त्यहाँ बुवाबाहेक अरू लेखकको पनि ठूलै जमघट हुन्थ्यो। जमघटका लागि तास त एउटा निहुँ मात्र थियो। तासको प्रत्येक चालसँगै साहित्यिक चर्चा परिचर्चा हुन्थ्यो।

एमसिसी राष्ट्रकाे हितमा छैन: भीम रावल

'पहिला अनुमोदन होस् अनि पो कार्यालय खोल्ने र अन्य काम अघि बढाउने भन्ने कुरा हुन्छ', डा.रावलले भने, 'एमसिसीमा उल्लेख भएका कुरा नेपालको संविधानसँग बाँझिने खालका छन्, राष्ट्र हितमा छैन।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्