९ मंसिर २०८१ आइतबार
image/svg+xml

ऊनका कपडाको माग नेपालमा भन्दा विदेशमा बढी

ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उनीहरुको भनाइ छ। युवापुस्तामा ऊनबाट कपडा बुन्ने सीप नभए पनि बुढापाकाले भने निरन्तरता दिँदै आएका छन्।

व्यावसायिक भेडापालनमा युवाको बढ्दो आकर्षण

व्यावसायिक भेडापालनमा लागेका जिल्लाका कृषकले आफूहरूको व्यवसायलाई प्रवद्र्धन गर्न अहिलेसम्म राज्यको कुनै चासो नरहेको बताएका छन्।

५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

विगतका वर्षभन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडाच्याङ्ग्राको उत्पादन वृद्धि भएको देखिएको छ।

एउटै च्यांग्राको मूल्य आधा लाख

‘किसानको गोठमै महँगो छ, चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा–च्यांग्रा आएका छैैनन्’, भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र मुस्ताङका प्रमुख डण्डपाणि शर्माले भने, ‘स्थानीय उत्पादनले बजारको माग पूरा गर्न सक्दैन।’ उनका अनुसार तिब्बतबाट भेडा–च्यांग्रा नआउँदा मूल्य बढेको हो।

मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ। पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ।

खाद्यले दशैंमा दुई हजार खसी बोका किन्ने, च्यांग्राबारे टुंगो छैन

‘दशैंका लागि मुस्ताङबाट च्यांग्रा किन्ने योजना हो। तर, किन्ने वा नकिन्ने भन्ने निर्णय भने भइसकेको छैन’, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रवक्ता सर्मिला सुवेदीले भनिन्, ‘मुस्ताङस्थित खाद्यको शाखा कार्यालयले स्थलगत रिपोर्ट पनि दिएको छ। तर, यो पटक च्यांग्राको मूल्य अधिक बढेको जानकारी पाएकोले किन्ने वा नकिन्ने भन्ने अझै टुंगो लागेको छैन्।’

चरनका लागि धौलागिरि आधार शिविर पुगे भेडाका बथान

बर्खाको समय। अनकन्टार भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका छन्।

मुस्ताङबाट १२ हजार भेडा–च्याङ्ग्रा निकासी

तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन्। अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा निकासी हुँदै आएका थिए।

भेडा च्याङ्ग्राको मूल्यवृद्धि

यसपटक पनि कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा च्याङ्ग्रा बजारमा नआउने भएका छन् भने आएका भेडा च्याङ्ग्राको मूल्य पनि आकासिएको छ।

भेडाको बथानमा चट्याङ, ४० भेडा मरे

जुम्लामा ०७० सालमा निरन्तर परेको असिनापानी र हावाहुरीले करिब सात सय भेडाबाख्रा मरेका थिए भने ०७७ सालमा पाँच सय भेडा मरेको तथ्यांक छ।

टनेलमा गोलभेडा खेती

गजुरी गाउँपालिका वडा नं ६ मिलनटारकी रीता अधिकारीले पहिलो पटक प्लास्टिक हाउस (टनेल) मा गोलभेडा खेती गरेकी छन्। पुस्तौँदेखि खुल्ला ठाउँमा तरकारी खेती गर्दै जीविका धान्दै आइरहेका उनले टनेलमा खेती गर्दा खुसी लागेको बताइन्।

कृषि पर्यटनको गन्तव्य बनाउँदै भेडास्रोत केन्द्र ओदी

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जुम्लाको हिमा गाउँपालिका २ ओदी गाउँको ओल्खे पाटनलाई भेडास्रोतका रुपमा स्थापना गरेको छ। कर्णालीका प्रत्येक जिल्लामा कुनै न कुनै विषयको स्रोत केन्द्र बनाउने सरकारी योजना अनुरुप जुम्लाको ओदीको ओल्खेमा भेडास्रोतको रुपमा स्थापना गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्