१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

शेयर बजार घट्यो

धितोपत्र बजारमा बुधबार शेयरको मूल्य ओरालो लागेको छ। मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि बुधबार त्यो क्रम अगाडि बढ्न सकेन।

पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्द

नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो ।

वडामै पुगेर गर्भवतीको भिडियो एक्सरे

सोलुदूधकुण्ड नगरपालिकाले वडामै पुगेर गर्भवती महिलाको भिडियो एक्सरे गरेको छ। आधारभूत स्वास्थ्यसेवामा आम नागरिकको सहज पहुँच स्थापित गर्न भन्दै नगरपालिकाले सुरु गरेको स्वास्थ्य शिविरमा गर्भवती ७५ महिलाको गर्भ जाँच गरिएको छ।

इलेक्ट्रोनिक्स एक्स्पो सुरु

तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला २०१९ को उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गरे। भक्तपुर नगररपालिका–१, सल्लाघारीमा भइरहेको एक्स्पो ३० गतेसम्म चल्नेछ।

माघमा हिमालयन हाइड्रो एक्स्पो

हिमालयन हाइड्रो एक्स्पो माघ ४ देखि ६ गतेसम्म हुने भएको छ। उक्त एक्स्पोमा आउने पाहुनालाई हेलिकप्टरबाट जलविद्युत् आयोजना निर्माणस्थलको अवलोकन गराउने आयोजकको योजना छ। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा उक्त एक्स्पो गर्न लागेका हुन्। यसअघि पनि यस्तै एक्स्पोको आयोजना गरिएको थियो।

शेयर बजारमा सामान्य सुधार

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४ विन्दुमा पुगेको छ ।

शेयर बजार परिसूचक बढ्दा कारोबार भने खुम्चियो

नेपाल स्टक एक्सचेन्ज परिसूचकमा आज भने सुधार  आएको छ। तर कारोबार भने खुम्चिएको छ। परिसूचक ६.६७ अंकले बढेर ११ सय ७७.४६ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

शेयर बजार सात विन्दुले घट्यो

धितोपत्र बजारमा आइतवार पनि शेयरको मूल्य ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ।

जुफाल विमानस्थलमा एक्सरे मेसिनको अभाव

डोल्पाको जुफाल विमानस्थलमा एक्सरे मेसिन नहुँदा यात्रुलाई समस्या भएको छ। एक्सरे मेसिनको अभावमा जोखिम मोलेर हातैले छामछुम गर्नुपर्ने बाध्यता रहेको सुरक्षाकर्मीले बताएका छन्।

टिकेन नेप्सेको सुधार, आज पनि दोहोरो अंकको गिरावट

गतसाता उत्साहजनक बृद्धि देखिएको नेपालको शेयर बजार यो साताका २ दिन लगातार दोहोरो अंकले नै घटेको छ। आईतबार १०.६२ अंकले घटेको परिसूचक आज सोमबार १७.२६ अंकले घटेर ११ सय ८७.२८ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

'द एक्सिडेन्टल प्राइम मिनिस्टर' काे ट्रेलर सार्वजनिक भएसँगै विवादमा

भारतीय पूर्व प्रधानमन्त्री डा.मनमोहन सिंहको जीवनीमा आधारित चलचित्र 'द एक्सिडेन्टल प्राइम मिनिस्टर' को ट्रेलरले युट्युवमा व्यापक चर्चासँगै विभिन्न क्षेत्रबाट आलोचना समेत पाएको छ।

शेयरबजारमा १ अर्व १२ करोडको कारोबार, परिसूचक १ अंकले घट्यो

बुधबार उच्च अङ्कले वृद्धि भएको शेयर बजारमा आज भने कारोबारले उच्चता पाएको छ। धेरै पछि कारोवार रकम अर्बमाथि पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७४ कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता शेयर १ अर्ब १२ करोड २९ लाख ६९ हजार २०९ रुपैयाँमा खरीद–बिक्री भएका छन् ।

शेयर बजार : ३२ अंकले बढ्याे नेप्से

धितोपत्र बजारमा आइतवार नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर एक हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा बजार दुई दशमलब ७७ प्रतिशतले वृद्धि भएको हो।

हिमालयन हाइड्रो एक्स्पो हुने

दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सहभागी हुन ७० भन्दा बढी प्रदर्शकले सहभागिता निश्चित गरेका छन्। विदेशी प्रदर्शकको पनि उल्लेख्य सहभागिता रहने एक्स्पोको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ।

भाग्यले बाँचेकी उनी

यो वर्षको दसैं केही चिन्ता, केही तनाव, केही हतार र केही हताशमा बित्यो। परिवारका कुनै एक सदस्य विरामी पर्दा यस्तो चिन्ता, तनाव, हतार र हताश हुनेरहेछ। यो एकपटक मात्रै होइन धेरै पटकको अनुभव हो। तर, यसपालि अलि बेग्लै किसिमको चिन्ता, तनाव, हतार र हताशको अनुभव भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्