इन्फ्रास्ट्रक्चर एक्सिलेन्स अवार्ड २०१९ हुँदै
‘इन्फ्रास्ट्रक्चर एक्सिलेन्स अवार्ड २०१९’ हुने भएको छ। नेपाली निर्माण क्षेत्रले पुर्याएको योगदानलाई सम्मानस्वरुप उक्त अवार्ड वैशाखा दोस्रो साता हुन लागेको हो।
‘इन्फ्रास्ट्रक्चर एक्सिलेन्स अवार्ड २०१९’ हुने भएको छ। नेपाली निर्माण क्षेत्रले पुर्याएको योगदानलाई सम्मानस्वरुप उक्त अवार्ड वैशाखा दोस्रो साता हुन लागेको हो।
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले बर्दिया जिल्लाको बासगढी नगरपालिका–१ स्थित बबई चेपाङमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। उक्त काउन्टर बैंकको सुर्खेत शाखा अन्तर्गत रहेको बैंकले जनाएको छ।
कृषि विकास बैंकले कैलालीको धनगढीस्थित गेटा आँखा अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
कञ्चनपुर जिल्लाको कञ्चन विद्या मन्दिर सामुदायिक कलेजमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ।
लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.७५ विन्दुले घटेर एक हजार १०२.३२ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ विन्दुले घटेर २३४.१८ विन्दुमा पुगेको छ। स्टकका अनुसार आज कूल १६६ कम्पनीको छ लाख ९८ हजार ५४२ कित्ता शेयर रु २० करोड ९९ लाख ९७ हजार ५६९ बराबरको खरीद बिक्री भएको छ। कारोवार भएका कूल दश उपसमूह मध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर बढेको छ। सो उपसमूहको शेयर ३३.२ विन्दुले बढेको छ।
धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोवार रकम रु एक अर्बसमेत पुग्न सकेन। निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो। नेपाल स्टक एक्सचेञ्जकाअनुसार रु ९९ करोड पाँच लाख ६७ हजार ४६३ मूल्य बराबरको ३५ लाख ७६ हजार ८४१ कित्ता शेयर कारोवार भएको छ। स्टकका अनुसार यस साता कारोवार मापक नेप्से परिसूचक ३.३४ विन्दुले बढेको छ।
लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ४.५५ बिन्दुले बढेर २३८.९१ बिन्दुमा पुगेको छ।
धितोपत्र बजारमा आइतबार शेयरको मूल्य सामान्य विन्दुले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३ दशमलव १५ विन्दुले घटेर एक हजार १०९ दशमलव ७२ विन्दुमा पुगेको छ।
धितोपत्र बजारमा यस साता कूल १६८ कम्पनीको ४४ लाख ६६ हजार ५६८ कित्ता शेयर रु एक अर्ब २९ करोड ३६ लाख ४९ हजार ७३७ मूल्यमा खरीद बिक्री भएका छन्। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक समेत यस साता सामान्य अङ्कले घटेको छ। साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झ-यो। स्टकका अनुसार सो दिन कूल १६३ कम्पनीको १० लाख ७९ हजार ५८० कित्ता शेयर रु ३० करोड ३० लाख ३६ हजार ८८८ मूल्यमा खरीद बिक्री भए।
धितोपत्र बजारमा आइतवार शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको छ।
धितोपत्र बजारमा विहिबार शेयर बजारमा सामान्य कमी आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १७२.७८ विन्दुमा पुगेको छ।
धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर रु ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भएका छन्।
नेपाल जनरल मार्केटिङ प्रालिले मूल्यका कारण उच्च क्षमताको बाइकमा जान नसक्नेका लागि हिरोको एक्स्ट्रिम २०० आर बाइक उपयुक्त विकल्प हुनसक्ने जनाएको छ। कम्पनीले भारतको हिरो मोटोकर्पद्वारा उत्पादित स्टाइलिस स्पोर्ट्स बाइक नयाँ एक्स्ट्रिम २०० आर नेपाली बजारमा बिक्री गरिरहेको छ।
दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। शुक्रबार एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पो उद्घाटन गरेका हुन्। सो अवसरमा उपराष्ट्रपति पुनले लगानीमैत्री वातवरण बनाउन नीति तथा कानुनमा समयसापेक्ष सुधार गर्नुपर्ने बताए।
हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन शुुक्रबार (आज) हुने भएको छ। भृकुटीमण्डपको प्रदर्शनीस्थलमा ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पो उद्घाटन गर्ने आयोजकले जनाएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको एक्स्पोको तयारी पूरा भएको छ।