बेइजिङमा लुम्बिनी शान्ति बगैँचा
भगवान गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन् र त्यो ठाउँ नेपालमा पर्छ भन्ने सन्देश पनि एकैपटक करोडौं चिनियाँमा पुग्नेछ।
भगवान गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन् र त्यो ठाउँ नेपालमा पर्छ भन्ने सन्देश पनि एकैपटक करोडौं चिनियाँमा पुग्नेछ।
पूर्वराष्ट्रपति रामवरण यादवले प्रकृतिको अधिक दोहनप्रति चिन्ता व्यक्त गरेका छन्। पोखरामा मंगलबार आयोजित पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा पूर्व–राष्ट्रपति यादवले पहाड तथा तराई भेगमा बढिरहेको डोजर र एक्साभेटर आतंकले प्रकृतिलाई मार पार्नुका साथै भविष्यमा आन्तरिक द्वन्द्व चर्किने खतरा रहेको बताए। यादवले डोजर एक्साभेटर चलाउँदा चुरे नोक्सान हुनुका साथै केही वर्षमा मुलुक नै ‘ध्वस्त’ हुने खतरा रहेको औंल्याए।
लगातार घट्दै आएको शेयर बजार साेमवार भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १६९ कम्पनीको नौ लाख २९ हजार २१७ कित्ता शेयर रु २४ करोड २६ लाख ५९ हजार ५१५ मूल्यमा खरीद बिक्री भएका छन्।
फूलको बजार प्रवर्द्धन गर्नका लागि शुक्रबारदेखि राजधानीमा तीनदिने २२ औं फ्लोरा एक्स्पो सुरु भएको छ। उक्त एक्स्पोको उद्घाटन गर्दै कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमार चौधरी (रोजिना)ले स्वदेशी पुष्प खेती र व्यवसायले हजारौं सर्वसाधारणलाई रोजगारीको अवसर प्रदान गरेकाले प्रोत्साहित गर्नुपर्ने बताइन्।
वातावरणलाई नै प्रभाव पार्ने गरी तमोर नदीमा प्राकृतिक स्रोतमा चरम दोहन भइरहेको छ। खोलाबाट जथाभावी बालुवा तथा ढुंगा उत्खन्न भइरहेको छ। पाँचथर र तेह्रथुमको सीमाना दुवैतर्फ चरम रुपमा दोहन भइरहेको छ।
धितोपत्र बजारमा आज शेयरको मूल्यमा १३ अङ्कले कमी आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १० विन्दुमा झरेको छ।
आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ विन्दुमा पुगेको हो। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ विन्दुले बढेर २४३.२६ विन्दुमा पुगेको छ।
प्याकेजिङ तथा खाद्य प्रशोधन उपकरणसम्बन्धी एक्स्पो ‘प्याकप्रोटेक २०१९’ काठमाडौंमा हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको प्रांगणमा फागुन २८ देखि ३० गतेसम्म एक्स्पो हुन लागेको हो। पहिलो एक्स्पो मेसे इन्डिया, इन्स्टिच्युट अफ प्याकेजिङ मेसिनरी म्यानुप्याक्चरर्स अफ इन्डिया तथा इआरएम कन्सेप्ट्सको संयुक्त आयोजनामा गर्न लागिएको हो ।
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित अफरोड मोटरसाइकल यामाहा एक्सटिजी १२५ नेपालमा सार्वजनिक गरेको छ ।
नबिल बैंकले नेपालमा साना तथा मझौला उद्यमीका लागि बैँकिङ सेवा बढाउन साना तथा मझौला उद्यमी लक्षित रणनीति तर्जुमा तथा कार्यान्वयन गर्न युकेएड सक्षम एक्सेस टु फाइनान्ससँग सहमति गरेको छ। सहमतिपत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र सक्षमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेको बैंकले जनाएको छ।
नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको हात्तीवनस्थित काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसन एन्ड स्कुल अफ आर्टमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
लगातार ओरालो लाग्दै आएको शेयर बजारमा मंगलवार सामान्य सुधार आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.०६ बिन्दुले बढेर एक हजार १०२.६४ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३७ बिन्दुले बढेर २३४.२५ बिन्दुमा पुगेको छ। कुल १७४ कम्पनीको सात लाख ३३ हजार ४२२ कित्ता शेयर रु २२ करोड ५२ लाख ३१ हजार ४४३ मूल्यमा खरीद बिक्री भए।
साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा शेयरको मूल्य करिब पाँच अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा पुगेकाे छ।
अग्लो उचाई र हँसिलो अनुहारका नायक आशिरमान देशराज जोशीले फिल्म ‘ग्याङस्टार ब्लुज’बाट अभिनयमा ‘डेब्यु’ गरे। एक्सन लभस्टोरी फ्लेभरको यो फिल्म पछि उनी ‘दी ब्रेकअप’मार्फत दर्शकमाझ आउँदैछन्।
स्टार एक्जिबिसन्सले आजदेखि काठमाडौंको भृकुटीमण्डमा सोलार टुडे एक्स्पो– एलइडी एक्स्पो एन्ड ब्याट्री एक्स्पो २०१९ आयोजना गर्ने भएको छ। एक्स्पो शनिबारसम्म चल्नेछ।