१४ आश्विन २०८१ सोमबार
image/svg+xml

वाम कार्यदलमा छलफल: मुख्यमन्त्री र सभामुख फरक पार्टीको

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो अवस्थाबारे छलफल गरेको छ। निर्वाचनमा दुवै पार्टीका मतदाताको अबस्थाबारे बैठकमा छलफल भएको माओवादी केन्द्रका नेता तथा कार्यदलका सदस्य वर्षमान पुनले बताए।

गुटको दलदलमा कांग्रेस युवा नेता

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित भएपछि पार्टी संगठनलाई प्रभावकारी रूपमा अघि बढाउन फरक गुटमा भएकाहरुबीच मात्र होइन एउटै गुटमा रहेका नेताहरुबीच पनि एकमत हुन सकेको छैन ।

राष्ट्रियसभाको निर्वाचनका लागि २१ दल दर्ता

निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि २१ राजनीतिक दलले दर्ता गराएका छन्। आयोगले राजनीतिक दललाई १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो। राष्ट्रियसभाका लागि यही पुस १४ देखि २८ गतेसम्म दिइएको दल दर्ता समयमा २१ वटा पार्टीले दर्ता गराएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

एमाले-माओवादी कार्यदल ‘डाटा’ सहित बैठक बस्ने

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाच, प्रदेश सरकारको गठनबारे छलफल थालेको छ।

दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको बताएका छन्।  राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यहाँ आज आयोजना गरेको चियापान समारोहमा उनले प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको बताए।

ओली र दाहालद्वारा कार्यदललाई काम अगाडि बढाउन निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार बिहान कार्यदललाई तत्काल काम अगाडि बढाउन निर्देशन दिएका छन् । कार्यदलका सदस्यहरुलाई तत्काल काम सुरु गर्न निर्देशन दिएको जानकारी कार्यदलका सदस्य शंकर पोखरेलले दिएका थिए ।

एमाले-माओवादी एकताका लागि कार्यदल गठन

नेकपा एमाले र माओवादी केन्द्र एकता संयोजन समितिको मंगलबारको बैठकले प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोटका लागि कार्यदल बनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन भएपछि मात्र संघीय संसद्को निर्वाचनले पूर्णता पाउने छ । संसद्ले पूर्णता पाएपछिमात्र नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

प्रदेश सरकार र राष्ट्रिय सभा निर्वाचनको तयारी गर्न एमाले- माओवादी संयुक्त कार्यदल

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठकले कार्यदल बनाएको छ। बैठकले राष्ट्रिय सभा, र प्रदेश सरकार गठनका लागि कार्यदल बनाएको छ।

राष्ट्रियसभा निर्वाचनका लागि १० दल दर्ता

निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन्। माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले मात्र दल दर्ता गरेको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमिल्सेनाले जानकारी दिए।

मधेस केन्द्रित दलका विधायकले काठमाडौंमा शपथ नलिने

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्यले काठमाडौंमा शपथ नलिने घोषणा गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी राजधानी नतोकी काठमाडौंमा नै प्रदेशसभा सदस्यलाई शपथ खुवाउने तयारी गरिरहेको छ ।

दलीय सहमतिमा अस्थायी राजधानी तोक्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख, प्रदेशका अस्थायी राजधानी दलीय सहमतिमा तोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् । राष्ट्रपतिलाई भेट्न सोमबार बिहान १० बजे शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई प्रमुख राजनीतिक दलसँग समन्वय गरेर अघि बढ्न सुझाव दिएकी हुन ।

‘आर्थिक समृद्धिका लागि उच्चस्तरीय कार्यदल बनाइने’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक समृद्धिको खाका कोर्न सरकार, उद्योगी–व्यवसायी र विज्ञ सम्मिलित संयुक्त कार्यदल गठन गरेर जाने स्पष्ट पारेका छन्। उनले भने, ‘सबै राजनीतिक दलको साझा एजेण्डा आर्थिक समृद्धिको बनेको छ। आर्थिक समृद्धिको आधारसहित वामगठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेको छ। अब हामी सबैको साझा एजेण्डा आर्थिक समृद्धि नै हो।’

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँको बाफलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । आइतबार राति ९ः०० बजे बा२ख १७८१ नंको बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो ।

वैचारिक र संगठनात्मक संरचना टुंग्याउन कार्यदल

नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच कार्यदल निर्माण गरेर एकीकृत पार्टीको वैचारिक र संगठनात्मक संरचना टुंग्याउने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार साँझ ओलीनिवास वालकोटमा भएको वार्तामा यस्तो सहमति भएको हो ।

केन्द्र विवादले भिमसेन गाउँपालिकामा तालाबन्दी

गोरखाको भिमसेन गाउँपालिकाको केन्द्र सार्ने विषयमा बिवाद हुँदा गाउँपालिकाको कार्यालयमा बिहीवार तालाबन्दी भएको छ । बगुवामा रहेको केन्द्र घ्याम्पेशाल सार्न लागिएको विरोध गर्दै बगुवाका स्थानीय र जनप्रतिनीधिले विरोध जनाउँदै आएका थिए । त्यस क्षेत्रका स्थानीयले गाउँपालिकाको कार्यालयमा विहीबार दिउँसो कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्