१४ आश्विन २०८१ सोमबार
image/svg+xml

मुआब्जा विवादले सडक निर्माणमा अवरोध

मुआब्जा विवादले निर्माणाधीन सम्सी–गौशाला–माईस्थान सडक स्तरोन्नतिमा पाइलापिच्छे अवरोध हुन थालेको छ । मुआब्जा विवाद नटुंग्याउँदै सडक विस्तारको काम थालनी गरिएपछि अहिले आएर सडक निर्माणमा ठाउँठाउँमा अवरोध हुन थालेको हो।

‘दलित संसद्’का १५ सपना

यतिखेर मुलुक प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभा गठनको तरखरमा छ । यी सभाले देशका हरेक नागरिकको प्रतिनिधित्व दर्शाउँछ । हरेक सभामा मुलुककै पिछडिएका वर्गको सन्तोषजनक प्रतिनिधित्व हुन नसकेको गुनासो भने उस्तै छ । यस्तै गुनासाहरू चर्चाको विषय बनिरहँदा दलित समुदायले आफ्नो ११ औँ दलित संसद्को बैठक सकेको छ ।

वाम कार्यदलको बैठक सिंहदरबारमा जारी

नेकपा एमाले तथा माओवादीको कार्यदलको बैठक जारी छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सुवासचन्द नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायत सहभागी छन्।

दलका प्राथमिकतामा युवा सवाल

योजना निर्माणकै समयमा युवाको क्षमता र महत्त्वबारे ध्यान दिन सकियो र उनीहरूका लागि लगानी बढाउन सकियो भने अवश्य पनि देश यही पुस्ताको समयमै समृद्ध बन्नेछ।

प्रदेश २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल

तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका छन्।

अब म कुनै दलमा छैन

ऊर्जावान, सृजनशील युवाहरूको हरेक सकारात्मक कदममा साथ दिने प्रयत्न गर्नेछु । सबै किसिमका दलगत राजनीतिबाट अलग रहँदा नै समाजप्रति जो सकेको सार्थक कृतज्ञता व्यक्त गर्न सकूँला भन्ने लाग्छ । म लामो समयसम्म कुनै राजनीतिक पार्टीमा नरही विभिन्न अभियानमा संलग्न रहिआएकामा विगत एक वर्ष जति परिस्थितिमा केही परिवर्तन आएको थियो।

षड्यन्त्रको कालो बादल

नेपालको संविधान (२०७२) मा राष्ट्रिय सभाको काम, कर्तव्य र अधिकार स्पष्ट लेखिए पनि संरचना (गठन) विधि हाँस्यास्पद देखिन्छ । अपाङ्ग, महिला, दलित, पिछडिएका जाति भनेर ज–जसलाई न्याय दिन खोजिएको छ, त्यसको उपयुक्त स्थान माथिल्लो सदन होइन ।

योग्य छैनन् दलित ?

शेरबहादुर देउवाको नेतृृत्वमा रहेको वर्तमान कामचलाउ सरकारले अस्थायी राजधानीको घोषणा र प्रदेश प्रमुख नियुुक्ति गरेको छ । धेरै लामो प्रतीक्षापछि गरेको यो निर्णयले पक्कै पनि राजनीतिक गतिरोधलाई एक हदसम्म सम्बोधन गरेको छ । अस्थायी राजधानी नतोकिँदा र प्रदेश प्रमुख नियुक्त नहुँदा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचन भइसकेपछि पनि सरकार बनाउन अवरोध सृजना भइरहेको थियो । त्यसैले यो सरकारको पहललाई ढिलै भए पनि सकारात्मक रूपमा लिनैपर्छ । यसले राजनीतिक गतिरोधको अन्त्य भएको संकेत गरेको छ।

राजपामा दलित, मुस्लिम, आदिवासी, जनजाति ‘बाइपास’

‘पार्टीका नेताहरूले दलित, उत्पीडित, आदिवासी र जनजातिको अधिकारका लागि लडेका छाैँ भन्छन् तर व्यवहारमा एकजनालाई पनि अवसर दिन्नन् । यसमा उनीहरूको द्वैध चरित्र देखियो ।’

गुटको दलदलमा कांग्रेस

मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस स्वार्थ केन्द्रित गुट र उपगुटका कारण कमजोर बन्दै गएको छ । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनमा तेस्रो स्थानमा धकेलिए पनि सुधारिने अवस्था अझै देखिएको छैन।

राष्ट्रियसभामा मधेसी दल र कांग्रेसबीच सहकार्य, कसलाई कति सीट?

मधेस केन्द्रीत दलले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने भएका छन्। मधेसी दलका नेताले मंगलबार साँझ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेसका शीर्ष नेतासँग बालुवाटारमा राष्ट्रियसभामा तालमेल गर्ने सहमति गरेका हुन्।

प्रदेश सांसदलाई रावलको सुझाव : समृद्धिका नयाँ योजनासहित काम गर्नुस्

नेकपा एमालेका उपाध्यक्ष एवं प्रदेश नम्बर ७ का संयोजक भीम रावलले समृद्धिका लागि नयाँ योजनासहित काम गर्न प्रदेशसभाका सांसदलाई सुझाव दिएका छन्।

मधेसी दलले वाम गठबन्धनसँग तालमेल गर्ने

वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन्।

पार्टी एकताका लागि कार्यदल बनाउने एमालेको निर्णय

नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)सँग छिट्टै पार्टी एकता गर्नका लागि दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेको छ। सोमबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उनकै अध्यक्षतामा बसेको पार्टीे स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो।

संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प छैन : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प नभएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्