१५ मंसिर २०८१ शनिबार
image/svg+xml

समायोजनका कारण जिल्ला अस्पताल चपेटामा

समायोजनका कारण प्रदेशअन्तर्गत रहेका जिल्ला अस्पतालहरू चपेटामा परेका प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन्। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमध्ये अधिकांशले संघ रोजेका कारण अस्पतालहरू चपेटामा परेका उनको भनाइ थियो।

‘अमेरिका–तालिबान वार्ता निष्कर्ष नजिक’

अफगानिस्तानमा वर्षौंदेखि जारी सशस्त्र संघर्ष अन्त्य गर्ने उपायको खोजी गर्न संयुक्त राज्य अमेरिका र अफगान विद्रोही समूह तालिबानबीचको वार्ता अन्तिम चरणमा पुगेको विद्रोहीले जनाएका छन्।

प्रजिअ बन्न कानुनमा स्नातक वा न्याय सेवा तालिम अनिवार्य

प्रमुख जिल्ला अधिकारीले अर्धन्यायिक अधिकार प्रयोग गर्नुपर्ने भएकाले कानुनमा स्नातक वा न्याय सेवाको विषयमा जानकार हुनुपर्ने सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि दुई सहसचिव र ३३ उपसचिव तीनमहिने न्याय सेवा तालिममा सहभागी भएका छन्।

चिनियाँ सेनाका २२ जना काठमाडौंमा

चीनले हालै सार्वजनिक गरेको नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षासम्बन्धी श्वेतपत्रमा पनि छिमेकी मुलुकसँगको संयुक्त सैन्य अभ्यासलाई जोड दिएको छ। चीनको राज्य परिषद्को सूचना कार्यलयले सार्वजनिक गरेको सो श्वेतपत्रमा नेपालसहितका छिमेकी मुलुकसँग गहिरो सैन्य साझेदारी बनाउन चाहेको भनिएको छ।

पूर्वप्रधानमन्त्रीकै गृहजिल्लाको अस्पताल देखेपछि डा. केसी चिन्तित

डडेल्धुरा अस्पताल पुगेका डा. गोविन्द केसीले स्वास्थ्य उपचारको स्थिति देख्दा चिन्ता व्यक्त गरेका छन्। बिहिबार बिहान करिब ११ बजे अस्पताल पुगेका डा. केसीले पुर्वप्रधानमन्त्रीको जिल्लामा स्वास्थ्य उपचार सेवा गुणस्तरीय हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे। डडेल्धुरा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो।

अमेरिका–तालिबान वार्ता निष्कर्ष नजिक

अफगानिस्तानमा वर्षौंदेखि जारी सशस्त्र संघर्ष अन्त्य गर्ने उपायको खोजी गर्न संयुक्तराज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीचको वार्ता अन्तिम चरणमा पुगेको विद्रोहीहरुले जनाएका छन्।

अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउने निर्णय गरेको छ।

भारतकाे आइपिएस तालिममा नेपाल प्रहरी उत्कृष्ट, गृहमन्त्री शाहद्वारा पुरस्कार प्रदान

भारतमा सम्पन्न इण्डियन पुलिस सर्भिस (आइपिएस) तालिममा नेपाल प्रहरी उत्कृष्ट भएको छ। भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्य प्रशिक्षार्थी भए।

अस्पताल परिसरमै फोहोरको थुप्रो

मानिसहरू बिरामी भएपछि उपचारका लागि अस्पताल जाने गर्छन् तर, फोहोरका कारण जनकपुर अञ्चल अस्पताल आफैं बिरामीजस्तो बनेको छ । अस्पतालबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा जनकपुर अञ्चल अस्पतालअन्तर्गत रहेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको परिसर फोहोरले भरिभराउ भएको हो।

अस्पताल स्थापना हुने भएपछि खुशीयाली

नेपाल सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित सुनवल स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको प्राथमिक अस्पताल बनाउने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ।

काठमाडौँ विश्वविद्यालयको ताला खुलेन

काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन।

विद्यालयमा हडताल गरे पचास हजार जरिवाना

कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब पचास हजार रुपैयाँसम्म जरिवाना हुनेभएको छ।

तीन हप्तादेखि अस्पतालका कर्मचारी आन्दोलित

पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन्।

अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप

जिल्लाका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक ३०० बढी भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन्। भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैँ निको हुने मान्यता रहे पनि हाल सात दिनभन्दा पनि बढी समय लिएमा थप जटिलता आउने चिकित्सकको भनाइ छ।

तालिबान नियन्त्रणमा रहेका १५ व्यक्ति मुक्त

कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा आइतबार राति अफगान विशेष फौजले तालिबान लडाकुविरुद्ध गरेको कारबाहीका क्रममा आठ सैनिक र सात सर्वसाधारण मुक्त भएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्