१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कीर्तिपुरमा बालसाहित्य महोत्सव हुँदै

फागुन १८ गते कीर्तिपुरमा बाल साहित्य महोत्सव हुने भएको छ। कीर्तिपुरस्थित क्रिएटिभ एकेडेमीको तत्परतामा ‘दोस्रो किर्तिपुर बाल साहित्य महोत्सव २०७५’ हुन लागेको हो।

बाघभैरव जात्राको रौनक (फोटो फिचर)

राजधानीको कीर्तिपुरमा शुक्रबार बाघभैरव जात्रा मनाइएको छ। प्रत्येक वर्षको भदौ १ गते मनाइने जात्रालाई कीर्तिपुरको प्रमुख जात्राको रुपमा लिने गरिन्छ। बाघभैरवको नमुनासहित प्राचिन बाजा तथा भजन र लाखे नृत्यका साथ सडकमा उत्रेर यो पर्व हर्षोल्लास पूर्वक मनाउने गरिन्छ। बाघभैरव जात्रामा सहभागीहरु बाघभैरव मन्दिर परिसरमा जम्मा भई नाचगान गर्ने तथा परिक्रमा गर्ने गर्दछन्।

‘वडालाई कीर्तिपुरकै उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा चिनाउनेछु ’

जनप्रतिनिधी भएर आउँदा वडामा खानेपानीको चरम हाहाकार थियो । हामी आएसँगै वडामा खानेपानीको व्यवस्थापनमा जुटेका छौं । २५ लाखको लागतमा सल्यानस्थानमा खानेपानीको योजना अघि सारेका छौं ।

कीर्तिपुर र बुढानीलकण्ठबीच फाइनल

आयोजक कीर्तिपुर नगरपालिका र बुढानीलकण्ठ नगरपालिका प्रदेश नम्बर ३ अन्तरनगरपालिका कप बास्केटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

कीर्तिपुरको विजयी सुरुवात

कीर्तिपुर नगरपालिकाले प्रदेश नम्बर ३ अन्तरनगरपालिका प्रथम मेयर कप बास्केटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

कीर्तिपुरको लगातार जित

कीर्तिपुर बास्केटबल टिमले प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगितामा लगातार चौथो जित दर्ता गर्ने क्रममा शुक्रबार सेन्ट जेभियर कलेजविरुद्धको अवे खेलमा ८५–८३ को प्रतिस्पर्धात्मक नतिजा निकालेको छ । प्रतियोगितामा जेभियरको यो लगातार चौथो हार हो।

कीर्तिपुरको लगातार जित

कीर्तिपुर बास्केटबल टिमले राजधानीमा जारी प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ। शुक्रबार घरेलु कोर्टमा कीर्तिपुरले जेभियर इन्टरनेसनल कलेजलाई ६४–५७ को स्कोरले पराजित गरेको हो।

कीर्तिपुर विजयी

राजधानीमा जारी प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगितामा बुधबार भएको खेलमा बुढानिलकण्ठ घरेलु कोर्टमा कीर्तिपुर बास्केटबल टिमसँग पराजित भएको छ।

घरेलु कोर्टमा कीर्तिपुर विजयी

एनके कीर्तिपुरले आइतबार प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगिता अन्तर्गतको खेलमा हिमालयन हन्ड्समाथि ८४–८३ को प्रतिस्पर्धात्मक जित हासिल गरेको छ।

माघ १७ मा खग्रास चन्द्रग्रहण, कीर्तिपुरबाट प्रत्यक्ष अवलोकन गराइने

खग्रास चन्द्र ग्रहण माघ १७ गते बुधवार लाग्ने भएको छ। कीर्तिपुरस्थित विपी कोइराला राष्ट्रिय विज्ञान सङ्ग्रहालय विकास समितिले साँझ ५ बजेर ३२.८ मिनेटमा प्रारम्भ भई राति ९ बजेर ५४.९ मिनेटसम्म नेपालको सबै भागबाट चन्द्र ग्रहण देख्न सकिने जानकारी दिएको छ। साथै समितिले ग्रहणको प्रत्यक्ष अवलोकन गराउने भएको छ।

कीर्तिपुरमा छुटेकाहरु

चोटले नसताएको भए सुवास खकुरेल अहिले कीर्तिपुरको क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिगमा छाइरहेका हुन्थे । चितवन टाइगर्सका कप्तान सुवासलाई चोटले मैदान उत्रिने अनुमति दिएन । उनको ठाउँमा नेपाली युवा टोलीको नेतृत्व सम्हालिसकेका राष्ट्रिय खेलाडी पृथु बास्कोटालाई नेतृत्वको जिम्मा दियो ।

कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण हुने

अन्तर्राष्ट्रिय जोरखानी खेलकुद महासंघ (आइजेटएसएफ)को सहयोगमा कीर्तिपुर नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण हुने भएको छ।

कीर्तिपुरमा बन्ला त बन्जी जम्पिङ? नगरपालिकाले छुट्यायो एक करोड

कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवद्र्धनका लागि स्थानीय बल्खु खोलामा नजिकै सहासिक खेल बन्जी जम्पिङको सम्भाव्यता अध्ययन शुरु गरिएको छ। कीर्तिपुर र तीनथानाको सिमानास्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा बन्जी जम्पिङको संरचनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्य शुरु भएको हो।

कीर्तिपुरका जनप्रतिनिधि कति धनी ?

वडा नम्बर ५ का अध्यक्ष  राजेन्द्रकुमार महर्जन, वडा नम्बर ६ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन, नगरकार्यपालिकाका सदस्य र केही वडा सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्