१३ आश्विन २०८१ आइतबार
image/svg+xml

एभरेस्ट प्रिमियर लिग: ओमरजाईले बनाए छिटो अर्धशतक

अज्मतुल्ला ओमरजाईले एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान रचेको दिन शुक्रबार ललितपुर प्याट्रियट्सले शीर्ष चारमा बस्दै प्लेअफ प्रवेश सम्भावना कायम राखेको छ।

लगातार दोस्रो दिन खेल रद्द

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजेबाट सुरु हुने भनिए पनि मैदान गिलो भएपछि निर्धारित समयमा टस हुन सकेको थिएन। अन्ततः लगातार दोस्रो दिन खेल रद्द भयो।

नेपाल आफ्नो घरजस्तै – अफ्रिदी

पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण खेल्न बिहीबार नेपाल आएका छन्।

स्वास्थ्य मापदण्ड पालना गर्दै पूजा

नागपोखरीमा बिहान नित्य पूजा आराधनाका लागि पोखरी खोलिएको थियो। नित्य पूजा सकिएपछि कोरोना जोखिमका कारण पोखरी बन्द गरिएको नक्साल युवा क्लबका सदस्य रोशन श्रेष्ठले जानकारी दिए। कोरोना जोखिम हुनुअघि श्रावण शुक्ल चौथीदेखि षष्ठीसम्म तीन दिन मेला लाग्ने गरेकामा कोरोनाबाट बच्न बिहान नित्य पूजा गरेर बन्द गरिएको हो।

कीर्तिपुरमा बृहत् नागरिक आन्दोलन

उनीहरूले भोट नमाग ए सरकार खोप दे, हामीलाई खोप दे,’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद् विघटन गरेर चुनावको घोषणा गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

कीर्तिपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न

आर्थिक वर्षको अन्तिम दिन आसर ३१ गते कीर्तिपुर नगरपालकाको सातौं नगर सभा सम्पन्न भएको छ । गत असार १० गते कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र उप–प्रमुख सरस्वती खड्काले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी सुरु भएको यस नगरसभाको पहिलो चरणमा नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।

‘दिव्योपदेश पृथ्वीनारायणले बोलेकै कुरा हो’

पृथ्वीनारायणसम्बन्धी पत्रहरू, कागजातको अध्ययन नगरेका मानिसले र पृथ्वीनारायणप्रति दुरासय राख्नेहरूले उनका उपदेशलाई दुत्कारेको पाइन्छ।

त्रिभुवन विश्वविद्यालयमा बेवारिसे शव फेला

अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको हो।

चन्द्रागिरी र कीर्तिपुरका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै धर्ना

स्थानीयले चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिकाभित्र रहेका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै शुक्रबार चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन्।

'चोक–चोकमा सिसि क्यामेरा, चम्पादेवीसम्म केवलकार'

कीर्तिपुर नगरपालिकाले २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। पाचौं नगरसभाको बैठकद्धारा पारित नीति तथा कार्यक्रम आज पत्रकार भेटघाट गरी नगरपालिकाले सार्वजनिक गरेको हो।

‘कीर्तिपुर’मा कीर्तिपुर आक्रमणको कथा

तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गरेको विषयलाई प्रस्तुत गरिएको फिल्म ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ प्रदर्शनका लागि तयार भएको छ।

सुदूरपश्चिमकाे विजयी सुरुवात

सुदूरपश्चिमको जितमा सन्देश भट्टले ३८ तथा अनिल थापाले २३ रन बनाए। सुदूपश्चिमका लागि सर्वाधिक रन बनाएका भट्ट अविजित रहेका थिए। ५२ बलको सामना गरेका उनले ४ चौका हानेका थिए।

कीर्तिपुरमा पार्क निर्माण गर्न मूर्ति बनाउँदै कलाकाहरु

कीर्तिपुर नगरपालिका प्रवेश गरेलगत्तै उत्तरतर्फ लाग्ने बाटोको छेउमा एक हुल मानिसहरु भेला भएर ढुंगाहरुमा विभिन्न आकृति कोर्दै छन्। कोही ढुंगामा कोदेर नयाँ आकार दिन व्यस्त छन्, कोही ढुंगा सफा गर्दैछन् र कोही धुलोबाट बच्न माक्स खोज्दैन्। यो दृश्य कीर्तिपुर नगरपालिकाको स्थापना दिवसको दिन चैत १४ देखि कीर्तिपुरमा निर्माण हुन लागेको ‘युद्ध स्मारक पार्क’ को लागि आयोजना भइरहेको मूर्तिकला कार्यशालामा सहभागि कलाकारहरुको हो।

थिएटर मल  सञ्चालनमा

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अवसर पारेर कीर्तिपुरमा पुनः थिएटर मल सञ्चालनमा ल्याइएको छ। मंगलबार राराहिल मेमोरियल स्कुलमा आयोजित कार्यक्रममा कीर्तिपुरका मेयर रमेश महर्जनले कीर्तिपुर रंगमञ्चको उद्घाटन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्