९ मंसिर २०८१ आइतबार
image/svg+xml

श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको मृत्यु

तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ।

‘छवि ओझाको अदालतमा सिधै आउनुस, न्याय पाउनु हुन्छ’

निर्माता छविराज ओझाले श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेललाई गल्ती सच्याएर घर फर्किन आग्रह गरेका छन्। ओझाले सामाजिक सञ्जाल फेसबुकमार्फत घर फर्किन आग्रह गरेका हुन्। केहि समयअघि श्रीमान ओझासँग बस्न नसक्ने भन्दै पाेखरेलले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि उनीहरु अलग अलग बस्दै आएका थिए।

शिल्पा र छविको ‘घरझगडा’ मिल्यो

अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीचको घरझगडा मिलेको छ। शिल्पाले श्रीमान छविबाट घरेलु हिंसा भएको भन्दै सुरक्षाको मागसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन्। आवश्यक कारवाही प्रक्रिया अघि बढाउन प्रशासनले उजुरी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको थियो।

दाजुको दुवै हात छिनाइदिने भाइ पक्राउ

दाजुको दुवै हात छिनाएर फरार रहेका केपीलासगढी गाउँपालिका–७ सुङ्देलका २२ वर्षीय बालकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति पारिवारिक विषयमा दाजुभाइबीच झगडा हुँदा खुकुरी प्रहार गरी २५ वर्षीय दाजु अष्टबहादुर राईको दुवै हात छिनालेर बालकुमार फरार भएका थिए।

श्रीमानद्वारा श्रीमतीमाथि एसिड प्रहार, चार जना पक्राउ

भरतपुर महानगरपालिमा श्रीमानले नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन्। वडा २४ को ध्रुव्रमा रहेको माइतीमै बसेकी २० वर्षीया डोल्मा रुम्बालाई उनका श्रीमानले एसिड प्रहार गरेका हुन्।

संसदका कर्मचारी : घाम ताप्छन्, झगडा गर्छन

संसद सचिवालयका कर्मचारी यतिबेला फुर्सदिला छन्। सदन तीन महिनादेखि बन्द छ। सामान्य प्रशासनिक कामबाहेक कर्मचारी घाम तापेरै बस्छन्। केही समयअघि प्रदेशसभा प्राङ्गणमा फुटबल खेलेर सचिवालयका २ कर्मचारीले खुट्टा नै भाँचेका पनि थिए।

धादिङ र गोरखाका स्थानीयबीच झगडा हुँदा प्रहरी घाइते, सवारी साधनमा तोडफोड

धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा गोरखा र धादिङका दुई समूहबीच झगडा भएको छ। एकादशीको मेला भर्न गएका स्थानीयहरुबीच झगडा भएको प्रहरीले जानकारी दिएको छ।

झगडा हुँदा बन्दुकले हानिदिन्छु भनेपछि...

प्रहरीले राजधानीबाट एक जनालाई बन्दुक सहित पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२६ टाउन प्लानिङ डेरा गरी बस्ने म्याग्दी मंगला गाउँपालिका-१ घर भएका ६० वर्षिय राम बहादुर पाईजालाई सोह्रबोरको एकनाले बन्दुक १ थान र ७ राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको हो।

झगडा छुट्याउन जाँदा मृत्यु

बेनीघाट रोराङ गाउँपालिका–५ कामीगाउँकी एक महिलाको एक दम्पतीबीचको झगडा छुट्याउन जाँदा साेमबार मृत्यु भएको छ।

राजेश–मधु जोडी : न टिपिकल झैँझगडा, न टिपिकल रोमान्स

चार वर्ष भइसक्यो विराटनगरकी मधु भट्टराईसँग अभिनेता राजेश हमालले लगनगाँठो कसेको । राजेशको जिन्दगीमा मिठास घोल्न मधु निरन्तर सक्रिय छिन् । दुवैको विचारधारा फरक–फरक छ तापनि सम्बन्ध चलेकै छ । सम्बन्धलाई बलियो बनाउने कडी एउटै हो– समझदारी ।

‘हिजो युद्धमा मर्न पाइन भनेर झगडा हुन्थ्यो, अहिले सांसद–मन्त्री हुन प्रतिस्पर्धा’

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरु विचार, दर्शन र सिद्धान्तबाट स्खलित हुँदै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन्।

न्यायिक समिति सञ्चालन नहुँदा प्रहरीले नै मिलाउँछन झगडा

निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको लामो समय बितिसक्दा पनि पालिकाहरुमा न्यायिक समिति संचालन नहुँदा विभिन्न झगडाको छिनोफानो प्रहरीले नै गर्नुपरेको छ। न्यायिक समिति गठन भएर पनि संचालन हुन नसक्दा रौतहटका प्रहरी कार्यालयहरुमा पंचायती गराउने भीडभाड हुने गरेको पाइएको छ।

ससुरासँग झगडा गरेर बुहारीले जलाइन आफ्नै घर

ससुरासँगको आपसी झगडापछि खोटाङमा एक महिलाले आफ्नै घर जलाएकी छन्। खोटेहाङ गाउँपालिका–७ की आस्मा तामाङले ससुरा प्रेमबहादुर तामाङसँगको आपसी झगडापछि मंगलबार राति घर जलाएकी हुन्।

झगडामा घाईतेले आँखा गुमाए

चौबिसे गाउँपालिका वडा नम्बर ८ साम्मेवा बजारमा आईतबार भएको झगडामा घाईतेहरुले आँखा गुमाएका छन्। सौर्य बजारबाट फर्कदै गरेका मौनाबुधुकका युवाहरु र साम्मेवा बजारबासीबीच भएको झडपमा परेर घाईते भएका चार जनाले आँखा र दाँत गुमाएको जानकारी जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्