१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गणतन्त्र दिवसको अवसरमा कारागारका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

गणतन्त्र दिवस २०७४ को अवसरमा पर्वत जिल्ला कारागारमा रहेको कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

३० दिनसम्म ‘हाम्रोमुभी’मा निःशुल्क फिल्म

विदेशमा बस्ने नेपालीलाई केन्द्रित गरेर हाम्रो मुभि डटकमले नयाँ र पुराना नेपाली फिल्महरुलाई अनलाइनमार्फत ३० दिने विशेष प्याकेज सुरु गरेको छ। यसअन्तर्गत ५ डलर ९९ सेन्टको प्योकजको सुरुवाती ३० दिन प्रयोगकर्ताहरुले निःशुल्क सेवा प्रयोग गर्न पाउनेछन्।

भूकम्प प्रभावित चार जिल्लामा निःशुल्क इन्टरनेट

भूकम्पबाट अति प्रभावित चार जिल्लाका बासिन्दाले निःशुल्क द्रुत गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन्। नेपाल टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा द्रुतगतिको इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको छ।

दलको प्राथमिकता : प्राविधिक, निःशुल्क र अनिवार्य शिक्षा

संविधानले व्यवस्था गरेअनुसार आधारभूत तह अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहबाट कार्यान्वयन गराउने प्रतिबद्धता दलहरूको छ।

निःशुल्क पाइन्छन् यी स्वास्थ्य सेवा

पछिल्लो पटक निःशुल्क घोषणा भएका प्रमुख उपचारबाहेक पनि स्वास्थ्यमा थुपै सेवा निःशुल्क छन् । यसबारे जानकारी नहुँदा वञ्चित हुनेको संख्यामा कमी आउन सकेको छैन ।

राउटे समुदायको निःशुल्क स्वास्थ्य बीमा हुन्छ: स्वास्थ्यमन्त्री थापा (भिडियो)

ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले शनिबार भेटेका छन् ।

फुकुओकामा जेएमइको नयाँ शाखा उद्‌घाटन, एक महिनासम्म सेवा निःशुल्क

जापानबाट नेपाल लगायतका विभिन्न मुलुकमा रेमिट्यान्स् कारोवार गरिरहेको जापान मनि एक्सप्रेस 'जेएमई'ले सञ्जाल बिस्तार क्रममा जापानको फुकुओकामा अर्को शाखाको खोलेको छ।

कडा मानसिक रोगीको उपचार निःशुल्क

सरकारले घरमा बन्धक बनाइएका तथा सडकमा जथाभावी हिँडेका कडा खालका मानसिक रोगीको जिम्मेवारी लिने भएको छ। स्वास्थ्य मन्त्रालयले गैरसरकारी संस्थासँगको सहकार्यमा यस्ता रोगीको उपचार अवधिभर हेरचाहसमेतको जिम्मा लिनेगरी राष्ट्रिय मानसिक स्वास्थ्य नीति तयार पारेको छ। स्वास्थ्यमन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको नीति मन्त्रिपरिषद्मा पेस गर्ने तयारी छ।

दुई सय महिलाको निःशुल्क उपचार

यहाँको एक विकट गाउँमा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी आङ खस्ने समस्या भएका महिलाको उपचार गरिएको छ ।

निःशुल्क सीम बाँड्दै टेलिकम

नेपाल टेलिकम बागलुङले आफ्ना ग्राहकलाई निःशुल्क रुपमा सीमकार्ड वितरण गरेको छ । यहाँ जारी चैत्राष्टमी मेलामा ‘स्टल’ नै राखेर टेलिकमले प्रिप्रेड मोबाइलको सीमकार्ड बाँडेको हो । दुई दिनमै एकहजार भन्दा बढीले सीमकार्ड लगेको टेलिकम कार्यालयले जनाएको छ ।

एससई परीक्षा सकेका विद्यार्थीलाई निःशुल्क संगीत

एसएलसी(एसइइ) दिएर फुर्सदिला बनेका विद्यार्थीहरुलाई संगीतकार विकास चौधरीले निःशुल्क संगीत तथा गायनको प्रशिक्षण दिने भएका छन्। उनले परीक्षाफल प्रकाशित नभएसम्म संगीतमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गर्दै प्रशिक्षण दिन लागेको बताए।

महँगो स्वास्थ्य उपचार धमाधम निःशुल्क

संविधानले नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको स्वास्थ्य सेवामा बल्ल यो व्यवहारमा आउँदै छ।

कुरा निःशुल्क मोबाइल अस्पतालको

स्वास्थ्य शिविर प्रचारात्मक हुन्छन्, त्यसबाट खासै बिरामीले लाभ पाउँदैनन् । यो त केवल प्रचारप्रसार तथा रमाइलोमात्र हो । चिकित्सक एवं चिकित्साकर्मीको उत्सव हो भन्ने पनि नसुनेको होइन । कहिलेकाहीँ धेरै प्रचारप्रसारले त धेरै स्यावासी पनि प्राप्त हुन्छन् । निःशुल्क शिविर एक पुण्य काम, सधैँ गर्नुपर्छ । मेरो क्षेत्रमा पनि गरिदिनुपर्छ डाक्टरसाब, आदि÷इत्यादि चर्चा पनि सुनिएकै हुन्।

मिर्गौला प्रत्यारोपण निःशुल्क

प्रत्यारोपण खर्च नभएकै कारण वर्षौंदेखि डायलसिसले जीवन धानिरहेका मिर्गौला रोगीलाई खुसीको खबर! स्वास्थ्य मन्त्रालयले मिर्गौला प्रत्यारोपण पूर्ण निःशुल्क गर्ने निर्णय लिएको छ । यसअघि डायलसिस निःशुल्क गरे पनि प्रत्यारोपणमा चर्को शुल्क लाग्ने हुँदा विपन्न रोगीले लामो समयसम्म डायलसिसको भरमा जीवन धान्नुपर्ने बाध्यता थियो।

महिलाको क्यान्सर उपचार निःशुल्क गरिँदै

महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले निःशुल्क गर्ने भएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेका प्रमुख क्यान्सर पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्