१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एक सय विद्यार्थीलाई निःशुल्क साइकल वितरण

रुपन्देही तिलोत्तमा नगरपालिकास्थित तीनवटा विद्यालयका एक सय विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको छ।  तिलोत्तमा– ४ डिंगरनगरस्थित जनज्योति मावि, मणिग्रामस्थित शान्ति नमुना मावि र तिलोत्तमा– २ शंकरनगरस्थित दुर्गादत्त माविमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको हो।

टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क

नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन्। यस प्रकारको सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ आज मंगलबारदेखि सञ्चालनमा आएको छ। नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो।

सप्तरीमा पाँच सय ३२ वटा मुद्दा निःशुल्क

जिल्लास्थित कानूनी सहायता केन्द्रले यस वर्ष ५३२ वटा मुद्दामा निःशुल्क कानूनी सेवा प्रदान गरेको छ ।

निःशुल्क भिसा र टिकटको, असुली लाख बढी

सरकारले दुई वर्षअघि रोजगारीका लागि खाडी मुलुक र मलेसिया जाने कामदारसँग सेवा शुल्कबापत १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो।

एलजीको सामान खरिदमा निःशुल्क उपहार देखि ३० प्रतिशतसम्मको छुट

एलजी कम्पनीले दशै तिहार तथा छठको अवसरमा ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने नारासहित विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत एलजीको हरेक सामाग्री खरिमा निःशुल्क उपहार, ३० प्रतिशत सम्मको छुट लगायत रहेको छ ।

सप्तरीका बाढीपीडितलाई निःशुल्क उपचार

सप्तरीको पश्चिमी भेगका ८५० जना बाढीपीडितलाई शनिबार निःशुल्क स्वास्थ्योपचार गरिएको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका–६ स्थित जनता मावि कटैया फत्तेपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित बालबालिका, वृद्धवृद्धासहित ८५० जना बाढीपीडितलाई निःशुल्क उपचार गरिएको स्थानीयवासी सन्दीप सदाले जानकारी दिए।

२३ जिल्लामा टेलिकमको सिम निःशुल्क

नेपाल टेलिकमले बाढी प्रभावित २३ जिल्लाहरूमा निःशुल्क सिम वितरण गरेको छ । टेलिकमले बाढी प्रभावित जिल्लाहरू झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुर मा रु. ५० को टक भ्यालू सहितको जिएसएम प्रिपेड सिम कार्ड र सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधा सहितको सिम निःशुल्क वितरण गरेको हो ।

राजधानीमा निःशुल्क इन्टरनेट

सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउने

सिंहदरबार, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क इन्टरनेट

सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। सो क्षेत्रमा आगामी दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने गरी सरकारले योजना अगाडि बढाएको छ। सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढिसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर

जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

टेलिकम नेटवर्कमा एसएमएस निःशुल्क

मुलुकभर गएको बाढीपहिरोलाई ध्यानमा राखेर नेपाल टेलिकमले तीन दिनको लागि एसएमएस निशुल्क बनाएको छ। आज आइतबारदेखि लागू हुने गरी साउन ३१ गतेसम्मका लागि टेलिकमको नेटवर्क भित्र मुलुकभर एसएमएस निशुल्क बनाएको हो।

एनसेल सापटी रकममा वृद्घि, ब्यालेन्स ट्रान्सफर सुविधा निःशुल्क

एनसेल प्रालिले बाढी प्रभावित क्षेत्रमा आफ्ना ग्राहकलाई सम्पर्कमा रहन सहयोग पु¥याउने उद्देश्यले सापटी सेवाको रकममा वृद्घि गरेको छ। ब्यालेन्स ट्रान्सफर सुविधा पनि निःशुल्क बनाएको छ। कम्पनीले ग्राहकलाई आकस्मिक सूचना सम्बन्धित ठाँउमा पुर्‍याउन मद्दत गर्नुका लागि निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ पनि संचालनमा ल्याएको छ।

एक वर्षभित्र सार्वजनिक स्थलमा निःशुल्क वाइफाई

मुलुकभरको सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ चलाउने योजना बनाएको नेपाल टेलिकमले हाल उपत्यकाको चार ठाउँमा यो सेवा सुरु गरेको छ।

सप्तरीका बाढीपीडितलाई निःशुल्क उपचार

बाढीबाट प्रभावित विभिन्न ग्रामीण तथा स्थानीय जनतालाई लक्षित गरी सप्तरीमा दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।

कोरिया भाषा परीक्षा तयारी गराउने मोबाइल एप निःशुल्क

कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा (इपिएस टपिक) को तयारी मोबाइलबाटै गर्न सकिने गरी निःशुल्क मोबाइल एप तयार भएको छ। उरी कन्सलटेन्सीले एन क्लाउड र साइबर लिङ्कसँग सहकार्य गरी तयार पारेको यो एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइका प्रश्नहरु र सम्भावित उत्तर राखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्