वीरगन्जमा निःशुल्क वाइफाई
वीरगन्जका मुख्यमुख्य ठाउँमा वाइफाई सेवा निःशुल्क हुने भएको छ । वीरगन्जको बजार क्षेत्रमा १२ वटा मुख्य स्थल अब महानगरीय वाइफाई जोन हुन लागेको हो।
वीरगन्जका मुख्यमुख्य ठाउँमा वाइफाई सेवा निःशुल्क हुने भएको छ । वीरगन्जको बजार क्षेत्रमा १२ वटा मुख्य स्थल अब महानगरीय वाइफाई जोन हुन लागेको हो।
जनता बैंक नेपाल लिमिटेडले कैलालीको केलारी गाउँपालिकामा निःशुल्क आँखा शिविर गरेको छ । धनगढीस्थित धनगढी नेत्रालयसँगको सहकार्यमा आँखा शिविर गरेको बैंकले जनाएको छ ।
पूर्व स्वाथ्यमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले विरामीले निःशुल्क रुपमा रगत पाउने व्यवस्था हुनुपर्ने बताएका छन्।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले भूकम्प प्रभावित क्षेत्रका ३२ हजार स्थानीयलाई निःशुल्क सौर्य ऊर्जा प्रदान गर्ने भएको छ । केन्द्रले चीन सरकारको सहयोगमा ३२ हजार सेट साना सौर्य ऊर्जा प्रणाली र तीन सय २५ सेट सौर्य टुकी वितरण गर्न लागेको हो।
सर्वोच्च अदालतले गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई निःशुल्क शिक्षा दिन सामुदायिक विद्यालयलाई अन्तरिम आदेश दिएको छ ।न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले दलित, जनजाति, महिलालगायतका विद्यार्थीसँग कुनै पनि शीर्षकमा शुल्क नलिई पढ्ने व्यवस्था गर्न बुधबार आदेश दिएको हो।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ।
नेपाल विद्यार्थी संघले विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको माग गर्दै देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको लागि सरकारलाई दबाब दिन बुधबारदेखि त्रिभुवन विश्व विद्यालयसहित देशरभरका सम्पूर्ण शैक्षिक संस्थाबाट विद्यार्थीहरुको हस्ताक्षर संकलन सुरु गरिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।
महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गतको बालाजू अटोवर्कसले सोमबारदेखि महिन्द्राफोर ह्वील गाडीहरुको निःशुल्क सर्भिसङ सुरु गरेको छ। देशभरका रहेका आफ्ना आधिकारिक वर्कसपबाट एकैसाथ फ्रि सर्भिसिङ्ग सुरु गरिएको कम्पनीले जनाएको छ।
ग्रामीण स्वास्थ्य केन्द्र बस्तीपुरले सिरहाको लहान नगरपालिका– १४ बस्तीपुरमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३५० भन्दाबढी बिरामीले स्वास्थ्य जाँच गराएका छन्।
सशस्त्र प्रहरी बलका तालीम प्राप्त गोताखोरको निःशुल्करुपमा व्यक्तिगत दुर्घटना बीमा गरिएको छ।
आउँदो चैतदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको उक्त कार्यक्रम अन्तर्गत तीन ्वर्षे डिप्लोमा कोर्षका लागि एक सय २० र एकवर्षे पेसागत तालिमका लागि दुई सय कोटा निर्धारण गरिएको छ
पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकालाई स्थानीय बासिन्दाले निःशुल्क रुपमा पाँच रोपनी जग्गा प्रदान गरेका छन्। गाउँपालिकाको भवन निर्माणका लागि बगनासकाली–१, चिर्तुङ्गधारा निवासी शोभाखर, कपिल र दिलीप ढुंगानाले निःशुल्करुपमा पाँच रोपनी जग्गा दिने घोषणा गरेका हुन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा द्वन्द्वकालका घाइतेहरुको निःशुल्क उपचार शुरु भएको छ । द्वन्द्वकालका घाइतेले उपचार नपाउँदा निकै सास्ती व्यहोरिरहेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र शान्ति तथा पुनःनिर्माण मन्त्रालयको शान्ति कोषको सहकार्यमा द्वन्द्वकालका घाइतेहरूको निःशुल्क उपचार सेवा शुरु भएको हो।
नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रिजी प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ । सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबिपिएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क चलाउन पाउने छन् ।
अब एचआइभी संक्रमणको शंका लागेमा तत्कालै चिकित्सकसँग सल्लाह गरी देशका विभिन्न ठाउँमा रहेका एआरटी सेन्टरबाट औषधि सेवन गर्न पाइन थालेको छ । सरकारले एचआइभी संक्रमण भएको प्रमाणित भएका व्यक्तिलाई एआरटी उपचार दिन सुरु गरेको लामै समय भयो । तर, एचआइभी सर्ने जोखिमयुक्त काम गरेर संक्रमणको डर भएका व्यक्तिले पनि औषधि खान पाउने व्यवस्था सुरु भएको हालै मात्रै हो।