९ मंसिर २०८१ आइतबार
image/svg+xml

इरानी मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको दावी

इराकस्थित अमेरिकी सैन्य अखडामा गरेको आक्रमणमा ८० सैनिक मारिएको इरानको सरकारी टेलिभिजनले बताएको छ। अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको ड्रोन आक्रमणमा हत्या गरेपछि इरानले त्यसको जवाफमा अमेरिकी सेनाका दुई हवाई अड्डामा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो।

इरानमा विमान दुर्घटना, १ सय ७० को मृत्यु

यूक्रेनको यात्रुवाहक विमान इरानमा दुर्घटना हुँदा १ सय ७० जनाको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यूक्रेन इन्टरनेसनल एयरलाइन्सको बोइङ ७३७ विमान इरानको इमाम खामेनेई विमानस्थलबाट उडान भरे लगत्तै दुर्घटनामा परेको थियो।

इरानद्वारा अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण

इरानले अमेरिकी सेनाले प्रयोग गरिरहेको हवाई अड्डामा आक्रमण गरेको छ। इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको हो। अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको ड्रोन आक्रमणमा हत्या गरेपछि इरानले त्यसको जवाफमा अमेरिकी सेनाका दुई हवाई अड्डामा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो।

दुई अमेरिकी राष्ट्रपतिः जसले महाअभियोग लागेपछि मध्यपूर्वमा धावा बोले

अमेरिका इरान विवाद अहिले विश्वभर चर्चाको विषय बनेको छ। अमेरिकाले गत हप्ता इरानी सेनाका प्रमुख सुलेमानीको हत्या गरेपछि इरानले प्रतिशोध गर्ने चेतावनी दिएको छ। यो घटनाले मध्यपूर्वमा तनाव उत्पन्न भएको छ भने विश्वभर यसको चर्चा भइरहेको छ।

ट्रम्प भन्छन्, ‘अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध’

संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव थप वृद्धि हुने संकेत देखिएको छ। अमेरिकासहित विश्वका ६ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको परमाणु सम्झौताको कुनै पनि प्रतिबन्ध नमान्ने तेहरानले घोषणा गरेको छ भने उता, वासिङ्टनले पनि यदि इराकबाट आफ्ना सैन्य फौजलाई निस्कन बाध्य पारिए उसविरुद्ध कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

इरानमा ५.८ म्याग्नीच्युडको भूकम्प

इरानमा बिहीबार बिहानै ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।

इरानलाई ट्रम्पको चेतावनी

इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मुल्य चुकाउनु पर्ने’ चेतावनी दिएको छ।

इरानमा महङ्गी विरुद्ध प्रदर्शन

इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन्। उनीहरुले सरकारले गत हप्ता पेट्रोलको मूल्यवृद्धिको घोषणा गरेपछि त्यसकोे विरोधमा प्रदर्शन सुरु गरेका हुन्। त्यस विरोध प्रदर्शनका क्रममा केही कैयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मूल्य वृद्धिको बिराेध गर्ने ४० जना पक्राउ

इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार ४० व्यक्ति पक्राउ परेका छन्।

प्रदर्शनको क्रममा चालिस पक्राउ

इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार ४० व्यक्ति पक्राउ परेका छन्। इरानी समाचार संस्था इस्नाले जनाए अनुसार शनिबार भएको विरोध प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।

प्रतिदिन पाँच केजी युरेनियम उत्पादन गर्दै इरान

इरानले दैनिक पाँच केजी उच्च गुणस्तरको प्रशोधित युरेनियम उत्पादन गरिरहेको सोमबार घोषणा गरेको छ। दुई महिनाअघिको भन्दा यो १० गुणा बढी उत्पादन हो।

‘इरानी नागरिकमाथि अमेरिकी अपराध’

प्रतिबन्ध लगाएर अमेरिकाले इरानी नागरिकमाथि ‘अपराध’ गरेको राष्ट्रपति हसन रौहानीले मंगलबार आरोप लगाएका छन्।

स्वागत पाउँदा इरानी महिला मख्ख

असोज दोस्रो साताको शुक्रबार बिहान सवा आठ बजेको थियो । पिठ्युमा एक झोला भिरेर एक महिला भारतीय सीमाबाट नेपालको पश्चिमी सीमानाकास्थित गड्डाचौकी अध्यागमन कार्यालयमा पुगिन । कार्यालयमा उपस्थित कर्मचारीलाई उनले प्रश्न गरिन्, ‘इज दिस इमिग्रेसन अफिस ?’ । त्यतिबेला कार्यालयमा उपस्थित कर्मचारीले भने, ‘एस मेडम’ ।

इरानसँग तेल र ग्यासको कारोबारलाई जारी राखिने : टर्की

अङ्कराले इरानबाट आयात गरिरहेको पेट्रोलियम पदार्थ तथा ग्यासको कारोबारलाई निरन्तरता दिने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्