तिलासक्रायत पर्वको जोहोमा जुट्दै मैथिल
मधेसका प्राचीन मिथिला क्षेत्रका महोत्तरीसहितका जिल्लामा तिलासक्रायत (माघेसंक्रान्ति) पर्वको तयारीमा मैथिल (मिथिलाका बासिन्दा) जुटिसकेका छन्।
मधेसका प्राचीन मिथिला क्षेत्रका महोत्तरीसहितका जिल्लामा तिलासक्रायत (माघेसंक्रान्ति) पर्वको तयारीमा मैथिल (मिथिलाका बासिन्दा) जुटिसकेका छन्।
पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो।
गत वर्ष तीन मुरी कोदो भित्र्याएकी बिक यस वर्ष सात मुरी कोदो घरमा भित्र्याउन पाउँदा दङ्ग भइन्।
असार १५ का दिन राष्ट्रिय धान दिवस मनाउन नेतादेखि कर्मचारीसम्म किसानसँगै खेतमा उभिन पुगेका छन्। सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले पनि रमाइलोका लागि खेतमा पुगेर रोपाइँ गरिरहेका छन्।
फिलिपिन्समा कामुरी नामको आँधीबाट हजारौं व्यक्ति विस्थापित भएको उद्धार संस्थाहरुले जनाएका छन्। यो शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको दक्षिण पूर्वी एसियाली खेलकूदको आयोजनामा पनि असर परेको बताइएको छ।
‘असारै महिनाको छिपछिपे हिलो छुनलाई घिन लाग्यो...’– एउटा चर्चित गीत। असार १५ ताका यो गीत रेडियो नेपालबाट बज्दै गर्दा अधिकतर किसान परिवार त्यही छिपछिपे हिलोमा मग्न हुन्थे। ‘मानो खाएर मुरी’ को जोहो गर्नुपर्ने यसबेला अझै धेरै खेतमा रोपाइँ हुन सकेको छैन। धान रोपाइँसँग जोडिएको यस दिनले कृषिकर्मसँग मात्र सरोकार राख्दैन। खासमा यो दिन मुलुकको कृषि अर्थतन्त्र बुझ्न पनि उपयोगी हुनुपर्छ। निर्वाहमुखी नै भए पनि हिजोका दिनमा सबैले खेतबारीमा दशनंग्रा खियाएर मुलुकको अर्थतन्त्रमा योगदान गर्दै आएका हौँ। राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान ३० प्रतिशतभन्दा तल छ। समग्र कृषिजन्य उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको मानिन्छ। तर, धान हाम्रो मुलुकमा एउटा महत्वपूर्ण खाद्यबालीका रूपमा छ। धनधान्यले भरिपूर्ण हुनु भनेको परिवारमा खाने अनाज हुनु हो। जीवन सहज बन्नु पनि हो। दुर्गम पहाड र तराईका नागरिक पनि आफूले उत्पादन गर्ने यस्तै कृषिजन्य वस्तुमा निर्भर हुन्छन्। यसको उत्पादन हुन सकेन भने तिनको जीवन कठिन हुन पुग्छ। यसकारण पनि असार महिना आगामी वर्ष बाँच्ने उपक्रमको एउटा निरन्तरता हो।