१५ मंसिर २०८१ शनिबार
image/svg+xml

इलाममा लगानी सम्मेलन हुने

इलाम नगरपालिकाले आउँदो पाैष २० गते शुक्रबार सदरमुकाममा लगानी सम्मेलन आयोजना गर्दैछ। आन्तरिक पूँजी परिचालन, बाह्य लगानी आकर्षण र रोजगारी सिर्जना गर्ने उद्देश्यले आयोजन गरिने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।

अनशनस्थल खोज्दै डा. केसी

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी इलाममा १६औंं अनशन बस्ने स्थलको खोजी गरिरहेका छन्। मंगलबार सदरमुकाम आएका डा.केसी सदरमुकामस्थित अस्पतालमा अनशन बस्दा बिरामीलाई असर पर्ने देखिएपछि बुधबार बिहानैदेखि नजिकै रहेका मन्दिर, पार्कलगायत सार्वजनिकस्थल खोज्न निस्किएका हुन्।

अनशन बस्न डा. केसी इलाममा

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी १६औंं अनशन बस्ने तयारी गर्दै इलाम आएका छन्। तर, उनी कहाँ र कहिलेदेखि अनशन बस्ने भन्ने केही टुंगो लागेको छैन। सरकारसँग भएको सहमति यही पुस १७ (मंगलबार) सम्ममा पूरा गर्ने अल्टिमेटम थियो। मंगलबार रातिसम्म पनि माग पूरा नभए उनी इलाममै अनशन बस्ने तयारीमा रहेको डा. केसी निकट स्रोतले बतायो।

सुन्तलाको बोटमुनि डिनर

सप्पै गाउँ पहेंलपुर। गाउँभरी सुन्तलाका बोट। बोटले थामि नसक्ने सुन्तलाका दाना। चिटिक्क घर। घर अगाडि लुङ्दार। प्रत्येक घर फूलहरुले सजाइएको। सफा आँगन। कोदो रोप्ने कान्लामा लहलह अलैंचीका बिरुवा। कतै अम्रिसो रोपिएको।

इलाममा ‘मेची क्षेत्र पर्यटन महोत्सव’

पूर्वी नेपालको इलाममा पुस ५ गते देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव’ हुने भएको छ। महोत्सव आयोजक इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत महोत्सवमा ५० हजार पर्यटक भित्र्याउने जनाएको छ।

फाेनमा धम्क्याएपछि वडाध्यक्षले कार्यालयमै कुटे सेवाग्राही

इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष यामबहादुर पौडेलले स्थानीय एक युवकलाई कार्यालयमै कुटपिट गरेका छन्।

ढकमक्क फूल, तिहारको निम्तो

फूलैफूलको पर्व तिहार आउन अब डेढ साता मात्र बाँकी छ। दसैं सकिएपछि घर–घरमा ढकमक्क फूलेको सयपत्री र मखमलीले तिहारको निम्तो दिन थालेझैं देखिन्छ।

इलाममा लगानी सम्मेलन

आन्तरिक पूँजी परिचालन, बाह्य लगानी आकर्षण र रोजगारी सिर्जना गर्ने उद्देश्यले इलाम नगरपालिकाले सदरमुकाममा लगानी सम्मेलन आयोजना गर्ने भएको छ। स्थानीयको आम्दानी बढाउँदै समृद्धिको गन्तव्यमा पुग्न नगरले देशभरका मुख्य लगानीकर्ताको भेला आयोजना गर्न लागेको हो।

इलाममा नयाँ भाडादर तोकियो

इलाम सदरमुकामबाट छुट्ने विभिन्न स्थानको नयाँ भाडादर निर्धारण गरिएको छ। जिल्ला यातायात व्यवस्थापन समितिले १ सय ७३ वटा सडक रुटको नयाँ भाडादर हेरफेर गरेकामा कुनै रुटको दर बढाइएको छ भने कुनैको घटाइएको छ।

कार्यालय सार्न खोज्दा स्थानीयको प्रतिकार

सदरमुकामस्थित सघन सहरी तथा भवन निर्माण आयोजना (साविक सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय) झापा सार्न लागिएपछि स्थानीयले प्रतिकार गरेका छन्। कार्यालयका सामान बोक्न आएको गाडी जिल्लाका निर्माण व्यवसायी र स्थानीयको प्रतिकारपछि खाली नै फर्किएको छ।

सीमा सुरक्षा ‘मुख्य चुनौती’

पूर्वी नेपालमा भारतसँग जोडिएको सीमा क्षेत्र जिल्लाको प्रमुख सुरक्षा चुनौती देखिएको छ। नेपाल–भारत सीमास्तम्भहरूको सुरक्षा र त्यहाँ भइरहने आपराधिक गतिविधि मुख्य चुनौतीका रुपमा देखिएका छन्।

कार्यदल गठनपछि श्रमिक आन्दोलन स्थगित

न्यूनतम् ज्याला र श्रम ऐनअनुसार सेवा–सुविधा माग गर्दै आन्दोलनरत चिया श्रमिकले तत्काललाई आन्दोलन स्थगित गरेका छन् । संघीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गरेपछि श्रमिकले आन्दोलन स्थगित गरेका हुन्।

श्रम ऐन संशोधनको लबिङ गर्दै उद्योगी

पूर्वका चिया उद्यमी सरकारले तोकेअनुसार श्रमिकलाई सेवा–सुविधा दिनै नसक्ने भन्दै श्रम ऐन र नियमावली संशोधन पहल गर्न काठमाडौं पुगेका छन् ।

वर्षामा क्षमताअनुसारै विद्युत् उत्पादन

हिउँदमा पानी सुकेर क्षमताको आधा पनि उत्पादन दिन नसक्ने जलविद्युत् आयोजनाहरूले यतिबेला पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेका छन् ।

पत्रकार आपत्कालीन कोष स्थापना गरिने

नेपाल पत्रकार महासंघ इलाम शाखाले ‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना गर्ने भएको छ। महासंघको आइतबार सदरमुकामका बसेको बैठकले आशिष स्मृति पत्रकारिता पुरस्कार अक्षयकोषको रकम पनि थप गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्