बन्द कर्णाली कोरिडोर खुल्यो
तीन दिनदेखि बन्द कर्णाली करिडोर खुलेको छ। वर्षाले ठाउँ–ठाउँमा आएको पहिरोले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि शनिबार खुलेको हो।
तीन दिनदेखि बन्द कर्णाली करिडोर खुलेको छ। वर्षाले ठाउँ–ठाउँमा आएको पहिरोले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि शनिबार खुलेको हो।
लगानी बोर्ड र जिएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा पिडिए भएको थियो। पिडिएमा दुई वर्षभित्र पिपिए गर्ने र सात वर्षभित्र आयोजना सम्पन्न गर्ने उल्लेख छ। तर पिडिए भएको नौ वर्ष बितिसक्दा पनि जिएमआरले आयोजना निर्माण थालनीको त कुरै छाडौं, पिपिए र वित्तीय व्यवस्थापन गर्नसमेत सकेको छैन।
प्रध्यापकहरुले विभिन्न समयमा स्थायित्वका लागि ज्ञापन पत्र दिएता पनि बेवास्ता गरिएको भन्दै हातमा कालो पट्टी बाधेर उनीहरु आन्देलमा उत्रिएका हुन्।
प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डाक्टर धामीलाई रेक्टारमा नियुक्त गरेका हुन्।
२०६३ साल चैत ३० गते सञ्चालनमा आएको यो राजमार्गलाई धेरैले ‘मृत्यु मार्ग’ पनि भन्छन्। ‘यतिका वर्ष हुँदा पनि सडक सुधारमा कसैले चासो देखाएनन्’, जुम्लाका भक्त रावतले भने, ‘नेताहरू चुनावका बेला यही राजमार्ग सुधार गर्छौं भनेर भाषण गर्छन्, जितेर गएपछि बिर्सन्छन्।’
कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक नौ जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ।
कर्णाली करिडोरको कालिकोट खण्डको सडक दिन प्रतिदिन बिग्रिँदै गएको छ। नेपाली सेनाले निर्माण गरेर २०७४ सालबाट गाडी गुड्न थालेको करिडोरको स्तरोन्नति नहुँदा दिन प्रतिदिन बिग्रिँदै गएको हो।
कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको सोह्रौँ बैठक चल्न नदिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवरोध गरेको छ।
कर्णाली प्रदेशमा पछिल्लो वर्षहरूमा लागू औषध कारोबारी बढ्दै जाँदा प्रयोगकर्ताहरू बढेका छन्। सुर्खेतबाट पहाडी जिल्ला दैलेख हुँदै हिमाली जिल्ला जुम्लासम्म लागू औषध कारोबारी र प्रयोगकर्ताहरू फैलिएका हुन्।
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टुइटर र टिन्डरजस्ता एपका माध्यमद्वारा यौनको मोलमोलाइ तथा खरिदबिक्री हुने गरेको छ र त्यसको छनक प्रहरी र प्रशासनलाई नहुने भएका कारण यस्ता यौनजन्य क्रियाकलाप सुर्खेतमा मौलाउँदै गएको हो।
गत आर्थिक वर्षमा शिक्षा विकास निर्देशनालय मार्फत छात्रवृत्तीमा विद्यार्थी पढ्न पठाएको थियो। तर, आफैले कार्यविधि बनाएर सुरु गरेको छात्रावृत्तिकार्यक्रम एक वर्षमै सम्झौताविपरीत रोकेपछि विद्यार्थीहरूको विचल्ली भएको हो।
सरकार आफैले एकिकृत छात्रवृत्ती वितरण कार्यक्रम कार्यविधि स्वीकृत गरेर सुरु गरेको छात्रवृत्ती कार्यक्रम रोकेपछि विद्यार्थीहरुले पढाई रोक्नु पर्ने अवस्था आएको हो।
आर्थिक मसान्त सकिन लाग्दा कर्णाली प्रदेश सरकारले ११ महिनाको अवधिमा पुँजीगत खर्च ३४.६१ प्रतिशत बजेट खर्च गरेको छ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-२ स्थित च्याछरा भिरबाट आज बिहान जीप कर्णाली नदीमा खसेको छ।
कर्णाली प्रदेश सरकारले सडक पूर्वाधारलाई केन्द्रमा राखेर चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।