६ घण्टा १ मिनेटमा मिङ्माले गरे सगरमाथाको सफल आरोहण
हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्।
हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्।
निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलायन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त भएकी छिन्। एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनपछि रिक्त पदमा उनकी धर्मपत्नी चन्दालाई नयाँ जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।
‘उनीसँगै मेरो मनपनि सगरमाथा चढिरहेको हुन्छ’, एक साताअघि नागरिकसँगको कुराकानीमा कामीरिताकी श्रीमती लाक्पा शेर्पाले भनेकी थिइन्, ‘उहाँ नआउन्जेल मुटु चिसो भइरहन्छ।’
कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन्।
सन् १९५३ मे २९ मा तेन्जिङ शेर्पासँगै पहिलोपटक सगरमाथा चढेका एडमन्ड हिलारीले भनेका थिए, ‘सगरमाथा दोस्रोपटक कसले चढ्यो भनेर कसैले हेक्का राख्दैन्।’ उनले त्यस्तो बताएको ६६ वर्षपछि ४९ वर्षीय कामिरितालाई धेरैले हेक्का राखे। सन् १९९४ मा पहिलोपटक सगरमाथा आरोहण गरेका सोलुखुम्बु थामे गाउँमा जन्मेका शेर्पाले यसपटक दक्षिणी मोहडाबाट शिखर चुमेको पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाल जानकारी दिए।
कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका छन्। बुधबार बिहान ७ बजेर ५० मिनेटमा २३ औं पटक सरमाथाको सफल आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन्।
शनिबारको अन्तिम सेमीफाइनलमा सडन डेथमा हिमालनय शेर्पालाई दार्जिलिङले हराएको हो। सडन डेथमा १–० ले दार्जिलिङ विजयी भएको हो।
हिमालयन शेर्पा क्लब काठमाडौंलाई १—० ले हराउँदै एपिएफ क्लब सर्लाहीको बागमतीमा जारी तेस्रो राजर्षि जनक कप फूटबल प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ। अत्यन्त प्रतिस्पर्धात्मक खेलको ७१औं मिनेटमा एपिएफकाका सन्तोष श्रेष्ठले निर्णायक गोल गर्दै टिमलाई जीत दिलाए। एपिएफका कप्तान टोप विष्टले गरेको प्रहार हिमालयनका रक्षकको खुट्टामा लागेर फर्किएको बल नियन्त्रणमा लिँदै सन्तोषले जाली चुमाएका हुन्।
क्यामरुनी टोली दाउफिन्स क्लबले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उपाधि उचालेको छ। मंगलबारको फाइनलमा हिमालयन शेर्पा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै दाउफिन्सले गोल्डकप आफ्नो कब्जामा पारेको हो।
पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उपाधिका लागि मंगलबार (आज) दुई नयाँ टोली आमनेसामने हुँदै छन्। माइभ्यालीमा पहिलो पटक सहभागिता जनाएका हिमालयन शेर्पा क्लब र क्यामरुनको दाउफिन्स क्लब पहिलो पटक सदरमुकामको ठूलो टुँडिखेलमा भिड्ने भएका हुन्।
हिमालयन शेर्पा क्लबले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको फाइनलमा पाहुना टोली दाउफिन्स क्लबसँगको भेट पक्का गरेको छ। आइतबारको अन्तिम सेमिफाइनलमा झापाको मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–० गोलअन्तरले पाखा लगाउँदै शेर्पा फाइनल उक्लिएको हो।
डिफेन्डिङ च्याम्पियन थ्री स्टार क्लबलाई पाखा लगाउँदै हिमालयन शेर्पा क्लब पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। बुधबारको खेलमा थ्री स्टारलाई ३–१ गोलअन्तरले पराजित गर्दै हिमालयन सेमिफाइनलमा उक्लिएको हो ।
सुनील खड्काको ह्याट्रिकसँगै हिमालयन शेर्पा क्लबले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ। हिमालयनले सोमबारको दोस्रो प्रि–क्वार्टरफाइनलमा ५–१ को फराकिलो अन्तरले हङकङ नेप्लिज एकाडेमीलाई पाखा लगायो।
सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारलाई भेटेका छन्। सोमबार दिउँसो वालुवाटारस्थित शेर्पाको घरमा पुगी सभामुख महराले शेर्पा परिवारलाई सान्त्वना दिएका हुन्।
नेपाली उड्डयन क्षेत्रका प्रभावशाली पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको अन्तिम संस्कार गरीएको छ। आज धार्मिक परम्परा अनुसार टेकु घाटमा उनको अन्तिम संस्कार गरीएको हो।