१३ आश्विन २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

उत्पादन भएर खेर गइरहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि जलविद्युत् आयोजना फाइदामा जाने भएको छ। दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको ताराखोला जलविद्युत् आयोजनाले जनाएको छ।

निजी क्षेत्रले पनि बर्खायाममा ५ सय मेगावाट बिजुली बेच्ने

भारतको मनिकरणले बर्खामा नेपालमा उत्पादित पाँच सय मेगावाट बिजुली खरिद गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ। भारतीय कम्पनीले नेपाल पावर एक्सचेन्जमा १५ प्रतिशत स्वपुँजी लगानी गर्नेछ। भारतीय कम्पनीले नेपालको जलविद्युत् आयोजनामा दीर्घकालीन विद्युत् खरिदबिक्री सम्झौता गर्ने समेत उल्लेख गरिएको छ।

निर्माणाधीन आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन

साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विष्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो।

चिलिमे–त्रिशूली ३बी हब प्रसारण लाइनको ६०% काम सकियो

प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ। ६ वटा टावर खडा गरिएको छ। आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३बी हबसम्म आठ किलोमिटर चार सर्किट निर्माण गर्नेछ।

सामुदायिक भवन बनाउन १० लाख सहयोग

सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि १० लाख सहयोग गरेको छ।

विद्युत् उत्पादन रोक्ने कुनै निर्णय भएको छैन : मुख्यसचिव

नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले जलविद्युत् आयोजना सर्वेक्षण अनुमति रोक्ने कुनै निर्णय नभएको स्पष्ट पारे।

तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा

विद्युत्गृहमा पानी ल्याउने सुरूङको निर्माणपश्चात् कङ्क्रिट तथा पेनस्टक सुरूङमा पाइप राख्ने कामसमेत धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ।

माथिल्लो अरूणको निर्माण तत्काल सुरु गर: स्थानीय

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा बुधबार आयोजनाको स्थलगत अवलोकनमा गएको अर्थ मन्त्रालय, विश्व बैंकका प्रतिनिधि सम्मिलित उच्चस्तरीय टोलीलाई स्थानीयबासीले जतिसक्दो छिट्टो उक्त आयोजनाको निर्माण सुरु गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु

आयोजना निर्माणको तयारी थालेसँगै स्नो रिभर्स प्रालिले तयार पारेको आयोजनाको वातावरणीय प्रभाव मूल्यकाङ्कन (इआइए) प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असार पहिलो सातामा स्वीकृत पनि गरिसकेको छ।

बूढीगण्डकी आयोजना प्रभावितलाई तत्कालै मुआब्जा र क्षतिपूर्ति उपलब्ध गराउन माग

समितिले आइतबार पत्रकार सम्मेलन गरेर आयोजना प्रभावित घर, गोठ, संरचना र बोटविरुवाको लागत संकलन गरेर तत्काल मूल्य निर्धारण गरी वितरण गर्न माग गरेका छन्।

अझै उत्पादन हुन सकेन माथिल्लो मर्स्याङदी ‘ए’ को विद्युत्

बाढी पहिराेले क्षति पुर्‍याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मर्स्याङदी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको छैन।

इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो

गए राति ९ बजे गएको पहिरामा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिए।

खिम्ती आयोजनाको स्वामित्व हस्तान्तरणमा ढिलाइ

प्राधिकरण र नर्वेजियन कम्पनीबीच भएको विद्युत् खरिदबिक्री सम्झौता अनुसार व्यावसायिक उत्पादन भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरण मातहत आउनुपथ्र्यो। सम्झौता अनुसार २०७७ असारमा तोकिएको समय पूरा भइसकेको छ।

तामाकोसी ढिलाइले कति घाटा ?

नेपाल विद्युत् प्राधिकरणले तामाकोसीको बिजुली प्रतियुनिट ४.०६ रूपैयाँको दरले किनेर प्रतियुनिट औसतमा ९ रूपैयाँ ५० पैसाको दरले बिक्री गर्न सक्थ्यो। आयोजना तोकिएको समयमै नबन्दा प्राधिकरणले पनि प्रत्येक वर्ष १० अर्बको दरले ६ वर्षमा ६० अर्ब रूपैयाँ आम्दानी गुमाएको छ। यो आयोजनामा सेयर लगानी गरेका लगानीकर्ताले पनि ६ वर्षको अवधिसम्म प्रतिफल प्राप्त गर्न सकेका छैनन्।

माथिल्लो तामाकोसीको सबै युनिट राष्ट्रिय प्रसारणमा

अपर तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानराज श्रेष्ठले माथिल्लो उक्त आयोजनाको ६ वटै युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जडान भइसकेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्