९ मंसिर २०८१ आइतबार
image/svg+xml

समाजवादी क्रान्तिको कार्यदिशा

सत्ता दलितलाई राज्यसत्तामा स्थान दिनै चाहँदैन। दलित शासनसत्ता चलाउने होइन, ऊ शासक जातिको सेवक हो भन्ने मनोविज्ञानबाट सत्ताले दलितप्रति शोषण गर्दै आएको छ।

अखिल क्रान्तिकारीद्वारा त्रिवि प्रशासनलाई ध्यानाकर्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समितिले त्रिभुवन विश्वविद्यालयभित्रका सम्पूर्ण समस्या समाधान गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ।

कामनपाले तोड्यो अखिल क्रान्तिकारीले लगाएको ताला

काठमाडौं महानगरपालिकाले आफ्नो शिक्षा शाखामा लगाएको ताला तोडेको छ। बिहिबार नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले कामनपाको शिक्षा शाखामा अनिश्चितकालको लागि तालाबन्दी गरेको थियो।

आर्थिक एवं औद्योगिक क्रान्तिका लागि महायज्ञ

परम् पूज्यअनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्रीप्रखरजीमहाराजको सान्निध्य तथा मारवाड़ी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा पहिलो पटक आयोजित श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ सुरु भएको छ।

क्रान्तिकारी माओवादी र बहुमतबीच एकता

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकताको ऐतिहासिक सहमति भएको छ।

अखिल क्रान्तिकारीले गर्‍यो उम्मेदवारी घोषणा

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि अखिल क्रान्तिकारीले उम्मेदवारी घोषणा गरेको छ।

सिक्लेसी भावना जोड्दै माघे संक्रान्ति मेला

मन्दिर दर्शन गरेमा आफूले चाहेको मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले उनी भाकल पूरा गर्न छोरीका साथ मन्दिर आएकी हुन्। मेलाको अनुभव होस् भन्ने उद्देश्यले छोरीहरूलाई पनि ल्याएको उनी बताउँछिन्।

आज मकर संक्रान्ति

यस दिन घिउ, चाकु, तिलका परिकार, तरुल तथा खिचडी आदि परिकार बनाएर खाने चलन पनि छ। यी खानाले त्रिदोष (आयुर्वेदका अनुसार वात, पित्त र कफ) नाश हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घिउ, चाकु, तिलका परिकार, खिचडीआदि नखाने, दान नगर्ने, जलाशयमा गई स्नानदान नगर्ने, भगवान्को ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ।

लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु भएको छ। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीका अनुसार यस वर्ष विधिवत्रुपमा मेलाको शुभारम्भ गरिएसँगै बाहिरबाट भक्तजन आउने क्रम सुरु भएको छ।

माघे सङ्क्रान्तिका लागि तरुल, आलु र सखरखण्ड किन्नेको भिड (फोटोफिचर)

सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ।

पुनः परीक्षा लिने त्रिविको निर्णयप्रति आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) त्रिवि क्याम्पस विशेष समितिले त्रिभुवन विश्वविद्यालयको लापरबाहीप्रति आपत्ति जनाएको छ।

२००७ यताको नेपाल नियाल्दा

गाउँहरूलाई निर्जन बनाई सहरीकरण गर्ने ‘माफियातन्त्र’ ले सबै किसिमका जमिनमाथि नियन्त्रण गरेका छन्। जमिन ‘किनबेच’ लाई अर्थतन्त्रकेन्द्रित बनाइएको छ।

टोखाका व्यापारीलाई चाकु बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

माघे संक्रान्तिमा विशेष गरेर घ्यू चाकु, तिलको लड्डू, फापरको फुरौला, तरुल, सखरखण्ड जस्ता खाद्यपदार्थ खाने प्रचलन छ। माघे संक्रान्तिको आसपासमा यस्ता खाद्यपरिकार माग बढी हुने गर्दछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्