९ मंसिर २०८१ आइतबार
image/svg+xml

अलैंची ठगी गरेको आरोपका मुख्य योजनाकार पक्राउ

अघिल्लो वर्षको पुसमा अलैंची ठगी गरेको आरोपमा तेह्रथुम अठराई वडा नं. ५ घर भइ मोरङ सुन्दरहरैँचा वडा नं. ४ बस्ने ४३ वर्षे सुरेशकुमार भट्टराईंलाई प्रहरीले पक्राउ गरेको हो।

ताप्लेजुङमा अलैंचीबाट १३५ करोड

ताप्लेजुङको अलैंची जोनले ढाकेको क्षेत्रमा उत्पादित अलैंची बिक्रीबाट पछिल्लो भर्खरै सकिएको आर्थिक वर्षमा किसानले १३५ करोडभन्दा बढी आम्दानी लिएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन ताप्लेजुङले शनिबार एक विवरण सार्वजनिक गर्दै यो उक्त जानकारी हो।

घान्द्रुकमा व्यवसायिक अलैंची खेती, ११ सय केजी बिक्रीको लागि तयारी

सिजन पर्यटनको हो । पर्यटन व्यवसाय भने सुनसान छ । पर्यटकीय घान्द्रुक गाँउ पर्यटकविहीन छ । पर्यटक आगमनमा रोक लगाइएको छ ।

न्यून मूल्यले अलैंची किसान निराश

पूर्वी पहाडी जिल्लाका किसान यतिबेला अलैंची टिप्न जुटेका छन् । अलैंची टिप्ने, भट्टी लगाउने (प्रशोधन) गर्ने समय सुरु भएकाले किसानलाई यतिबेला भ्याइनभ्याई छ ।

सुध्रिएन अलैंचीको मूल्य

अलैंचीको भाउ राम्रो नहुदा किसान चिन्तत छन्। कोरोना भाईरस (कोभीड–१९) को प्रकोपले भारत निकासी रोकिएको अलैंची निकासी सूचारु भए पनि मूल्यमा सुधार आउन सकेको छैन।

दुःखसँगै ‘शिक्षा’ बढाएपछि सुध्रियो अलैंची

खेतीमा आधुनिकता घुसाएसँगै अलैंचीमा सुधार गरेर किसानले आम्दानी लिन थालेका छन् । अलैँची मासिएर निरास भएका समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको इलाम माइजोगमाई गाउँपालिकास्थित नयाँ बजारका किसान धर्म भट्टराई बताउँछन् ।

लकडाउनले बिकेन अलैंची

अलैंचीको नयाँ उत्पादन सुरु हुने बेला हुन लाग्दा पनि गत वर्ष उत्पादन भएको अलैंची बिक्री हुन सकेको छैन । कोरोना भाइरस संक्रमणका कारण भएको लकडाउनपछि अलैंचीको कारोबार ठप्प छ । भारत निकासी हुन नसकेपछि कारोबार ठप्प हुन पुगेको हो । व्यवसायीले अहिले अलैंची किन्न सक्ने अवस्था छैन । ठूलो परिमाणमा किसान र व्यवसायीको गोदाममा अलैंची थन्किएको छ । काकडभिट्टा नाकाबाट अलैंची भारत पठाउने व्यवसायीको प्रयास असफल भएको छ ।

भण्डारमै थन्कियो अलैँचीः किसान मर्कामा

“सिजन शुरु हुँदा लकडाउन भै दियो, ढुवानीकै समस्या भयो”, ताराखोला गाउँपालिका–१ भुस्कातका व्यावसायिक अलैँची किसान दीपेन्द्रध्वज भण्डारीले भने, “आम्दानी राम्रो हुन्थ्यो, बेच्न पाएको भए खर्च चल्थ्यो।”

अलैँचीमा नयाँ कीराको प्रकोप, पूरै बगान सुक्दै

पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको किराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ किराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् ।

भारतसहितका तेस्रो बजारमा नगएपछि अलैंची मूल्य निरन्तर ओरालो

तेस्रो बजार निर्भर अलैंची त्यो बजारमा पुग्नै नपाएपछि व्यवसायीको गोदाममै थन्किएको छ । बजार पुग्न नपाएका कारण मूल्य भने निरन्तर ओरालो लाग्दै गएको छ ।

किसानलाई अलैंची भित्र्याउने चटारो

अलैंची पाक्ने सिजन सुरु भएसँगै खोटाङका किसानको व्यस्तता बढेको छ। बेंसी क्षेत्रमा लगाइएको अलैंची अलि चाँडो पाक्ने भएकाले साउनदेखि नै किसानलाई दाना टिप्ने चटारो सुरु भएको हो। जिल्लामा अलैंचीको पाकेको दाना टिप्ने क्रम सरदर हरेक साउनदेखि कात्तिक–मंसिरसम्म रहने अलैंची व्यवसायी संघ खोटाङका अध्यक्ष बीरबहादुर तामाङले बताए।

चिया, अलैंची र अदुवामा राजदूतको चासो

नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) र साउदी अरेबियाका राजदूत नेपालको कृषि उत्पादन र बजार प्रवद्र्धनमा सघाउन इच्छुक देखिएका छन्।

अलैंचीको नयाँ उत्पादन बजारमा,सन्तोषजनक छैन बजारमूल्य

गत वर्ष राम्रो आम्दानी लिन नसकेका अलैंची किसान तथा व्यावसायीलाई यस वर्षको आम्दानी पनि चित्त बुझ्दो नहुने संकेत देखिएको छ। अलैंचीको नयाँ फसल (उत्पादन) बजारमा आउँदा प्रतिमन २८ हजार रूपैयाँका दरले बजारभाउ तोकिएको छ।

टिकेन नयाँ जातको अलैंची

रोङ गाउँपालिका–६, जिर्मलेका किसान टेकबहादुर वाइबाले गत वर्ष २१ मन (प्रतिमन ४० किलो) सुक्खा अलैंची उत्पादन गरे। यो वर्ष पनि उनले अलैंची टिप्न थालेका छन्। तर, वाइबा भन्छन्, ‘उत्पादन घटेर बगानमा पस्ने जाँगरै छैन।’ नयाँ जातको अलैंचीले केही वर्ष त राम्रो उत्पादन दियो। तर, जति बगान पुरानो हुँदै गयो, उत्पादन घटेको घट्यै छ। ‘पहिलो र दोस्रोपटक राम्रै उत्पादन भए पनि तेस्रो पटकदेखि उत्पादनै हुन छाडेको छ,’ वाइबाले भने, ‘पहिलाजस्तो एकपटक रोपेपछि वर्षाैंसम्म फलिरहने आशा अब नगरे पनि हुनेरहेछ।’

कालिञ्चोकमा इलामे प्रविधिको प्रयोग

असार र साउनको मध्य बर्खामा जिल्लाको कालिञ्चोक गाउँपालिका–१ बेगुम्पाका राजेन थामी अलैंची गोडमेल गर्न व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्