१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पन्ध्र अन्तर्राष्ट्रिय उडान : एघार सयबढी नेपाली स्वदेश फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यसअघि बुधबार र मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएको थियो ।

वैदेशिक रोजगारमा रहेका १ लाख २७ हजार अन्तर्राष्ट्रिय उडान खुले लगत्तै फर्कने तयारीमा

खाडी मुलुकहरुमा रोजगारीका लागि गएका करिब १३ लाख श्रमिकमध्ये १ लाख २७ हजार बढी अन्तर्राष्ट्रिय उडान खुले लगत्तै स्वदेश फर्किने तयारीमा रहेका छन्। सरकारले कोरोनाका कारण अफ्ठ्यारोमा परेकाहरुलाई स्वदेश ल्याइरहेको भएपनि श्रम स्वीकृति सकिएका र आममाफी पाएका १ लाख २७ हजार बढी स्वदेश फर्किने तयारीमा रहेका हुन्। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशबाट आउन सिफारिसमा परेका मध्ये ४ हजार २ सय १७ जनालाई सरकारले नेपाल ल्याइसकेको बताए।

बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध

चीनको केन्द्रिय राजधानी बेइजिङमा कोरोनाभाइरस विरुद्धको लडाईलाई फेरी सशक्त बनाउन लागेको छ। पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो।

श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले आजदेखि उद्धार चार्टर्ड उडान गर्दैछ। हिमालयको पूर्वनिर्धारित तालिका अनुसार आज श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ।

विदेशका नेपाली ल्याउन हिमालय एयरलाइन्सले सार्वजनिक गर्‍याे उडान तालिका र भाडादर

उडान तालिकाअनुसार पहिलो उडान श्रीलंकाको कोलम्बो र माल्दिभ्सको मालेबाट हुनेछ । यो गन्तव्यमा पहिलो उडानको ३ सय ८० डलर तोकिएको छ । कोलम्बोबाट हुने दोस्रो उडानको भाडा ४८० डलर निर्धारण गरिएको छ ।

विदेशबाट घर फर्काउने केहि उडान अनिश्चित केहि स्थगन

कोभिड १९ का कारण युएईमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई स्वदेश फर्काउन तय गरिएको नेपाल एयरलाईन्सको पहिलो २ उडान अनिश्चित बनेको छ । युएईको दुवई अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार र बिहिबार हुने भनिएको उडान रद्द भएको सूचना दूतावासले जारी गरेर एकैछिनमा हटाएपछि घर फर्किन हैसिएका नेपालीहरू निराश बनेका छन् ।

‘उद्धार उडान’को भाडा सामान्य घट्यो

विदेशमा अलपत्र नेपालीले साबिकको तुलनामा दोब्बरभन्दा बढी रकम तिरे पनि सरकारले ‘उद्धार’ भन्ने गरेको चार्टर्ड उडानको भाडा सामान्य घटेको छ । आइतबारदेखि ‘उद्धार गर्ने’ तयारी अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बुधबार उडान तालिका र भाडा दर सार्वजनिक गरेको थियो ।

टर्कीद्वारा अन्तर्राष्ट्रिय उडान शुरु

कोरोनाभाइरस प्रसार रोक्ने उद्देश्यले टर्कीले गत मार्च २८ देखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः शुरु गरेको छ।

उडान तालिका सार्वजानिक

विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ।

दिपायल विमानस्थलमा सेनाको परीक्षण उडान

कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ।

१० दिनको लागि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी

जारी लकडाउनका कारण जेठ मसान्तसम्म बन्द रहेका आन्तरिक तथा अन्तराष्ट्रिय तर्फका व्यवसायीक उडान १० दिनको लागि खोल्नेबारे छलफल सुरु भएको छ। संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरिय बैठकमा १० दिनको लागि अन्तराष्ट्रिय व्यवसायीक उडान खोल्नेबारे कुरा उठेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ।

परीक्षण उडान अनिश्चित

बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान अनिश्चित भएको छ । चैत १५ गते गर्ने भनिएको परीक्षण उडान लकडाउनले रोकेको हो । गत पुस १२ गते विमानस्थल निर्माण सम्पन्न भइसकेपछि चैत १५ गते परीक्षण उडान गर्ने तयारी थियो ।

हवाई उडानमा कोभिड–१९ प्रभाव

अन्तर्राष्ट्रिय हवाई यातायात संगठनको मार्च अन्त्यसम्मको तथ्यांकअनुसार गत वर्षको सोही महिनाको तुलनामा हवाई यातायात सञ्चालनमा ६५ प्रतिशतले गिरावट आएको छ।

ललितपुर महानगरमा होल्डिङ सेन्टर

ललितपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय उडान खुलेपछि नेपाल फर्कने वडावासीलाई राख्न प्रत्येक वडामा होल्डिङ सेन्टर खोल्ने भएको छ । विदेशबाट नेपाल फर्किनेहरू कोरोना भाइरसबाट संक्रमित हुनसक्नेतर्फ सावधानी अपनाउँदै महानगरले होल्डिङ सेन्टर खोल्न लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्