९ मंसिर २०८१ आइतबार
image/svg+xml

अमरेशकुमार भन्छन्, ‘झोलेहरू पनि थरीथरीका’

डा. सिंहले संसद् सचिवालयबाट आफूलाई अराजनीतिक लाभ लिन खोजेको आरोप पनि लगाईएको उल्लेख गरेका छन्।

एनसेललाई राष्ट्रियकरण गर्नुपर्ने

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्।

एनसेलसँग १५ वर्षदेखि सम्बन्धमा छन् प्रधानमन्त्री

पहिलो संविधानसभाको निर्वाचनपछि बनेको सरकारको नेतृत्व गर्दा नै निजी टेलिकम्युनिकेसनका सञ्चालक साझेदारसँग दाहालको सम्बन्ध र सम्पर्क अघि बढेकोे थियो।

एनसेलविरुद्ध अमरेशको मुद्दामा आज पनि पालो आएन

सर्वोच्च अदालतमा एनसेल शेयर खरिदबिक्री प्रकरणविरुद्ध प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले दर्ता गरेको रिट निवेदन आज सोमबार पनि हेर्न नभ्याइनेमा परेको छ।

यी हुन एनसेल जोगाउने राजनीतिक नेतृत्व, यसरी सुरु भएको थियो खरिदबिक्री

सरकारमा रहेका सबैजसो राजनीतिक दलका प्रायः नेताहरूले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व किनबेचको विरोध गरिरहे पनि शीर्ष नेताहरूले भने त्यसमा सहमति जनाइरहेका देखिन्छन्।

एनसेलविरुद्ध अमरेशको रिट निवेदन शर्माको इजलासमा अन्तिमतिर

सर्वोच्च अदालतमा एनसेल शेयर खरिदबिक्री प्रकरणविरुद्ध प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले दर्ता गरेको रिट निवेदन आज सोमबार विनोद शर्माको एकल इजलासमा परेको छ।

अमरेशलाई दीपशिखाको चेतावनी: एनसेलबारे प्रमाण सार्वजनिक नगरे नाङ्गै दौडाउन पाइ कि नपाई?

‘माननीय ज्यू, प्रमाणसहित हप्तादिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईँलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई? स्वतन्त्र सांसद अमरेश कुमारसिंहको स्टाटस सेयर गर्दै उनले टिप्पणी गरेका छन्।

एनसेलबारे अनर्गल प्रचार: ट्रेड युनियन

एनसेल आजियाटाको स्वामित्वमा रहेको ८० प्रतिशत सेयर खरिद बिक्री प्रक्रियासम्बन्धी विषयमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजीप्रति एनसेल कर्मचारी ट्रेड युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एनसेल जोगाउन राजनीतिक सहमति!

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै मिलेमतोमा एनसेलको स्वामित्व नेपाली नागरिकलाई हस्तान्तरण गरिएको आरोप छ।

एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले थाल्यो काम

सरकारले गठन गरेको एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आज (आइतबार) देखि कार्य प्रारम्भ गरेको छ।

डा.अमरेशकुमार सांसदको लोगो फुकालेर एनसेल खरिद बिक्री विरुद्धको मुद्दामा बहस गर्दै

उनले सांसदको लोगो फुकालेर ‘प्राक्टिसनर’का रूपमा बहस गर्न लागेको जानकारी दिएका छन्। यो मुद्दा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा परेको छ। उनी अहिले आफ्नो पालो कुरेर बसेका छन्।

एनसेलबारे सांसद अमेरशकुमारको आरोपको प्रधानमन्त्री सचिवालयद्वारा खण्डन

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलसँगको मिलेमतोमा प्रधानमन्त्री र उनकी छोरीको संलग्नता रहेको दाबी गर्दै गर्दा प्रधानमन्त्रीको सचिवालयले एनसेलसँग कुनै प्रकारको मिलेमतो नरहेको स्पष्ट पारेको छ।

एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको छः वर्षमान पुन

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले एनसेल खरिद–बिक्री प्रकरणमा ठूलो आर्थिक लेनदेन भएको पाइएको बताएका छन्।

एनसेललाई २४ गते अदालत हाजिर हुन सर्वोच्चको आदेश

शुक्रबार सर्वोच्च अदालतले सांसद अमरेश कुमार सिंहले दायर गरेको रिटमा एनसेललाई मंसिर २४ गते अदालत हाजिर हुन आदेश दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्